नमच्चिने पिङको सय झड्का
हाम्रा गामघरतिर त्यसै भन्या होइन नमच्चिने पिङको सय झड्का भनेर । लुरै नभएका नेप्लिज लाँग्रेसका तेस्रो लिंगी नेता रामचन्द्रे बाजे अब क्यारालन् ? लाँग्रेसको चौथो महाधिवेशनमा शेखराउले नजिते नि अध्याधिक मत ल्याएपछि बुढाको बर्बराई शुरु भएको छ । घरी शेखराउले ल्याएका मत आफ्नै समूहको हो भन्ने घरी म चुनाउमा खडा भएको भए शेरबहादुरलाई पछारिदिन्थे भन्दै छन् शेरसँग बाख्राको प्रतिष्पर्धा हुनै सक्दैन वाल्वाटारे शेरलाई बाख्रे बाजेले पछार्नैे भए मैदानमा भिड्न किन नआएका होलान् ? विचरा बाख्रे बाजेलाई अहिलेसम्म भ्रम रहेछ शेखराउलाई आएको मत आफ्नै समूहको हो भनेर यतिञ्जेल बरिष्ठ नेताको ताज पहिरिएका थिए अब त्यो पनि खोसिएको छ । बाख्रे बाजेले एक्लै सुटुक्क वाल्वाटार छिरेर शेरलाई समर्थन ग¥या अब कस्लाई थाह छैन ? कार्जेकर्तालाई सधै लाटागाँडा सम्झनु त भएन नि गाँठे ।
भेडै बेचेर खाएछन्
काँग्रेसको यसपटकका महाधिवेशनमा क्षेत्रपाटीतिरका मुरख भेडा गोठालाले बाउले गरिखाएस भनेर दिएको भेडाहरु सबै बेचेर खाएछन् । भेडा माने नैतिकता बेचेर खाएसी देशैभरिका महाधिवेशन प्रतिनिधिले पनि लगौटी खोलेरै देखाइदिए । खुब परिवर्तन र पुस्तान्तरणको गफ दिन्थे । लास्टाँ गएर उही खै के खै के भनेझै । बाबुको नामै चोइट्याइदिए । परिवर्तन र पुस्तान्तरण त तिन्ले वाल्वाटारे मुखियाको पाउमा दाम राखेरै लम्पसार परेपछि छर्लङ्ग भयो, तिन्लाई मन्तरी चाहिया थियो भने वाल्वाटारे मुखियाकै परिवारले मात्र त्याग गर्नुपर्ने ? म ज्यान गए छाड्दिन भन्थे । पछि पछि तिन्का कथनी सडकमादेखिएसी देशैभरिका कार्जेकर्ताले झटारो हान्न थाले । अब त धित मरुन्ज्याल सभापतिमा उठ्ने धित म¥यो होला नि ।
पाहा पछारिए झै पछारिए
अनुहार हेदै काइते काइते प¥या झापाली सिटौला यसपटक काठमाण्डौको भृकुटी मण्डपको सडकमा नराम्रोसँग पाहा पछारिएझै पछारिएछन् । विश्व प्रकाशलाई तिन्ले झापामा कम्ता लखेट्या हैनन् । भित्तैमा पु¥याउने गरी लखेटे । गगन काजीलाई पनि त्यस्तै गरे । वाल्वाटारे मुखियालाई कुनचाहिँ जडीबुटी हो कुन्नि स्वाँक्क नाकमा सुघाइदिएका दिए पछि त दुवै युवालाई वाल्वाटारे काजीले पन्छाइदिए । तर दवैकलाई दशेैभरिका कार्जैकताले काँधमा बोकेर हिँडे दुवैले बाजी मारे । अब सिटौला के गर्छन् कुन्नि ? अब सिटौला सिद्धिए जस्तो छ । धेरै अरुको खेदो खन्नु हुँदैन भन्ने ज्ञान पाए की पाएनन् त्यो चाहिँ हेर्नुपर्ने हुन्छ ।
कुनचाहि“ चोर आएछ

नेपाली जनताले नेपालका नेताहरुलाई भित्रभित्रै चोर भन्ने गरेको गुह्य कुरा राप्रपाका अध्येक्षे राजेन्द्र लिंगदेनले खोल्दिएसी विचराहरुलाई मुख देखाउन गाह«ो प¥या छ काँग्रेसको मञ्चमा लिँगेन हिरै भए । उन्को बोलीपच्छे काँग्रेसका काजेकर्ताले गडगडाहट थपडी बजाइदिँदा वाल्वाटारे काजी, माकुने खप्रओ प्रचण्डाउको अनुहार कागती निचेरैझै निचोरिएको थियो । विचाराले आफूलाई चोर हैन भनेर न्वारानदेखिको बल लगाएर प्रमाणित गर्न खोेज्दा पनि कसैले पत्याइ दिएनन् । उल्टै गुह्य कुरा खोलिदिने राजेन्द्र लिंगदेनलाई खेद्ने काम गरे । हुन पनि हो । आजकल लका नेताहरु यदाकदा गामघरतिर आए भने सबैले भन्ने गर्छन आज फेरि कुनचाहिँ चोर आएछ ।
जितेको अनुभव भा”छ रे
एकताका सुजो मेमको सानो ताइफाइ थिएन । दिन सधै एक नासको हुँदैन भन्थे हो रै’छ । गिर्जाउकी पुत्री भएकैले धमिजा लाउडा काण्ड मच्चाउदँदा नि बोल्ने आँट कस्को ? बोल्यो कि पोल्यो गिर्जाउको आँडमा तिनले बडे बडे नेतालाई पनि हल्लाएर राखेकी थिइन् । अब त विचरीलाई कस्ले बाल दिने ? आफ्नै बल बुताले गरेको कर्मको फलपछि सम्म पाइन्छ भन्थे हो रै’छ । विचरी सुजो यसपटक भेँडा बेचुवासँग साँगगाँठ गर्न पुगिन् । कार्जेकर्ताले उत्तानो पार्दिएछन् । माने चुनाउमा हराइदिएछन् । त्यसै शेखर दाले भन्या हैनन् रामचन्द्र जस्तो कैटे गुरु, विभिषणको व्यहोरा भएको संसाक, सुजो जस्तो दिदी बहिनी, प्रकाश र विमलेन्द्र जस्ता मित्र हुनुभन्दा नहुनु बेस । कार्जेकर्ताले लेखेलेर मण्डीखटार पु¥याउँदा नि तिनले आफूले हार्दा नि जितेको महसुस भएको छ भनेर पिलन्धरे स्वरमा भनिछन् । वाह † सुजो ।
नेतालाई प्रवेश निषेध
अब नेपालका चोर नेताहरुले हिँडने वाटोसम्म नपाउने भएका छन् । यसको शुरुवात विराटनगरका युवाहरुले ग¥या छन् । चोर नेताहरुले गर्नपनि अत्याचारै ग¥या छन् । चुनावको बेला म यो गर्दिन्छु, त्यो गर्दिन्छु भनेर फलाकेर चुनाव जित्छन् । त्यसपछि पाँच बषसम्म फकेर आउँदैनन् । कमिशन, भ्रष्टाचारमा लिप्त हुन्छन् । गाउँको बाटो पोखरी भए नि तिन्लाई बाल मतलब, जनतालाई बाढीले बगाएपनि बाल मतलब, स्कूल, स्वास्थ्य संस्था होस् कि नहोस तिन्लाई बाल मतलब । अति भएसी अब उप्रान्त विराटनगरका युवाहरुले नेताहरुलाई प्रवेशमा निषेध गरेछन् । साह«ै राम्रो काम गरेछन् । विराटनगरमा मात्र होइन अब देशैभरि नेतालाई निषेध गरे वेश ।
खुइलिने देखेसी उमेद्वारी फिर्ता
सदैव अवसरको खेति गर्दै आएका मिन विक यसपटकको चौर्धाै महाधिवेशनबाट नराम्रोसँग खुइलिएका छन् । नेता र नेताणाीहरुको चकडी गरेकै भरमा लगतार तनुवा सांसद, केन्द्रीय सदस्ये, दलित संघको अध्येक्ष पड्काएर राम्रो आम्दानी गर्दै आएका विक यसपटकदेखि वल्लो घाट न पल्लोतिरका भएका छन् । आफ्नै गृह जिल्लामा कुनै हैसियत नभएका विकलाई यसपटक वाल्वाटारे मुखियाले पनि घाँस हालेनछन् । सह महामान्त्रीमा उठ्छु भनेर डंका पिट्दै थिए मुखियाको लिष्टमा नाम नअँटेसी दलित कोटाबाट केन्द्रीय सदस्येमा उमेद्वारी हालेछन् । चिप्लिने प्रवल सम्भावना देखेसी हतार हतार निर्वाचन अधिकृतलाई पत्र लेखि नमोनेशन फिर्ताको निवेदन जाकेछन् । तिन्ले लेख्या निवेदन पनि बडो गज्जबको थियो उमेद्वारीमा मेरो नाम देखिएकोे हँटाइदिनु रे । क्या काइते निवेदन । अब वाल्वाटारे मुखियासँग रोइकराई गरेर समानुपातिकबाट केन्द्रीय सदस्ये बन्ने त होला ।
अन्तेमा
काँग्रेसका भिसिआर माने भट्मास, चिउरा, रक्सी कार्यकर्ताले यसपटकको अधिवेशनमा काठमाण्डौमा उत्पातै मच्चाए । ठ्याँस थुतुनो गन्हाएका अनुहारहर यसपटकको अधिवेशनले के भन्छ फलानोलाई ले भन्छ भनेर वल्लो छेउ र पल्लो छेउ दिनभैरि नारा लगाउँथे । कोही नेवारी बाजा झ्याम कि झ्याम बजाएर नाच्थे । त्यस्तो ठण्डीमा आधा सरो कपडा लगाएका जनकपुरतिरका चेलीहरुको नाचगान । ए बाबा † नेताहरुलाई गामघरतिर त्यसै चोर भन्या हैन
रै’छ । आफूलाई चाहिँदा भिसिआरमा उफार्ने काम नपर्दा वास्तै नगर्ने । जे होस् काँग्रेसको अधिवेशनले यसपालि बटुवाहरुलाई नि राम्रो मनोरञ्जन दियो ।
