नेपाली क“ग्रेसका लागि अभिषाप बन्दैछ गठबन्धन

सिद्धान्त, आदर्श, मूल्य, मान्यता विपरीत केवल सत्ता आरोहणका लागि मात्र गठन भएको गठबन्धन सरकारकोे पाँच महिना पूरा भएको छ । यी पाँच महिना नेपाली जनताका लागि औचित्यहीन, उपलब्धीहीन, निराशाबाहेक अरु केही हुन सकेन ।
नव गठित सरकारबाट न न्यायिक प्रणाली चुस्त बन्यो, न शान्ति सुरक्षाको आम नागरिकले प्रत्याभूति गर्न पाए, न नागरिकले कुनै राहतको महसुस गर्न पाए । भन्र्नपर्छ पूर्ववर्ती सरकारले
गरेका कामहरु भन्दा वर्तमान सरकार निकृष्ट ठहरिएको छ । पूवर्तवर्ती सरकारले बृद्ध, एकल, अपांग भत्ता बृद्धि गरेको थियो तर वर्तमान सरकारले त्यसमा कटौति ग¥यो, पूर्ववर्ती सरकारले रेल, पानी जहाज लगायतका सपना बाँडेको थियो तर वर्तमान सरकारले सपना समेत बाँड्ने ल्याकत राखेन, वितगमा एक रुपैयाँ पेट्रोलियम पदार्थमा मूल्य बृद्धि हुँदा सडकमा उफ्रिने भाते संगठनका पदाधिकारी बाहिर निस्कदैनन्, भ्रष्टहरु, बलात्कारीहरु, अपराधीहरु पाँच दलीय गठबन्धनबाट संरक्षित भएका छन् ।
वास्तमै भन्ने हो भने नेपाली कँग्रेसको नेतृत्वमा गठन भएको गठबन्धन सरकारको औचित्य पुष्टि हुने आधार केही पनि देखिदैन । गठबन्धनले केही समयका लागि माधव नेपाल, पुष्पकमल दाहाल, उपेन्द्र यादवहरुको राजनैतिक संरक्षणमात्र गरेको देखियो । यिनको राजनैतिक संरक्षण गर्दा गर्दै नेपाली काँग्रेस नराम्रोसँग नागरिकका अघिल्तिर नांगिदै गएको छ । आज नेपाली काँग्रेस खस्कदै जानुमा प्रधानमन्त्री शेरबहादुर देउवाको अकर्मण्यतालाई पहिलो कारण मान्नुपर्ने हुन्छ । माओवादी र नव गठित माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी जनताबाट अस्वीकृत दल हुन् । यिनलाई साथमा लिएसत्तामा बस्दा नेपाली काँग्रेसको छवि र ओज कहाँ पुग्दैछ ?
अब बीपीको नाम भँजाएर, २००६ सालमा गठन भएको सबैभन्दा पुरानो पार्टी, व्यवस्था परिवर्तनका लागि पटक पटक नेतृत्व गरेको भनेर नेपाली जनताले विश्वास गर्दैनन् । प्रजातन्त्र पुनस्थापना भएको पञ्चायतको तीस बर्षो कालखण्डभन्दा बढी भइसकेको छ, गणतन्त्र स्थापना भएको पनि १५ बर्ष पूरा भएको छ । तर नागरिकको जीवनमा कुनै परिवर्तन भएको छैन, मुलुकले कोल्टे फेरेको छैन । धन्न वैदेशिक रोजागरीमा गएर युवाहरुले राज्यलाई रेमिट्यान्स तिरेर आफ्नो आर्थिक हैसियत केही बलियो बनाएका छन् । यसमा राज्यको कुनै लगानी छैन ।
तर राज्यका स्रोत साधनको दुरुपयोग गरी रातारात नव धनाढ्य बनेका बर्तमान सत्ताको रसास्वादनमामत्र रमाउने हो भने आगामी निर्वाचनमा नेपाली काँगेसका लागि प्रत्युत्पादक हुन निश्चित छ । संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले तत्काल निर्वाचनको घोषणा गर्नुपथ्र्यो निर्वाचनको तयारी थाल्नु पथ्र्यो । त्यसबेला समय अनुकूल् थियो । तर पुनस्र्थापना भएपछि पूरै बाँकी अवधि सरकारमा बस्ने जुन मनसाय नेपाली काँगैसले देखाएको छ त्यो ठीक होइन । गठबन्धनलाई बोकेर सत्तामा बस्दा काँग्रेसको शाख गिर्दै गएको छ । यही अवस्थामा, औचित्यहीन ढंगले, जनताबाट अस्विकृत दललाई साथमा लिएर सत्तामा बस्ने हो भने निर्वाचन पश्चात काँग्रेस झन खुम्चिने निश्चित छ ।

तपाईको प्रतिक्रिया