इलाम÷पूर्वको पर्यटकीय स्थल इलाममा नेपाल र भारतका कवि तथा नियात्राकारहरुको दुई दिने जमघट हुने भएको छ ।
आगामी मंसिर १८ र १९ गते हुने दुई दिने जमघट पर्यटक र साहित्यलाई जोड्ने हेतुले हुन लागेको हो । साहित्यिक पत्रकार संघ काठमाण्र्डाै, इलाम नगरपालिका साहित्य, कला संगीत प्रतिष्ठान र पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजना एवम् कवि विमल वैधको संयोजनमा हुने साहित्यिक पर्यटन महोत्सवमा नेपाल र भारतका गरी १ सय ५० जना कवी, नियात्राकारहरु एवम् बरिष्ठ सञ्चारकर्मीहरुको सहभागिता रहने जनाइएको छ ।पर्यटन साहित्यिक महोत्सवका संयोजक एवम् कवि विमल वैधले दिनुभएको जानकारी अनुसार महोत्सवमा भारतको दार्जीलिङ, मिरिक, खर्साङ, कोलकत्ता, आसाम, र नेपालबाट काठमाण्डौ, विराटनगर, धरान,दमक, नेपालगञ्ज, विरगञ्ज नारायाणघाट, पोखरा, हेटौडा लगायतका ठाउँहरुबाट कवि तथा नियात्राकरहरु आउनु हुनेभएको छ । सयंोजक वैधले भन्नुभयो भारतको साहित्यिक एकाडेमी दिल्लीको बोर्ड संयोजक भइसक्नु भएका दार्जीलिङ्गका प्रेम प्रधान, कोलकत्ताका कवि नारायणप्रसाद हुमागाईले नेतृत्व गर्नुभएको टोली, काठमाण्डौबाट अशेष मल्ल लगायका कवि तथा कवियत्रीहरुले महोत्सवमा सहभागिता जनाउनु हुने भएको छ ।


महोत्सवमा पहिलो दिन कविता गोष्ठी, कार्यपत्र प्रस्तुत गरिनुका साथै पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, लेखक एवम् सञ्चारर्मीसँग साक्षात्कार, साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुने संयोजक वैधले जानकारी दिनुभयो । उहाँका अनुसार इलाम नगरपालिकाको आर्थिक सहयोगमा हुने महोत्सवको दोसो दिन अरनिको संग्राहलयमा कवि गोष्ठीसहित सम्मान कार्यक्रमसँगै समापन गरिने छ भने अपरान्ह आगन्तुकहरुलाई इलामका पर्यटकीय स्थलहरुको अवलोकन गराइने भएको छ । यहाँ स्मरणीय कुरा के छ भने यस प्रकारको साहित्यिक पर्यटन महोत्सव इलाममा वि.सं. २०४१ सालमा पहिलो पटक भएका थियो । त्यसबेला नेपालका मुर्धन्य कविहरु शंकर कोइराला, केशवराज पिडाली, भुपी शेरचनले समेत सहभागिता जनाउनु भएको थियो ।
