नेपाली काँग्रेसको १४ औं महाधिवेशन : प्रदेश नं. १ मा संस्थापन इतर पक्षको बलियो पकड भएपनि एक बाहेक संस्थापन पक्षका सबै विजयी

धरान÷नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १८ गते शनिवार भएको प्रदेश नं. १ को प्रथम ऐतिहासिक अधिवेशनमा संस्थापन इतर पक्षको बलियो पकड भएपनि एक पदाधिकारीबाहेक संस्थापन पक्षका सबै विजयी भएपछि यतिबेला थरिथरिका विश्लेषण हुन थालेका छन् ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति, नेपाली काँग्रेसका केन्द्रीय सदस्य संस्थापन इतर कोइराला–पौड्याल समूहका गुरुराज घिमिरे संस्थापन पक्षका उद्धव थापासँग दुई मतको झिनो अन्तरले पराजित भएपछि थरिथरिका विश्लेषण शुरु भएको हो ।


पार्टीको तल्लो स्तरका समितिहरुमा उति साह«ोे नभिजेका घिमिरे अन्तत ः आफ्नै टिममा भएका नेताहरुको मत पाउन नसक्दा पराजित बन्न पुगेका थिए । घिमिरेलाई प्रदेश १ को सभापतिको उमेद्वार बनाउन जोडबल गर्ने डा. शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य, बलबहादुर केसीले मतदान गरेनन् । यी चारैजना नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् । यी चार जनाले मतदान गरिदिएको भए गुरुराज घिमिरेले उद्धव थापालाई झिनो मतले भएपनि पराजित गर्ने थिए । आफूले मतदान गर्नुहुन्छ हुँदैन भनेर कानून व्यवसायीहरुसँग परामर्श गर्दा नगर्नु नै उचित हुने सुझाव दिएपछि आफूले मतदान नगरेको डा. शेखर कोइरलाले बताएका छन् । उनले मतदान नगरेर गल्ति गरेको पनि स्वीकारेका छन् । संस्थापन इतरका प्रत्यासी गुरुराज घिमिरे पनि नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुन् । उनले मतदान गर्नुहुन्छ भने शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य, बलबहादुर कसेसीले किन नहुने ? केन्द्रीय सदस्यको क्याटोगोरी फरक फरक छ भन्दै चारैजनाप्रति संस्थापन इतर पक्षका कार्यकर्ताले आक्रोस पोखेका थिए ।
आगामी केन्द्रीय सभापतिको आकांक्षी समेत रहेका शेखर कोइरालाकै जोडबलमा गुरुराज घिमिरेलाई प्रदेश न. १ को सभापतिको प्रत्यासी बनाइएको थियो । मनोनयन गर्नु भन्दा एक दिन अगाडि सम्म उमेदवार चयन गर्न नसक्नु कोइराला इतर पक्षको अर्को ठूलो भूल थियो । पहिला प्रदेश न. १ को सभापतिको प्रत्यासीको तयारी गर्न नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका नेता राजीव कोइरालालाई इतर पक्षले निर्देशन दिए पनि अन्तमा गुरुराज घिमिरेलाई प्रत्यासी बनाएपछि संस्थापन इतरपक्षका क्षेत्रीय अधिवेशन प्रतिनिधिरु आक्रोसित भएका थिए । अर्काे कुरा संस्थापन इतर पक्षले आकांक्षीहरुको व्यवस्थापन पनि गर्न सकेन । उर्लाबारी नगरपालिकाका प्रमख खड्ग फागो संस्थापन इतर पक्षकै भएपनि उमेद्वार नबनाउँदा उनलाई सिटौला देउवा पक्षले क्यास गर्न पुग्यो । अन्तत ः सह सचिवमा उनले सबैभन्दा बढीलोकप्रिय मत ल्याएर जिते ।
प्रदेश सभापतिको उमेद्वारीबाट राजीव कोइरालालाई पन्छाउदा संस्थापन इतर पक्षले आफ्नै गृह प्रदेश गुमाउनु परेको छ । २०७४ सालको आम निर्वाचनमा डा. शेखर कोइराला मोरङबाट, रामचन्द्र पौडेल तनहुबाट, विमलेन्द्र निधिले जनकपुरबाट, महेश आचार्यले मोरङबाट, कृष्ण सिटौलाले झापाबाट, बलबहादुर केसीले सोलुबाट चुनाव हार्दा राजीव कोइरालाले सुनसरीका चार क्षेत्रमध्ये तीन क्षेत्रमा काँग्रेसका उमेदवारलाई निर्वाचन जिताएका थिए । कोइराला पौड्याल पक्षले निर्वाचनमा कतिसम्म हेलचेक्र्याई गरेको थियो भने प्रदेश नं. १ को अधिवशेनमा १८०४ जना मतदाताहरु रहेका थिए । तर मतदानमा ५२ जना अनुपस्थित हुँदा १७५२ मत खस्यो ५२ जना मतदाता संस्थापन इतर पक्षका रहेका थिए । उनीहरुलाई मतदानस्थल सम्म ल्याउन सकिन्थ्यो तर चासो दिइएन । अर्कोतर्फ राजीव कोइरालालाई पन्छाउँदा उनी निस्कृय बसिदिए । जसका कारण संस्थापन इतरपक्षले नराम्रोसँग महामन्त्री बाहेक सबै पद गुमाउनुप¥यो ।

तपाईको प्रतिक्रिया