धरान । उमेर ढल्किदै गएछि हड्डीको समस्या बढी हुने गरेको छ । हाड्डी खिइने, सुक्ने हुदा हिडडुल गर्न नै कठिन हुने गरेको छ । यस्तो समस्याबाट गुजिरहका बृद्धबृद्धालाई केही सहज होस् भन्ने उद्देश्यले जेष्ठ नागरिक समाज संस्था आफै अग्रसर भएपछि धरान उपमहानगरपालिका १२ नंं वडा कार्यालयले शिविरका आयोजना गरेको हो ।
शिविर धरान १२ मा रहेको पब्लिक स्कुलको प्रांगरणमा राखिएको थियो । शिविरमा हड्डी सम्बन्धी समस्या भएका ५० जना भन्दा बढीले सेवा लिएका थिए ।
बृद्धबृद्धालाई परेको समस्या समाधान गर्ने र भलाकुसारी गर्ने चौतारीको रुपमा गठन भएको समाजले पछिल्लो पटक जेष्ठ नागरिककै सहजका लागि शिविरको आयोजना गरेको हो । उमेर ढल्किदै जाँदा हुने अक्टोपोरेस भन्ने रोगले धेरै बृद्धबृद्धालाई सताउने गरेकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठको नेतृत्वमा बीपीका अन्य चिकित्सकसँग सहकार्य गरेर यो शिविरको आयोजना गरिएको हो ।
यो शिविरले जेष्ठ नागरिकलाई धेरै सहज भएको जेष्ठ नागरिक समाजका सचिव हरिकृष्ण श्रेष्ठले बताउनुभयो । उमेर ढल्किदै जाँदा धेरै जेष्ठ नागरिकहरु हड्डी सम्बन्धी समस्या बोकेर उपचारबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएकोले पनि यो शिविर जेष्ठ नागरिकहरुलाई फलदायी र लाभदायी भएको बताउनुभयो स्थानीय सरकारले पनि समाजमा रहेका वृद्धबृद्धालाई केही राहत ल्याउने काम गर्नुपर्छ भन्ने हेतुले जेष्ठ नागरिक समाजसंग समन्वय गरेर शिविरको आयोजना गरेको धरान उपमहानगरपालिका वडा नं. १२ का वडा सदस्य व्रम्मज्ञ भट्टराईले बताउनुभयो । उहाले शिविरमा ६० बर्षदेखि माथिका जेष्ठ नागरिकले सेवा लिएको बताउनुभयो ।
शिविरको नेतृत्व गर्नुभएका हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठले उमेर ढल्किदै जाँदा हड्डी भाच्चिने समस्या धेरै हुने भएकोले यसको रोकथामका लागि सचेतनात्मक कार्यक्रमसँगै समस्या भएका जेष्ठ नागरिकलाई उपचार गर्न थालिएको बताउनुभयो । उहाँले धरान १२ बाट शुरु गरेको यो अभियानलाई धरान उपमहानगरपालिकाका सबै वडामा गरिने बताउनुभयो ।
यो कार्यको जेष्ठ नागरिकहरुलेले समेत प्रशंसा गरेका छन् । उमेर ढल्किदै जादा देखिने धेरै स्वास्थ्य समस्याबाट जेष्ठ नागरिकहरु ग्रस्सित भए पनि उपचार गराउन नसकेकहरुलाई यो शिविरले धेरै फाइदा पुगेको उनीहरुले बताएका छन् । स्थानीय सरकारबाट जेष्ठ नागरिकलाई गरिने सम्मानको एक हिस्सा उनीहरुले मानेका छन् ।
