मारुती सिमेन्ट गुणस्तरहीन : प्रयोग नगर्न चेतावनी

धरान÷सिरहा जिल्लाको मिर्चैयास्थित मारुती सिमेन्ट उद्योगबाट उत्पादित मारुती सिमेन्टको ओपिसी र पिपिसी सिमेन्ट गुणस्तरहीन भएकोले निर्माण कार्यमा प्रयोग नगर्न सरकारले निर्माण व्यवसायीहरुलाई चेतावनी दिएको छ ।


विगत केही समयदेखि गुणस्तरहीन सिमेन्ट बजारमा बिक्री गर्दै आएको मारुती सिमेन्ट उद्योगलाई सरकारले बजारबाट आफ्ना उत्पादन फिर्ता लैजान समेत चेतावनी दिएको छ । सरकारले मारुती सिमेन्ट प्रयोग गरी विकास निर्माणका कार्य गरे त्यस्ता निर्माण कम्पनीलाई कार्वाही गर्ने समेत जनाइएको छ । विराटनगरका केही उद्योगी व्यवसायीहरुको लगानीमा सञ्चालन भएको मारुती सिमेन्ट उद्योगलाई सरकारले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मंसिर १ गत उत्पादन रोक्न र विक्री वितरण नगर्न पत्राचार गरेको समेत गुण नियन्त्रण तथा नापतौल विभाग केन्द्रीय कार्यालयले जनाएको छ ।
तर कम्पनीले राजनैतिक पहुँचका आधारमा गुणस्तरहीन सिमेन्ट उत्पादनगर्न रोकेको छैन । उसले सरकारले दिएको निर्दैशन विपरीत बजारबाट आफ्ना उपादन समेत फिर्ता लगेको छैन । कम्पनीले सरकारको निर्देशन विपरीत जनमानसमा भ्रम फैल्याउने ढंगले विभिन्न सञ्चार माध्यमहरुमा उल्टै विज्ञापन शैलीका समाचारहरु सम्प्रेषण गर्दै आएको इटहरी स्थित एक हार्डवेयर व्यवसायीले बताए ।

तपाईको प्रतिक्रिया