कृषि बजारमा सुन्तलाको कारोबार बढ्यो

धरान÷ भोजपुरका सुन्तला कृषक मणिराम राई यस बर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा बढी मूल्यमा विक्री गर्न पाउदा दंग छन् ।
ीवगतको बर्ष भन्दा उत्पादन बढी र मूल्य पनि सोचेभन्दा बढी पाउदा उनी दंग भएका हुन् । उनी भन्छन्–‘यस बर्ष बोटमा सुन्तला सोचेभन्दा बढी उत्पादनभएको र विक्री गर्दा पनि गत बर्षको भन्दा बढी मूल्य पाएको छु, यस बर्ष सुन्तला खेतिले धेरै फाइदा भएको छ ।’
उनका अनुसार गत बर्ष कृषि बजारमा थोक मूल्यमा सरदर एक रुपैया प्रतिकेजी विक्री भएको सुन्तला यस बर्ष १ सय २० रुपैया प्रतिकेजी विक्री गर्न पाएको बताए । उनले भने–‘सुन्तलाको मूल्य बृद्धिसँगै उत्पादन पनि सोचेजस्तो भएपछि यस बर्ष सुन्तलाबाट ५ लाख भन्दा बढी आम्दानी गर्ने लक्ष्यमा छु, सोचेको लक्ष्य पुग्छ भन्ने मलाई लागेको छ ।
व्यापारीहरुले पनि गत बर्ष भन्दा यस बर्ष कृषि बजारमा सुन्तला कृषकहरुले कृषि कजारमा बढी सुन्तला ल्याएको बताएका छन् ।
कृषि बजारका थोक विक्रेता टिकाराम श्रेष्ठले मंसिर र पुसकाो पहिलो हप्तामै सुन्तलाको कारोबार ह्वात्तै बढेको बताए । उनले भने(‘हामीले कृषकबाट होलसेलमा प्रतिकेजी १ सय २० ले खरिद गरेका छौं, यही सुन्तला खुद्रामा व्यापारीले १ सय ५० रुपैयासम्म विक्री गर्ने गर्छन्् ।’
सुन्तला कार्तिक महिनादेखि चैत्र महिनासम्म कृषि बजारमा कृषकले ल्याउने गरे पनि सुन्तलाको मुख्य सिजन पौष र माघलाई मान्ने गरिन्छ । कृषि उपजका अनुसार गतको मंसिर सम्ममा मात्र कृषि बजारबाट १ हजार ५० मे. टन कारोबार भएको जनाएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले त्यसबेला प्रतिकेजी १ सय रुपैयाको दरका हिसाबले मूल्यांकन गर्दा पनि औसत ११करोड बराबरका सुन्तलाको कारोबार भएको बताए । उनी भन्छन् ‘गत बर्षको तुलामा यही समयमा कृषि बजारबाट सुन्तलाको कारोबार बढी भएको पाइएको छ ।’उनले यसबर्ष मंसिर मसान्त सम्म १ हजार २ सय ८० मे.टन सुन्तालाको कारोबार हदा १३ करोड मूल्य बराबरको सुन्तला विक्री भएको बताए ।


एनका अनुसार आर्थिक बर्ष०७७।७८ मा पूर्वी पहाडी जिल्लामा उत्पादन भएकोसून्तला ५ हजार ८ सय ३९ मे टन कारोबार भएको थियो जसको औसत मूल्य अँैसतमा ५८ करोड मूल्य बराबरको भएको बताए ।
एनका अनुसार अहिले कृषि बजारमा कृषकले ल्याएको सुन्तला दैनिक ३५देखि ५०मे.टन सम्म कारोबार भईरहेको बताए । उनले भने(विक्री भएको सुन्तला अहिले धनकूटाको बूधूक,बोधे,खोकू भोजपूरबाट आईरहेकोछ, । सिजन अझै बाूकी रहेका कारण सुन्तला आउने क्रम जारी छ ।’
उनले यस बर्ष पनि सिजनभरि गत बर्षकै हाराहारीा कारोबार हुने अनुमान गरिएको बताए । उनका अनुसार यस बर्षको सिजनभरि कृषि बजारबाट ६ हजार ५सय मे.टन अर्थात ७१ करोड बराबरको सुन्तला कारोबारे हुने आकलन कृषि बजारले गरेको बताए ।,
पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तला पूूर्वकै, ईटहरी, बिराटनगर, दमक, बिर्तामोड, राजबिराज, लाहान, जनकपुर लगायतका शहरहरुमा जाने
गरेको व्यवस्थापक भट्टराई बताउछन् । उनका अनुसार यहा उत्पादन भएका सुन्तला भारतीय बजारसम्म पुग्ने गरेको समेत बताउनुभयो ।
कृषि बजारमा धनकुटा,भोजपुर,तेह्रथुम, खोटा¨,संखुवासभा जिल्लामा उत्पादन भएका सुन्तला आउने गर्दछ भने पश्चिमको गोर्खा ,कास्कीको पोखर बाट पनि कृषि बारमा सुन्तला आउने गर्छ ।

तपाईको प्रतिक्रिया