दिल्ली पब्लिक स्कूलका विद्यार्थीहरुलाई एक दिने कोभिडसम्बन्धी अनुशिक्षण

धरान÷सुरक्षित रहनुस्, स्वास्थ्य रहनुस् भन्ने नाराका साथ कारोना भाइरस सम्बन्धी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको दिल्ली पब्लिक स्कूल धरानमा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको सहकार्यमा कोभिड सम्बन्धी सामाजिक जनचेतना फैल्याउन दिल्ली पब्लिक स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई कोरोना
भाइरसका नयाँ भेरियन्टका बारेमा जानकारी गराइएको थियो ।


पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले शुक्रबार आयोजित अनुशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई कोडिभबाट बच्न सचेतना सम्बन्धी जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागी चिकित्सकले कोभिडबाट सुरक्षित हुन भ्याक्सिन महत्वपूर्ण भएको र विद्यालयले विद्यालय हाताभित्र कक्षा कोठा र कक्षा कोठा बाहिर स्प्रेड गर्नु आवश्यक रहेको औंल्याएका थिए ।
विद्यालयका प्रिन्सिपल पिके शंकरा लिंघमले यस प्रकारको जनचेतनामुलक कार्यक्रम विद्यार्थीहरुका लागि अत्यन्तै महत्वपूर्ण भएको धारणा व्यक्त गर्नुभएको थियो । त्यस क्रममा कोभिडले मानव शरीरमा पु¥याउने हानीका सम्बन्धमा केही श्रब्यदृश्यहरु समेत देखाइएको थियो ।
अनुशिक्षण कार्यक्रममा पेन्सन वितरण कार्यलय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले विद्यालयका प्रिन्सिपल पिके शंकरा लिंघमलाई विद्यार्थीहरुकालागि मास्क र सेनिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया