धरान÷धरान उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि सञ्चालन गरेको बीपी पार्कमा चहलपहल बढ्न थालेको छ । सर्वसाधारणहरु छुट्टीको समयमा धरान १३ र २० मा रहेको सर्दु खोलामा बनाइएको पार्कमा घु्म्ने, रमाइलो गर्ने क्रम बढेकोहो ।
े जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटन भित्र्याउने अगाडि सारेसँगै त्यहा चहल पहल बढेको हो ।
सात दशब अगाडि पूर्वाञ्चलको व्यापारिक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान(धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपलह विस्तारै खस्कदै गयो । पहाडी भेगलाई प्रत्यक्ष यातायातले जोडेपछि अहिले फुस्रे मृत बजारको रुपमा परिणत भएको थियो । तर, यो फुस्रेको पूरानो साख फर्काउनको लागि स्थानीय सरकारले एक मात्र विकल्पको रुपमा पर्यटनलाई अगाडी सारेको छ ।
धरान उपमहानगपालिका वडा नम्बर १३ र २० को सिमास्थित सर्दुखोला आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्न थालेको छ ।सर्दुजलाधार क्षेत्रमा पर्ने सर्दुखोला क्षेत्रलाई पार्कको रुपमा विकास गरेपछि आन्तरिक पर्यटकीयको मुख्य रोजाइमा परेको हो । नेपाली कांग्रेसका दिबंगत नेता वीपी कोइरालाको नाममा सो पार्क निर्माण भएको हो । संघीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट आएको २० लाख रुपैयाँ बजेटले पार्कको निर्माण गरिएको हो । सर्दुखोलामा माथी लगाइएको पक्की पुललाई फ्लावर ब्रिजको कम्सेप्टमा सिगारिएको छ । कुल ६० मिटर लम्बाई ४ मिटर चौडाइ रहेको पुलमा तीन वटा फलामको टूष्ट निर्माण गरिएको छ । १२(१२ मिटरको टूष्टमा आकाशतिर तारको जाली लगाइएको छ । पुलको दाँया र बाँयातर्फ समेत जाली लगाइएको छ । तीन वटै टूष्ट माथी झ्याम्मै हुने गरी बगमबेली अर्थात लहरे प्रजाती फुल रोपिएको छ । यसैगरी, फ्लावर ब्रिजको मुनी ढुङगामा जोडी सर्प, हास, भ्यागुताको चित्र कलाकारहरुले कोरिसकेको छन् । त्यति मात्र हैन, १३ नम्बर वडा कार्यालयले केटाकेटीहरुको लागि बाल उद्यान पनि निर्माण गरेको छ । सर्दु खोलाको पुल तरेपछि केही माथि कोशी नदीमा बनेको ब्यारेज तथा पुल निर्माणको क्रममा सर्दुखोलाको ढुङगा लान प्रयोग गरिएको ऐतिहासिक घिर्लिङको अवशेष छ । त्यो फुस्रेको महत्वपुर्ण सम्पदा हो । घिर्लिङको अवसेसलाई पनि रेलिङ हालेर सिगारिएको छ । घिर्लिङको अवसेसमा प्रत्येक सिढीमा मानिसहरुको लागि फलामको बस्ने ठाउँ बनाइएको छ । यी यावत कुरासँगै प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटक यहा आउने गरेका छन् । दैनिक करिब २ सय ५० देखि ५ सयसम्म दैनिक पर्यटकहरु आउने गरेको वीपी पार्क निर्माण समितिका उपभोक्ता समितिका अध्यक्ष चक्र खड्काले बताए । उनले भने(‘सर्दु खोलालाई पार्कमा परिणत गरेपछि अहिले आन्तरिक पर्यटकहरु आउन थालेका छन्, यसलाई अझै विकास गरेर लग्न सके बाह्य पर्यटक समेत भित्र्याउन सकिने बताए

पूर्वमै फ्लावर ब्रिजको निर्माण नभएको बेला नया कन्सेपका साथ फ्लावर ब्रिजको स्थापना गरेपछि भने यो स्थान घुम्न आउनेका लागि आकर्षक गन्तव्य बनेको छ । यो ब्रिजमा घुम्न आएकाहरुका लागि सेल्फी खिच्ने स्थान बनेको छ । यहा घुम्न आउनेहरुले यस स्थानको सामाजिक सञ्जालमा छ्यास्छ्यास्ती हाल्न थालेपछि भन सामाजिक सञ्जालमा फोटोहरु देखेर आउने गरेका छन् ।
मानिसहरुको जमघट बढेसंगै व्यापार पनि बढेको छ । साना ठेला, साना–साना छाप्रो बनाएर मम, चाउनमिन, चटपटे बेच्नेलाई भ्याइनभ्याइ छ । संघीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट छुट्टिएको २० लाख रुपैयाँले वीपी पार्क बनाइएको हो । यस अघि पूर्व सांसद कृष्णकुमार राईको सांसद कोषबाट १० लाख रुपैयाँले घिर्लिङको अवसेस जोन सिढी निर्माण गरिएको थियो । आन्तरिक पर्यटकको मुख्य केन्द्रको रुपमा विकास गर्ने योजना अनुसार निर्माण गरिएको समितिका अध्यक्ष खड्काले बताए ।
वडाले समेत यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने योजना अगाडि सारेको धरान उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । उनले यस स्थानको विकासका लागि उपमहानगरपालिकासँग पहल गरेर नया नया भौतिक संरचना बनाउने र जैविक पार्कको रुपमा विकास गर्ने बताए । उनले भने(‘धरान १३ फुस्रे यातायातको सञ्जाल कोशी पहाडी क्षेत्रसम्म पुगेपछि मृत अवस्थामा पुगेको छ, यसलाई फर्काउन पनि यो पार्कले सहयोग पुग्ने अपेक्षा हामील्ेस राखेका छौं ।’
अझै पनि पार्कमा घुम्न आउनेहरुले पर्याप्त सुविधा नभएको बताउने गरेका छन् । उनीहरुले शौचालय, विश्रामलय र सुरक्षाको राम्रो व्यावस्था चाडो मिलाउनुपर्ने सुझाव दिएका छन् । यसतर्फ स्थानीय सरकारको ध्यान केन्द्रित हुन सके धरान १३ फुस्रेमा रहेको बीपी पार्क आन्तरिक तथा वाह्य पर्यटकीय स्थल बन्नेमा दुई मत छैन ।
