एसका मुख्यमन्त्रीद्वारा अवैध नियुक्ति

विराटनगर÷एमालेबाट चोइटिएर गएको नेकपा एसबाट प्रदेश नं. १ को मुख्यमन्त्री बनेका राजेन्द्र राईले मन्त्री नै नभएको मन्त्रालयमा धमाधम आफना आसेपासेहरुलाई अवैध नियुक्ति दिएका छन् ।
प्रदेश नं. १ को सत्ता गठबन्धनभित्र तेस्रो स्थानमा रहेका एसका राई मुख्यमन्त्री हुँदा लाखौको जाँड पार्टी दिएर शुरुमै विवादमा आएका थिए । हाल उनी धमाधम स्वकीय सचिवहरुको नियुक्ति गरेर पुनः विवादमा तानिएका छन् ।


नेकपा एसकै एक सांसदले दिएको जानकारी अनुसार राईले आफूखुशी मन्त्री नै नभएका मन्त्रालयमा आफ्ना निकटका मान्छे भर्ति गरेर प्रदेश सरकारको व्ययभार बढाएका मात्र छैनन् भर्खरै गठन भएको पार्टीकै दुर्नाम गर्ने काम गरिरहेका छन । हाल प्रदेश नं. १ मा मुख्यमन्त्री राईले भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्री नै नियुक्ति गरेका छैनन् तर मन्त्रीको स्वकीय सचिव नियुक्ति गरेर जग हँसाएका छन् ती सांसदले भने । उनले कार्तिक १६ गते मुख्यमन्त्रीमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा नियुक्ति लिएका थिए । राईले उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका प्रमुख स्वकीय सचिवमा निर्मल भण्डारी, रोहित गौतम, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको स्वकीय सचिवमा किशन भगत, उदय यादवलाई नियुक्ति गरेका छन ।

तपाईको प्रतिक्रिया