पाँचथर÷कार्तिक १, २ र ३ गते भएको वेमौसमी बर्षाका कारण घरबारविहीन भई त्रिपाल र खुल्ला आकाशमुनि कष्टकर रुपमा बस्दै आएका पीडित
परिवारलाई नेपाल भारत मैत्री संघले राहत वितरण गरेको छ ।

नेपाल–भारत मैत्री संघ केन्द्रीय कार्यालयले पूर्वको पाँचथर, झापा हुँदै पश्चिमका कैलाली, कञ्चनपुर र बर्दिया जिल्लाका बाढी पीडितहरुलाई राहत वितरण गरेको हो ।
नेपाल–भारत मैत्रीसंघका केन्द्रीय सह–अध्यक्ष शैलेन्द्र मोहन झा, महासचिव बोधकृष्ण सुवेदी नेतृत्वको टोलीले सम्बन्धित प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्यहरुको सक्रियतामा ३ सय २२ घर परिवारलाई राहत वितरण गरेको हो । बाढी तथा पहिरोबाट क्षति पुगेका घर परिवारलाई चामल, दाल, नुन, तेल लगायतका सामाग्री वितरण गरेको थियो । यसैगरी सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बाढी प्रभावितहरुलाई वितरण गरिएको राहत बरिष्ठ उपाध्यक्ष तुलबहादुर साउद, केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुर, केन्द्रीय सदस्य जागृति बोगटी, मनोज यादव, दुर्गा दत्त बोहरा लगायतले राहत वितरणमा सक्रिय हुनुभएको थियो ।
