नेपाली काँग्रेसको १४ औं महाधिवेशन सुनसरी जिल्लामा नगर, गाउँ, प्रदेशसभा र क्षेत्रीय अधिवेशनमा देउवा समूहको क्लिनस्विप

धरान÷नेपाली काँग्रेसको यही मंसिर अन्तिम साता हुने केन्द्रीय महाधिवेशन अन्तर्गत सुनसरी जिल्लामा भएको वडादेखि गाउँ, नगर, प्रदेशसभा र क्षेत्रमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा समूहको क्लिन स्विप भएको छ ।
सुनसरी जिल्लामा रहेका ६ वटा गाउँपालिका, ६ वटा नगरपालिका, ८ वटा प्रदेशसभा र ४ वटा प्रतिनिधिसभा अन्तर्गत चरणवद्ध रुपमा भएको अधिवेशनहरुमा कोइराला–पौडेल समूहले वर्चस्व कायम गरेका छन् ।
सुनसरी क्षेत्र नं. १ मा कोइराला– पौड्याल समूहले नगरसभापति, प्रदेशसभा सभापति र क्षेत्रीय सभापतिमा एकलौटी वर्चस्व कायम गरेका छन् । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन सम्बन्धी जारी गरेको कार्यतालिका अनुरुप मंसिर ३ गते सुनसरी क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ को निर्वाचन हुनुपर्नेमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार मंसिर ३ गते उमेद्वारले मनोनयन गरी मंसिर ४ गते निर्वाचन भएको थियो । प्रदेशसभा ‘क’बाट कोइराला–पौड्याल समूहले भारी मतले संस्थापन पक्ष उमेद्वारलाई प्यानलसहित पराजित गरेको थियो । प्रदेशसभा ‘क’ बाट अनिल श्रेष्ठ भारी मतले निर्वाचित भएका थिए भने उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका मदन ढकालले झण्डै दुई तिहाइ मतले पराजित हुनु परेको थियो ।
उता प्रेशसभा ‘ख’बाट संस्थापन इतर पक्ष अर्थात कोइराला–पौड्याल समूहका प्रत्यासी मुरारी भट्टराई आफ्ना प्यानलै सहित निर्वाचित भएका छन् । संस्थापन पक्षका अजय राईले आफ्ना पुरै प्यानलै सहित लज्जास्पद हार व्यहोरेका थिए । यसैगरी सुनसरी क्षेत्र नं. २ अन्तर्गत इटहरी नगरपालिकाको सभापतिमा पुनः हेमकर्ण पौड्याल अत्याधिक भारी मतले दोस्रो कार्यकालका लागि कोइराला पौड्याल समूहबाट निर्वाचित भएका थिए । सुनसरी क्षेत्र नं. २ बाट प्रदेश सभा ‘क’ र ‘ख’ बाट क्रमश ः दिपक पौड्याल र शुभेच्छुक देवान निर्वाचित भएका छन् । क्षेत्र नं. २ मा एकजना मात्र संस्थापन पक्षले जित हाँसिल गरेका छन् । यसैगरी क्षेत्र नं. ३ मा रहेको दुहवी नगरपालिका समेत संस्थापन इतर पक्षबाट वेद गच्छदार निर्वाचित भएका छन् । देउवा समूहमै रहेका विजय गच्छदारका भतिजा समेत रहेका वेद गच्छदारले संस्थापनपक्षसँग विद्रोही गरी कोइराला–पौड्याल समूहबाट पुन ः दोस्रो कार्यकालका लागि दुहवी नगरपालिकाको सभापतिमा निर्वाचित भएका हुन् । सनसरी क्षेत्र नं. ३ अन्तर्गतको प्रदेश सभा ‘क’ र ‘ख’ मा क्रमश ः स्यामलाल मेहता र किरण चौधरी विजयी भएका छन । इनरुवा नगरपालिकामा इनरुवा नगरपालिकाका प्रमुख समेत रहेका र यस अगाडि समेत नगर सभापति समेत रहेका राजन मेहता पुन ः दोस्रो कार्यकालका लागि संस्थापन इतर पक्षबाट निर्वाचित भएका छन् ।


रामधुनी नगरपालिकामा कोइराला पौड्याल समूहबाट सुदिप अधिकारीले संस्थापन पक्षका उमेद्वरलाई अत्याधिक मतले पराजित गरेका थिए । उता बराहक्षेत्र नगरपालिकामा देउवा समूहका रमेश कर्की झिनो मतले विजयी भएका थिए । सुनसरी क्षेनं. ४ ‘क’ र ‘ख’ बाट उपेन्द्र कुवाल र भिखारी मण्डल निर्वाचित भएका छन् । कटुवाल संस्थापन पक्षबाट निर्वाचित भएका हुन भने भिखारी मण्डल कोइराला–पौड्याल समूहबाट निर्वाचित भएका हुन । यसता सुनरी क्षेत्र नंं १ मा हिजो भएको मतदानबाट कोइराला पौड्याल समूहका सुजेन्द्र तामाङ अत्याधिक वहुमतले विजयी भएका छन् । नेपाली काँगेसको जिल्ला सचिव समेत रहेका तामाङको पूरै प्यानल विजयी भएको हो । संस्थापन इतर समूहबाट एक दिन अगाडि मात्र उमेद्वार घोषण गरेकी लक्ष्मी खतिवडाको पूरै प्यानल पराजित भएको छ । सुनसरी क्षेत्र नं. १ बाट संस्थापन पक्ष पूरै क्लिन स्विपमा परेको छ ।

तपाईको प्रतिक्रिया