झापा÷झापाको गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका एक जना पुरुषको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् । सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहानसम्म घर नफर्किएपछि प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरी टोलिल खोजतलास गर्ने क्रममा सोमबार साढे २ बजे खोलामा डुबेर मृत अबस्थामा फेला परेको हो । घटना सबन्धमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको छ ।
