फक्तालुङ (ताप्लेजुङ)÷ताप्लेजुङ जिल्लाको चीनको तिब्बतसँग सीमा जोडिएको टिप्तला भन्ज्याङसम्म ट्रयाक खोल्न बाँँकी दुई किमी सुकेपानीको कडा चट्टाने भीर फुटाउन नेपाली सेनाले होल बनाएर ब्लाष्टिङ गने तयारी गरेको छ ।

फक्लातुङ गाउँपालिकाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिणमा फुङलिङ नगरपालिका, पूर्वमा सिरीजंघा गाउँपालिका र पश्चिममा मिक्वाखोला गाउँपालिका रहेको छ ।
फुङलिङ नगरपालिकाबाट लेलेप, थुङथुङ, स्याकाथुम, अम्जिलेसा, ग्याब्ला, धुन्सा, ओलाङचुङगोला र याङमा जस्ता बस्ती तथा साना बजार भएर टिप्तिला भन्ज्याङसम्मको एक सय किमी दूरी पार
गरेपछि अन्तिम नेपाली बस्ती पुगिन्छ । जसलाई स्थानीयहरु टिप्तला डन्डा भन्छन् र यही स्थानबाट तिब्बत प्रवेश गरिन्छ टिप्तला भन्ज्याङबाट नेपाल तर्फको याङमा हुँदै ओलाङचुङगोला सम्मको ३१ किमी सडकको ट्रयाक चिनियाँ प्राविधिक र मजदुहरुको सहयोगमा दुई बर्ष अगाडि नै खुुलिसकेको छ । हाल सुकेपानीको कडा चट्टानेभीरको २ किमी ब्लाष्टिङ गर्न नेपाली सेनाले होल बनाउने काम गरिरहेको छ । ब्लाष्टिङ्गका लागि विस्फोटक पदार्थ सदरमुकाम फुङलिङमा भण्डारण गरिएको फक्तालुङ गाउपालिकाका प्रवक्ता छेतेन शेर्पाले धरान साप्ताहिकलाई जानकारी दिनुभयो । हाल ब्लाष्टिङका लागि सरकारी स्तरबाट प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । फुङलिङ नगरपालिकाबाट सुकेपानी सम्मको दूरी ६६ किमी रहेको छ ।
