धरान÷नेपाली कँग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रदेश नं. १ को बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ ।
असोज १, २ र ३ गते भएको वेमौसमी बर्षाले पु¥याएको क्षतिको जानकारी लिन प्रधानमन्त्री देउवाले प्रदेश नं. १ को भ्रमण गर्नुभएको हो । काठमाण्डौबाट नेपाली सेनाको पूर्वी कमाण्ड मुख्यालय इटहरीमा आइतबार विहान पुग्नु भएका प्रधानमन्त्री देउवाले नेपाली सेना, प्रहरी , स्थानीय बुद्धिजीवि, विभिन्न राजनैतिक दलका नेताहरुसँग छलफल समेत गर्नुभएको थियो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रधानमन्त्री देउवालाई प्रदेश नं. १ मा वेमौसमी बर्षाका कारण हालसम्म ७२ जनाले ज्यान गुमाइसकेको, ७ जना बेपत्ता भएको, ५७० वटा घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको, ८९४ वटा घरहरु आंशिक रुपमा क्षति भएको, ४ हजार चौपायाहरु मरेका, १२ वटा प्रहरी कार्यालयहरु, १२ वटा सरकारी कार्यालयहरु पूर्ण रुपमा ध्वस्त भएको र २० देखि ३० प्रतिशत धानबाली नष्ट भएको जानकारी गराइएको थियो ।
नेपाली सेनाको पूर्वी कमाण्डमा आयोजित छलफलमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले वेमौसमी बर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल केही
राहत उपलब्ध गराइसकेको र काठमाण्डौ फर्किएपछि थप राहतको प्याकेज ल्याउने घोषणा गर्नुभयो । उहाँले विपत व्यवस्थापनका लागि सरकारले चाँडै नै अल्पकालीन र दीर्घकालीन योजना समेत बनाउने प्रष्ट पार्दै सरकारको अहिले भएको स्रोत साधनको समुचित प्रवन्ध गर्दै पीडितहरुका लागि दातृ राष्ट्रहरुसँग मागेर भएपनि राहत उपलब्ध गराइ छाड्ने प्रतिबद्धा समेत व्यक्त
गर्नुभयो ।

नेपाली सेनाको पूर्वी कमाण्डमा भएको छलफलपश्चात प्रधानमन्त्री शेरबहादुर देउवा इलाम र पाँचथर जिल्ला पुग्नु भएको थियो । केही समय ती दुवै जिल्लाको हेलिकोप्टरबाट निरीक्षण गरेपश्चात पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको जलसिंह माविमा आयोजित कार्यक्रमम सहभागी हुँदै काठमाण्डौ फर्किएपछि चाँडै नै मन्त्री परिषद्को वैठक राखेर राहत सम्बन्धी निर्णय लिने बताउनुभयो । उहाँले वेमौसमी बर्षाका कारण आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली र मृतकका परिवारप्रति समवेदना समेत व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो सरकारले मृतकका परिवारलाई यसभन्दा अगाडि नै दुईलाख राहत उपलब्ध गराउने घोषणा गरिसकेको छ । यसैगरी पहिरोका कारण घरवारविहीन भएका परिवारका लागि समेत राहतको व्यवस्था गर्ने भन्दै प्रधानमन्त्री देउवाले पहिरोले घर बगाएकाहरुलाई घर बनाउने ठाउँ नभएपनि जग्गा उपलब्ध गराएर भएपनि घर बनाइदिने आश्वासन दिनुभएको थियो । प्रधानमन्त्री देउवाको कथन थियो क्षतिको सरकारले स्थलगत अध्ययन गरिरहेको छ, सरकारले भएको क्षतिको मुल्यांकन गरेर राहतको व्यवस्था गर्ने छ ।
प्रधानन्त्री देउवाले वैमासमी बर्षाका कारण प्रदेश नं. १ मा मात्र मानवीय एवम् भौतिक क्षति नभएको, यसले मेचीदेखि महाकालीसम्म नै ठूलो नोक्सानी पु¥याएकोले सरकार पीडितका पक्षमा
रहेको आश्वासन समेत दिनुभएको थियो । उहाँले आयोजित कार्यक्रममा भन्नु भयो ‘सरकार तपाइहरुकै साथमा छ ।’प्रभावित परिवारलाई एकै ठाउँमा संरचना बनाएर राख्ने हो कि अर्को कुनै विकल्प ल्याउने भन्ने कुरामा सरकारले छलफल चलाइरहेको समेत उहाँले बताउनुभयो ।
