बेलबारी÷मोरङ जिल्लाको पूर्व पश्चिम महेन्द्र राजमार्ग उत्तर बेलबारी नगरपालिका वडा नं. ११ स्थित लक्ष्मी सामुदायिक वनभित्र आइतबार सडेगलेको र दुर्गन्धित अवस्थामा मानव शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले जंगलभित्र दुर्गन्धित अवस्थामा मानव शव भेटिएको जनाएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमाग भन्दा झण्डै एक किमी उत्तर आइतबार विहान ११ बजे शव भेटिएको हो । शवका दुवै खुट्टा, हात, टाउको सडेको,कीरा परेको अवस्थामा रहेको पाइएको थियो । प्रहरीका अनुसार सडेको शवको हातमा रातो धागो बाँधिएको, सेतो निलो रंगको भेष्ट लगाएको, निलो रंगको टोपी, लिंग र उमेर खुलाउन नसकिने अस्थामा भेटिको शवको पोष्टमार्टम गर्न लैजान सक्ने अवस्थामा थिएन । प्रहरीले उक्त शवलाई सोही स्थानमा खाल्डो खनी पुरेको जनाउदै शवसँग भेटिएको कपडा, टोपी, हातमा बाँधेको रातो धागोको आधारमा मृतकका आफन्तजनले आफन्त हराएको भए पहिचान गर्न सक्ने जनाएको छ ।

