धरान । दक्षिण एसियाकै उत्कृष्ट अस्पताल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीको सामान्य भन्दा सामन्य ल्यावटेष्ट समेत हुन छाडेका छन् ।
प्रतिष्ठानमा ठूला तथा महंगो शुल्क तिरेर गरिने एमआरआई, सिटिस्क्यान जस्ता उपकरण विग्रिएर टेष्ट गर्न नपाएका सर्वसाधारणले पछिल्लो पटक ब्लडमा अक्सिजनको मात्रा हेर्ने उपकरण समेत विग्रिएर थन्किएकाले सर्वसाधारणले टेस्ट गराउन बाहिर जानुपर्ने बाध्यता भएको छ ।

बेलबारी नगरपालिका वडा नं. ३ की ७५ बर्षीय इन्द्रमाया राईलाईको रगतमा अक्सिजनको मात्रा हेर्नका लागि टेष्ट गर्न दिएपछि बिल काउन्टरमा गएर बिल काटे पनि टेष्ट हुन सकेन । दुई दिन अगाडि स्वास प्रश्वासको समस्या लिएर प्रतिष्ठान आएकी उनलाई अहिले मेसिसिन विभागको युनिट एकको बेडमा राखिएको छ ।
वेड भर्ना भएकै समयमा श्वासप्रश्वासमा समस्या देखिएकोले उपचारमा संलग्न चिकित्सकले उनलाई एविसी (रगतको मात्रा थाहा पाउने विधि) चेक गर्न पठाए । चिकित्सकले रगत तानेर चेक गर्न दिएको रगत उनकी आफन्त रेणु राईले लिएर आकस्मिक कक्षमा पुगिन् । आकष्मिक कक्षमा भएको ल्यावकी एक महिला कर्मचारीले यहा उपकरण विग्रिएकोले सघन उपचार कक्ष
(आइसियु ) गएर चेक जाँच गर्न पठाइन् । जव राई आइसियु पुगिन त्यहाँ कार्यरत एक नर्सले यहा टेष्ट हुदैन, एनआइसियुमा जानु भनेर पठाइन । हतार हतार एनआइयुमा पुगेर त्यहा कार्यरत एक नर्सलाई टेष्ट गरिदिन आग्रह गरिन्, त्यहा पनि नहुने भन्दै फकाईदियो । त्यतिखेरसम्म रातको १२ बजिससकेको थियो । उनी हैरान भएर यो रगत डस्विनमा फ्यालिदेउ भन्दै वार्डमा कार्यरत नर्ससँग आक्रोसित बनिन् । उनले भनिन्(‘केही समय अगाडि भिडियो एक्स(रे गर्न यस्तै हैरान भयो ।’ अब अहिले त जाबो एविसीको चेकजाच गर्न पनि यत्रो कठीन, बीपीको हालत खत्तमै भएछ’ उनले दुखेसी पोखिन् ।
उनले भनिन्–‘आइसियु तथा एनआइसियुमा राखेका विरामीलाई अनिवार्य रुपमा एविसीको चेकजाच गर्नुपर्छ, त्यो उपकरण नै विग्रिएपछि विरामीको हालत के हुन्छ, यो त बीपीको साहूै लापार्बाही भयो ।’
भ्रष्टाचार, बेथिति तथा अनियमिताको चरम उत्कर्षमा पुगेको प्रतिष्ठानमा यस्ता साना उपकरणको समेत समस्या भएपछि प्रतिष्ठानको हालत कस्तो हुन्छ ? मेडिसिन वार्डमै उपचारमा संलग्न एक विरामीका आफन्तले प्रश्न
गरे । सोही वार्डमा हजुरबुबाको उपचार गराउदै आएका सविन बस्नेतलाई समेत यो समस्या आयो । छातीमा समस्या आएर श्वासप्रश्वासमा समेत समस्या भएपछि उपचारमा संलग्न डा. प्रियंका कार्कीले एविसी चेक गर्न पठाइन्, उनी पनि आकस्मिक, आइसियु तथा एनआइसियु धाए कही नभएपछि हैरान भएर फर्किए । उनी भन्छन्(‘बीपी यति धरासायी भएछ, यसको लेखा जोखा नगरे पनि हुन्छ, यहाँ उपचार समयमा नहुने त छँदैछ, सामन्य भन्दा समान्य टेष्ट पनि हुन छाडेछ, अब उपचारका लागि बीपी ल्याउदा विरामीको अवस्था झन झन नाजुक हुने रहेछ ।
उनले हजुरबुबाको छातीमा धैरै कफ जमेपछि मेसिनबाट कफ निकाल्न समेत उत्तिकै झन्झट भएको बताए । मेडिसिन युनिट १ मा राखेका हजुरबुबाको कफ निकाल्न मेसिन बल्लतल्ल आए पनि वार्डमा एउटा प्लक समेत नभएको बताए । उनले भने–‘मेसिन चल्ने विजुलीको एउटा प्लक समेत राम्ररी चलेन, राति १२ बजे एउटा मेडिकल हलमा गएर मागेर ल्याएर काम चलाए ।’
प्रतिष्ठानमा यी र यस्ता धेरै समस्याहरु दिनप्रतिदिन थपिदै गएको छ । सुधारका लागि धेरै आन्दोलन समेत नभएका होइनन् तर विगतको भन्दा अहिले प्रतिष्ठानको हालत दिनप्रतिदिन बढ्दै गएको छ ।
यस विषयमा प्रतिष्ठान प्रशासनले खासै गम्भीर देखाएको पाइदैन । यस विषयमा मेडिसिनकै चिकित्सक तथा नर्सहरुले व्यवस्थापकीय पक्ष पहिलादेखि नै नराम्रो भएको, पटक पटक सुधारका लागि कुरा राख्दा समेत सुधार नभएको प्रतिक्रिया दिए । उनीहरुले यो कुरा आफूहरुले पटक पटक राखेको भए पनि सुधार नभएकोले अब सञ्चारमाध्यमले नै यस कुरालाई उजागर गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।
