धरान÷खोटाङ जिल्लाको च्यानडाँडाका ९५ बर्षीय मानबहादुर विश्वकर्मालाई पण्डित कर्म गरैकै कारण एक भव्य समारोहबीच सम्मान गरिएको छ ।
कार्तिक २६ गते पं. विश्वकर्मालाई बराहक्षेत्र नगरपालिका चतरामा प्रथम जगतगुरु पीठमा आयोजना भइरहेको महायज्ञमा सम्मान गरिएको हो ।
विकलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा जगतगुरु महाराज मोहनशरण देवाचार्यले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो ।

पहाडको दुर्गम गाउँ, विद्यालय स्थापना नहुँदा धुलौटे पार्टीमा बासको सिन्कोले कखरा सिकिसकेपछि सामान्य ज्ञान घरमा प्राप्त गरेका विश्वकर्माले पण्डितको ज्ञान प्राप्त गरेकोर्ले सम्मान गरिएको विश्व हिन्दु परिषदका अध्यक्ष देजवराज अधिकारीले बताउनुभयो । १२ बर्षकै उमेरमा उहाले चण्डी, रुद्री, लगायतका कुराहरु पढेको अध्यययनका क्रममा पाएको अधिकारीले बताउनुभयो । उहाले त्यो समयमा विश्वकर्माले पण्डितहरुसँग सत्संगमा सामेल मात्र नभएर ठाउ ठाउमा गएर यी पुस्तकहरुका संकलन गर्ने अध्ययन गर्ने गरेको पाइएको बताउनुभयो् ।
ढिलै भएपनि सम्मान गरिएकोमा नाति गंगा कालिकोटे खुशी व्यक्त गर्नुहुन्छ् । बराह ग्रुपका प्रशासकीय अधिकृत समेत रहनु भभएका कालिकोटेले यसभन्दा अगाडि नै सम्मान गरिनुपर्ने व्यक्तित्व भएपनि ढिलै भएपनि विश्वहिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीको पहलमा सम्मानित भएकोमा आफूलाई खुशी लागेको बताउनुभयो ।
जातीय छुवाछुतलाई कानूनमा बर्जित गरको भएपनि अहिले पनि दलित मन्दिरमा प्रवेश गरेको निहुमा, सार्वजनिक स्थलमा खाजा खाने निहुमा विभेद हुन छाडेको छैन । पण्डित कर्म कुनै जातिको प्यावा नभएको ९५ बर्षीय मानबहादुर विकल उदाहरण पेश गरेरै देखाइदिनुभएको छ । यस्ता व्यक्तित्वलाई सम्मान गरिदा समाजमा समेत सकारात्मक सन्देश समेत प्रवाह भएको छ ।
