गणतन्त्रको जुठो खाएर हिड्ने कमल थापा राजाप्रति आरोप

द्वैध चरित्र भएका कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै काठमाण्डौमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनबाट नराम्रोसँग पराजित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको लामो समयदेखि अध्यक्ष रहँदै आएका कमल थापाले आफ्नो पराजयलाई सहज ढंगले स्वीकार गर्नुको सट्टा आफ्नो पराजयको जिम्मेवार राजा ज्ञानेन्द्र शाहलाई थोपरेर राजनैतिक छुद्रता देखाएका छन् । मुसा प्रवत्तिका थापाले लोकतान्त्रिक विधिबाट भएको निर्वाचन परिणामलाई सहस्र ढंगले स्वीकार गर्नुपर्ने थियो ।
थापाको हार वा पराजयको मुख्य कारण पार्टी अध्यक्षको आडमा तिनले विगतमा गरेका र हाल गर्दै, बोल्दै आएका कामहरु नै हुन् । संविधानसभाको पहिलो निर्वाचनमा २४ सिट जितेको राप्रपा त्यसपछि ओरालो लाग्दै गयो । गणतन्त्रिक संविधान स्विकार नगर्ने, हिन्दु राष्ट्र, राजसंस्था पुस्थापित हुनुपर्ने राष्ट्रिय प्रजातत्र पार्टीको मूल ध्येयबाट थापा आफूमात्र विचलित हुदै गएनन् सिंगो पार्टीलाई मूल ध्येयबाट अलग्याँउदै गए । पहिलो संधिानसभाको निर्वाचनमा राजसंस्थाको पुनस्र्थापना, हिन्दु राष्ट्र, संघीयता खारेजी, गणतन्त्र अस्विकार गर्ने कुरालाई थापाले निरन्तरता दिन सकेनन् । त्यसबेला गठन भएका गठबन्धन सरकारमा थापा पटक पटक मन्त्री भए । अस्विकार गर्ने भनिएको गणतान्त्रिक संविधानले तिनलाई मन्त्री बन्न रोकेन । मन्त्री बनेपछि गणतान्त्रिक संविधान विश्वकै उत्कृष्ट भनेर देशभरि र देशबाहिर रहेका पार्टीका कार्यकर्ता, शुभेच्छुकहरुलाई निराश बनाए ।
आफू मन्त्री भएपछि राजसंस्था पुनस्र्थापनाको कुरा तिनले कहिल्यै उठाएनन् । तर जब मन्त्रीबाट खुस्कन्थे अनि राजसंस्था पुनस्र्थापनाको कुरा उठाउँथे, सत्तामा जाँदा हिन्दु राष्ट्र र धर्म निरेपक्षताको सवालमा बोलेनन् । गणतन्त्र र सघीयता खारेजीका बारेमा उच्चारण गरेनन् । यिन्को यही द्वैध चरित्र विस्तारै राप्रपाका कार्यकर्ता र आम शुभचिन्तक जो राप्रपाले उठाएका मुद्धाप्रति सहानुभूति राख्ठे ती थापा प्रवृत्तिबाट टाँढिदै गए । कार्यकर्ताबाटै अस्वीकार्य भएका थापाले पराजय पश्चात जुन अभिव्यक्ति दिए त्यसले थापालाई नंग्याएको छ । उनी निवस्त्र भएका छन् । कमल थापाले राजसंस्थाका नाममा फाइदा लुट्ने राजनीति भन्दा अर्को कामै गरेनन् । यत्तिका बर्ष टाउकोमा राजसंस्थाका लागि कफन बाँधेर हिँडे आज भलाई हराइयो भनेर पूर्व राजा र निर्मल निवासप्रति जुन कटाक्षे गरे त्यो उनको अवसरवादी चरित्र मुसा प्रवृत्तिको उपज बाहेक अरु केही होइन ।
यस्ता अवसरवादी चरित्र भएका पात्रहरु एक समय ह्वात्तै आउँछन र आफै हराएर जान्छन् । आज त्यही भएको छ । राजेन्द्र लिंगदेन राप्रपाको नयाँ अध्यक्षमा भारी मतले विजयी भएका छन् । उनले विगतमा राप्रपाले उठाएका मुद्दाहरुलाई अगाडि बढाउने प्रण गरेका छन् । लिंगदेनले आफू राजनैतिक भूमिकामा रहँदा पनि निरन्तर यी मुद्दाहरुलाई अझ सशक्त ढंगले अगाडि लिएर जाने उनले प्रण गरेका मात्र छैनन्, ठूलो संख्यामा मुलुकभित्र राजंस्थाको पक्षमा रहेका जन समुदायलाई समेटेर आन्दोलनकै रुप दिने घोषणा गरेका छन् । उनको यही प्रणका कारण राप्रपाको एकता महाधिवशेनले अध्यक्षमा निर्वाचित गराएको हो ।

तपाईको प्रतिक्रिया