नेपाली कगेस एक्लै निर्वाचनमा जानुपर्छ : गठबन्धन अभिषाप हुनेछ

मुलुक यतिबेला निर्वाचनको तयारीमा जुटेको छ । आगामी बर्ष हुने निर्वाचनका सम्बन्धमा भने चर्चा परिचर्चा शुरु भएको छ । निर्वाचन आयोगले आन्तरिक रुपमा आफ्नो तयारी थालेको छ । निर्वाचनका सम्बन्धमा दलहरुको धारण माग गरेको छ । वर्तमान अपवित्र गठबन्धनका दलहरुबीचमा निर्वाचनमा जाने सवालमा मतभेद देखिन थालेको भएपनि वर्तमान सत्ता गठबन्धन बीचमा चुनावी तालमेलको विषयले भने विस्तारै राजनीतिक सरगर्मी बढ्न थालेको छ ।
सबैभन्दा ठूलो राजनीतिक दल एमाले विभाजित भएको छ, नेकपा माओवादीको राजनैतिक अस्तित्व संकटमा परेको छ, एमालेबाट विभाजित नेकपा एस सांगठनिक धरातल शून्य छ, जनता समाजवाद ी पार्टी विगतमा आफ्नै आधार क्षेत्रबाट लखेटिन थालेको छ, राप्रपा एक प्रकारले भन्ने हो भने नेतृत्व विचलनका कारण अस्तित्व विहीन झै बन्न पुगेको छ ।
यो अवस्थामा राजनैतिक संकट व्यवस्थापनका लागि बाध्यात्मक अवस्थामा नेकपा एमालेलाई सत्ताबाट विस्थापन गर्नका लागि बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचन अगाडिसम्म मात्र रहनुपर्दछ । हाल सत्तामा भागबण्डा गरेझै निर्वाचनमा नेपाली काँग्रेस जानुहुँदैन । आफ्नो अस्तित्व आगामी निर्वाचनमा जोगाउनै नसक्ने अवस्थामा पुगेको माओवादी, नेकपा एसले यतिबेला निर्वाचनमा काँग्रेसलाई गठबन्धन बनाएर जान चरम दबाब दिइरहेका छन् । यी दुई दलले असान्दर्भिक ढंगले विभिन्न सभा, गोष्ठी, सेमिनारहरुमा चुनावी तालमेलको कुरा उठाइरहेका छन् । यी दुवैलाई राम्रोसँग थाहा छ निर्वाचनमा एक्लै जाँदा कहीँकतै एक सिटमा समेत विजयी हुने सम्भावना छैन । त्यसैले सत्ता गठबन्धनलाई निर्वाचन गठबन्धनमा परिणत गराउन सके आफ्नो राजनीतिक शाख जोगिनेमा यिनीहरु ढुक्क छन् ।
नेपाली काँग्रेसले अर्ली इलेक्सनको कुरा उठाउँदा वा सेड्युल निर्वाचनको कुरा उठाउँदा यी दुवै झस्किन थालेका छन् । गठबन्धन विना निर्वाचनमा जाने ल्याकत र शाहस यी दुवैमा छैन । त्यसैले कसरी हुन्छ निर्वाचनलाई पर धकेलेर मुलुकलाई राजनैतिक संकटको दिशातर्फ अग्रसर बनाउन ती दुवै उधत रहेका छन् । नेपाली कँग्रेसका मुलुकभरिका कार्यकर्ताहरुको एउटै चाहना छ आगामी हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कँग्रेसले एक्लै निर्वाचनमा जानुपर्छ विगतमा पनि नेपाली काँग्रेसले गल्ति गर्दा नराम्रो पराजय भोग्नु
परेको थियो । आफ्नो सुरक्षित मानिएका स्थानहरुमा केन्द्रीय नेतृत्वको निर्देशनलाई पालना गर्दा काँग्रेस खुम्चियो । अब फेरि सोही गल्ति दोहो¥याएमा कँग्रेसका कार्यकर्ताहरुले बाह्य रुपमा विद्रोह गरेर अपजस त नदेलान् तर भित्री रुपमा विद्रोह पक्कै हुन्छ ।
गठबन्धन सरकार बनेको झण्डै ६ महिना हुन लाग्यो । तर गठबन्धनको नेतृत्व लिने नेपाली काँग्रेसले जनहित र देशहितका लागि कुनै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन । यसको प्रमुख
कारण माओवादी र एस नै हुन् । पहिलो कुरा त यस्तो अवस्थामा नेपाली काँग्रेस सत्तामा जानै हुँदैनथ्यो । गएपनि अर्लि इलेक्सनलाई मुख्य एजेन्डा बनाएर देखिने गरी जनताले तत्काल राहत पाउने ढंगका केही कार्यक्रम सार्वजनिक गर्नुपथ्र्यो । त्यसले सत्तामा टिक्ने लालसा भन्दा पनि प्रमुख प्रतिपक्षीसँग छलफल गरेर निर्वाचनको तयारीमा जुट्नुपर्छ । राजनीति कसैको निगाहामा चल्ने, दिने र लिने कुरा होइन । गठबन्धनको एउटा फेस थियो त्यो सिद्धियो अब त्यसको कुनै औचित्य रहँदैन । काँग्रेस नेतृत्वलाई चेतना भया ।

तपाईको प्रतिक्रिया