प्रधानमन्त्री शेरबहादुर देउवाको प्रिय पात्र पर्यटक नेता कार्कीको दाल गलेन नेपाली का“ग्रेसको १४ औं महधिवेशन अन्तर्गत सुनसरीको अधिवेशनमा कोइराला पौड्याल पक्षको शानदार जित

इनरुवा÷नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी जिल्लाको कार्यसमितिको आइतबार भएको जिल्ला अधिवेशनमा कोइराला पौड्याल पक्षका केदारा भण्डारीले सभापतिमा शानदार जीत हासिल गरेका छन् ।
यसैगरी उपसभापतिमा नरेशचन्द्र राई, पञ्कज कुमार महतो, सविचमा माधवबहादुर घिसिङ, वीरेन्द्रकुमार साह, सह सचिवमा गणेश सुब्बा, मनिषकुमार राय, अपांग केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद मेहता र अपांग प्रदेश महाधिवेशनमा प्रतिनिधिमा देवेन्द्र पौड्याल विजयी बनेका छन् ।


कोइराला पौड्याल समह र देउवा पक्षले प्यानलै बनाएर निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । कोइराला पौडेल समूहका केदार भण्डारीले कुल खसेको २७७४ मत मध्ये १४२२ मत ल्याएका थिए भने देउवा समूहका सञ्यप्रसाद श्रेष्ठले १३०९ मत मात्र ल्याई पराजित भएका थिए । विधान अनुसार दुई उपसभापतिमा नगेश चन्द्र राई र पंकज कुमार महतो विजयी भएका छन् । उनीहरुले क्रमशः १३५५ र १३१३ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले १२९७ र रमेश दत्तले ११६६ मत प्राप्त गरेका थिए । दुई जना सचिवमा निर्वाचत घिसिङ र साहले क्रमश १२२९ र १४६७ मत ल्याएका थिए । सचिवमा प्रत्यासी प्रमोदकुमार पोख्रेलले १०९२, रन्जेश भट्टराईले १२२८, रमेश पालले ९२ मत मात्र ल्याएका थिए । माधवबहादुर घिसिङले आफ्ना निकटतम प्रतिद्वन्द्वी रन्जेश भट्टराईलाई एक मतले मात्र पछि पारेका थिए । सह सचिवमा ६ जना बीचमा प्रतिष्पर्धा भएको थियो । जसमा गणेश सुब्बाले १३०५, मनिषकुमार रायले ११७७ मत ल्याएर विजयी भएका थिए भने अन्य तीन जना सह सचिवका पत्यासी कालुराम चौधरीले ३४१, गिरिधारी प्रसाद साहले १०४३ र रमेश कटुवालले २६७ सुनिलकुमार साहले १०७० मत ल्याएका थिए । उता अपांग केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी उपेन्द्रप्रसाद मेहाले १३६४, सविता सुवेदीले ११७६, गोपाल राईले १०९० र जय नारायण सिंह दनुवारले ६७ मत प्राप्त गरेका थिए । अपांग प्रदेश महाधिवेशन प्रतिनिधिमा देवेन्द्र पौड्यालले ११६३ मत ल्याई विजयी भएका थिए भने उनका प्रतिष्पर्धी डा. सिसाम्बर यादवले २६४ मात मात्र ल्याएका थिए ।
सुनसरी जिलमा कुल २९१८ क्षेत्रीय प्रतिनिधि रहेता पनि २७७४ मतमात्र खसेको थियो । जसमध्ये अर्थात खसेको मत मध्ये ४३ जनाको दुवैतर्फका सभापतिलाई मत हालेका थिएनन् । सुनसरी क्षेत्र नं. १ ‘क’ मा ३९४ जना मतदाता रहेकामा ३८० मत झरेको निर्वाचन अधिकृत उत्तम पौड्यालले जानकारी दिए । यसैगरी क्षेत्र नं. १ ‘ख’ बाट २६८, क्षेत्र नं. २ बाट २०३, ‘ख’बाट ४५३, क्षेत्र नं. ३ ‘क’ बाट ३४८, ‘ख’ बाट १३८ र क्षेत्र नंं ४ ‘क’ बाट ३०६ र ‘ख’बाट ३३८ मत खसेको थियो ।
कार्कीले सुनसरी काँग्रेमा भाँडभैलो मच्चाए
आठ बर्षभन्दा लामो समय काराबास, दश बर्ष कठोर प्रवासमा बसेर प्रजातन्त्रका लागि जीवन अर्पेका सुनसरी क्षेत्र नं. ४ मानपुरका हरि डाँगीेले आफ्नो गृहजिल्ला भोजपुरमा कहिल्यै संसदको निर्वाचन जित्ने हैसियतै नभएका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी काँग्रेसमा भाँडभैलो मनाएको बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र, सूचना तथा सञ्चारमन्त्री एवम् पर्यटकीय नेता कार्कीले काँग्रेसमा जीवन अर्पण गरेका व्यक्तिहरुको मानमर्दन गरी काँग्रेस नै नबुझेकाहरुलाई प्रसार शक्तिको आडमा क्षेत्र नं. ४ मात्र होइन क्षेत्र नं. १, क्षेत्र नं. २ समेत पैसा र शक्तिको आडमा हस्तक्षेप गर्दा हिजोका दिनमा नेपाली काँग्रेसलाई जोगाउने हस्तीहरु रामबहादुर बस्नेत, पूर्व पार्टी सभापति एवम पूर्व गृहराज्यमन्त्री हरि सापकोटा, हाजी अब्दुल लगायतका दर्जनौ काँग्रेसका हस्तीहरु महाधिवेशन प्रतिनिधिमा जानै पाएनन् ।
सत्ता र शक्तिको आडमा पर्यटक नेता भएर सुनसरी भित्रिएका कार्कीलाई सुनसरीको हिजोको वस्तुस्थिति के थियो भन्ने कुराको सामान्य ज्ञान पनि छैन डाँगीले आक्रोस पोख्दै भने । उनले भने अधिवेशनले त कार्यकर्ताका मन जोड्ने हो तर यहाँ त फटाउने कामको सुत्रधार कार्की भएका छन् । आन्तरिक प्रतिष्पर्धामासमेत भिन्न विचार भएका विपक्षीसँग निर्वाचन लडे झै स्थिति सिर्जना जुन सुनसरीमा भयो त्यो राम्रो होइन ।
निर्वाचित सभापति भण्डारी को हुन ?
नेपाली काँग्रेस सुनसरीको दुई कार्यकाल सचिवको जिम्मेवारी इमान्दारितापूर्वक सम्हाल्नु भएका नव निर्वाचित सभापति केदार भण्डारी कुशल संगठनकर्ता समेत हुन् ।
वि.ं. २०५४ सालमा पेशाले कानुन व्यवसायीसमेत रहनु भएका भण्डारीले नेपाल वार एसोसिएसन सुनसरीको अध्यक्ष, २०५६ सालमा प्रजाान्त्रिक कानुन व्यवसायी संघ
(डिएलए) को केन्द्रीय उपाध्यक्ष, २०६० सालमा नेपाल वार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष, २०६३ सालमा नेपाली काँग्रेसको पहिलो पटक सुनसरी जिल्ला सदस्य र २०६७ सालमा सचिव पदमा निर्वाचत भएर सुनसरी काँग्रेस संगठन विस्तारमा महत्वपूर्ण योगदान पु¥याउदै आउनु भएको छ । कानुन व्यवसायी मणिराज दुलाल भन्नुहुन्छ यहाँ काम गर्ने भन्दा पनि चाकडी गरेर नेता बन्ने, पद प्राप्त गर्ने पवृत्ति बढेको छ । साँगठनिक कुशलता भएका इमान्दार भण्डारीलाई हराउन सत्तापक्षीय एउटा खेमाले निक्कै मेहनत गर्नुप¥यो । तर सुनसरीका मतदाताले त्यो चाकडी गरेर लाभको पदमा पुज्ने जमातलाई यसपटक नराम्रोसँग धक्का दिएको छ । काँग्रेसको नाममा काँग्रेस सपार्ने भन्दा पनि विगाने प्रवृत्ति भएकालाई भण्डारी लगायत निर्वाचित टिमले राम्रैसँग धक्का दिएको छ ।

तपाईको प्रतिक्रिया