बीपीको पार्किङबाट मोटरसाइकल हराउन थाले

धरान÷धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपद्धतिमा व्यापक गुनासो समय समयमा आउने गरेको छ । उपचारमा चिकित्सकले लापार्बाही गरेकै कारण विरामीहरुले समय समयमा आन्दोलन समेत गर्ने
गरेका छन् । पछिल्लो समय उपचारमा मात्र हैन प्रतिष्ठानको सुरक्षामा समेत प्रश्नचिन्ह हुदै आएको छ ।सुरक्षा संयन्त्र कमजोर भएकै कारण प्रतिष्ठानबाट वार्डबाटै जार्चमा राखेको मोवाइल हराउने, पैसा
हराउने तथा सामान ल्याएको झोला समेत गायव हुने मात्र हैन पार्किङमा राखेका मोटरसाइकल, स्कुटी समेत चोरी हुने क्रम रोखिएको छैन ।


क्ेही समय अगाडि विरामी हेर्न गएका धरानका धरान ८का सोहन श्रेष्ठको स्कुटी पार्किङमा राखेको को १३ प ७०३० न्रम्बरको स्कुटी आधा घण्टाभित्रै हरायो । पार्किङमा राखेर मेडिसिन वार्डमा विरामी हेर्न गएका श्रेष्ठ आधा घण्टापछि फर्किदा पार्किङमा राखेको मोटरसाइकल नै थिएन । हराउने वित्तिकै इलाका प्रहरी कार्यालय धरानको सञ्चार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको प्रहरी विट र प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको भिआइपी सेक्युरिटी सर्भिसमा खबर गरियो । प्रहरीले खोजीका लागि सम्पूर्ण संयत्र पुरा ग¥यो तर ५ दिन वितिसक्दा पनि स्कुटी फेला परेन ।
श्रेष्ठ भन्छन्(‘विरामी हेरेर फर्किएको आधा घण्टाभित्रै स्कुटी हरायो, खोजि गर्दा पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।’ उनले प्रतिष्ठानको सुरक्षा संयन्त्र कमजोर भएकै कारण पार्किङमा राखिएको मोटरसाइकल तथा स्कुटी हराएको उनको आरोप थियो ।
श्रेष्ठको मात्र हैन प्रतिष्ठानभित्र पार्किङमा राखेका अरुको समेत मोटरसाइकल तथा स्कुटी हराउने गरेको छ ।सुरक्षाको ठेक्का लिएको भिआपी सेक्युरिटी सर्भिसकै लापारबाहीका कारण सवारी साधन हराउने गरेको विरामीका आफन्तहरुले बताएका छन् । यस विषयमा सुरक्षाको जिम्मा लिएको भिआइपीका प्रमुख टेक लोहनी सुरक्षामा आफूहरुले कमी नगरेको बताउछन् । उनले बीपी र भिआइपीबीच भएको सहमतिपश्चात आफूहरुले पार्किङका लागि निश्चित स्थान तोकिदिए पनि कसैले तोकेको ठाउमा पार्किङ नगर्दा समस्या आएको बताए । उनले भने(‘हामीले भिआइपी कार्यालय माथि पार्किङको व्यवस्था गरिदिएका छौेै, त्यहा २४ घण्टा हामीले सुरक्षाकर्मी खटाएका छौं, मोटरसाइल नम्बर र धनीको नाम टिपेर हामी त्यहा राखिदिन्छांै, त्यहा अहिलेसम्म मोटरसाइकल हराएको रेकर्ड नै छैन ।’ उनले तोकेको स्थानमा सवारी साधन पार्किङ नगरेका सवारी हराएको तर तोकेको ठाउमा पार्किङ गरेको स्थानमा सवारी साधन नहराएको दाबी गरे । उनले भने(‘उनले सर्वसाधाराणलाई तोकेको स्थानमा लगेर सवारी साधन पार्किङ गर्न अनुरोध गरे ।
उनले तोकेको पार्किङभन्दा बाहिरबाट हराएका मोटरसाइकल समेत धेरै फेला पारेर सम्बन्धित सवारी धनीलाई बुझाएको बताए । उनले भने(‘हामीले केही समय अगाडि सुनसरीको बाङ्गेबाट समेत मोटरसाइकल फेला पारेर धनीलाई बुझाएका छौं ।
प्रतिष्ठानमा सुरक्षामा लापार्बाही भएकै कारण सामान तथा सवारी साधन हराउने क्रम बढेको त्यहा उपचारमा आएका विरामीका आफन्तले बताएका छन् । गाइनो वार्डमा आएका झापाका कुमार बस्नेतले प्रतिष्ठान र सुरक्षाको जिम्मा लिएको भिआइपी सेक्युरिटीकै कारण समस्या झन चुलिदै गएको बताए । उनले भने(‘गाइनो वार्डदेखि मास्तिर एक ब्लकमा तपाई सिसी क्यामराको निगरानीमा हुनुहुन्छ, भनेर लेखिएको छ । तर त्यहा सिसी क्यामरा नै छैन ।’ उनले नाङ्लो ठटाएर हात्ती तर्साए भने जस्तै ‘तपाइ सिसी क्यामराको निगरानीमा हुनुहुन्छ’ भनेर लेखेको बताउदै सिसी क्यामरा राखेर
सुरक्षालाई मजबुत गर्ने काम प्रतिष्ठानले ग¥यो भने त्यस्ता शब्द लेख्नै पदैन ।
प्रतिष्ठानमा दिनमै ५ वटा भन्दा बढी चार्जमा राखेका मोवाइल हराउने गरेको छ भने मोटरसाइकल तथा स्कुटी समेत महिनामा दुई÷तीन वटा हराउने गरेको पाइएको छ । हराएका सामानहरु एक आद्य भेटिए पनि धेरै जसो नभेटिने गरेको सुरक्षामै खटिएका भिआइपीका एक सेक्युरिटीले बताए ।

तपाईको प्रतिक्रिया