धरान÷नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशनमा धरानका उमेश थापा अत्याधिक वहुमतका साथ महामन्त्रीमा विजयी हुनु भएको छ ।
नेपाल विद्यार्थी संघबाट राजनीति जीवन शुरु गरेका थापा यस भन्दा अगाडि नेपाली काँग्रेको महासमिति सदस्य हुुनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटी लगायत आधा दर्जन सामाजिक संघ, संस्था, बीपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण मञ्चको अध्यक्ष समेत रहनु भएका थापा नेपाली काँग्रेस सुनसरीको सफल राजनैतिक खेलाडीसमेत मानिनु हुन्छ ।

शनिवार विराटनगरमा भएको मतदानको आइतबार राति घोषित अन्तिम मत परिणाम अनुसार थापाले ८२३ मत प्राप्त गर्नुभएको थियो । दुई महामन्त्रीको प्रावधान अनुसार अर्का महामन्त्रीका प्रत्यासी भुपेन्द्र
राईले ८२४ मत प्राप्त गरी विजयी हुनु भएको थियो । महामन्त्रीका दुई आकांक्षी पदमसुन्दर पालुङ्गले ८०७ र दिपेनकुमार श्रेष्ठले ७६४ मत ल्याउनु भएको थियो । प्रदेश नं. १ को अधिवेशनले झापाका उद्धव थापालाइ आगामी कार्यकालका लागि सभापतिमा चयन गरेको छ । थापाले ८४४ मत ल्याउनु भएको थियो भने सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेले ८४२ मत मात्र ल्याई दुई भोटको अन्तरले पराजय भोग्नु परेको थियो । यसैगरी दुई जना उपसभापतिमा रमेश जंग रायमाझी र टंकप्रसाद राई विजयी हुनुभएको छ । रायमाझीले ८९१ र टंकप्रसाद राईले ८४७ मत प्राप्त गर्नुभएको थियो । उपसभापतिमा पराजित दुई आकांक्षीहरुमा गोविन्दप्रसाद ढुंगाना (केदार) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) ले ६६९ मत प्राप्त गर्नुभएको थियो । यसैगरी एक महिला सहित ३ सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदारले ८३७, खड्ग फागोले १०२६ र विनोदकुमार बस्नेतले ७४७ मत ल्याइ विजयी बन्नु भएको थियो । उहाँका प्रतिद्वन्द्वी सीता कार्कीले ७३३, रोहितकुमार साहले ६६५, वीरकाजी
राईले ६४७ र शुभचन्द्र राईले ८४ मत मात्र प्राप्त गर्नुभएको थियो ।
