भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङ÷खोटाङमा भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ ।


खोटाङको ऐसेलुखर्क गाँउपालिका–२ बाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् । सोमबारे दिउँसो ३ बजे बिशेष सुचना आधारमा प्रहरीले प्रक्राउ गर्न सफल भएको थियो । सूचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी खटिएको थियो । प्रहरीले राईको घर खानतासी गर्दा एक थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो । घटना सबन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया