धरान÷स्वास्थ्य मन्त्रालयको आधिकारिक छानविनमा नक्कली प्राध्यापक बनेर प्रमाणित भइसकेका र कुख्यात मेडिकल व्यापारी समेत रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी तथा अनेकौ अनयमितता मुछिएका हालका शिक्षाध्यक्ष प्रा. डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई प्रतिष्ठान ऐनको दफा ११(घ) बमोजिम छानविन गरेर सिनेटबाट बर्खास्त गर्ने आधार खोज्न स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानविन समितिले मंगलबार प्रतिष्ठानको भ्रमण गरी आवश्यक छानबिन शुरु गरेको छ ।
समितिमा सदस्यको रुपमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई र स्वास्थ्य सचिव डा.रोशन पोख्रेल रहनु भएको छ । समितिले तीनैजना पदाधिकारीसँग अलग अलग बयान लिएको र ऐनमा व्यवस्था भए बमोजिम सफाइको मौका दिन ७२ घण्टाभित्र जवाफ पेश गर्ने आदेश सहित उपकुलपति लगायत अन्य पदाधिकारीलाई स्पष्टीकरणको पत्र थमाएको स्वास्थ्य सचिव नजिकको सुत्रले धरान साप्ताहिकलाई बतायो ।
उपकुलपति बँचाउने कसरत
उपकुलपति डा. गिरी र अन्य पदाधिकारीलाई अनियमितताको प्रमाण सहित बर्खास्त गर्न प्रधानमन्त्री दृढ रहेको देखेर उनीहरुसँग प्रत्यक्ष आर्थिक लाभ लिएका एमाले नेता भानुभक्त ढकाल, बहालवाला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा प्रदेश सांसद विन्दिया कार्की हदैसम्मको प्रयारसत रहेको प्रतिष्ठान स्रोतले जनाएको छ ।
उपकुलपति गिरीसँग बर्षौदेखि नजिक रहेकी र नेताहरुसँग छोटो समयमै भितरिया सम्बन्ध बनाउन सफल तथा ज्ञानेन्द्र कार्कीले प्रदेश न. १ मा मन्त्री बनाउने आश्वासन पाएकी सांसद कार्कीले आफना निकट काँग्रेस नेताहरु र स्वयम् ज्ञानेन्द्र कार्कीलाई उपकुलपति गिरीलाई जोगाइदिन निरन्तर लविङ गर्दै आएको एक कर्मचारीले बताए । खोई उनले किन त्यस्तो गरेकी हुन् ? प्रदेश नं. १ का नेपाली कँग्रेसका एक सांसदले भने ।
स्वास्थ्य सचिवको समेत शंकास्पद भूमिका
उपकुलपति डा. गिरी र हालका स्वास्थ्य सचिव एक अर्कामा काका भतिजको साइनो लगाउँछन् प्रतिष्ठानका एक प्राध्यापकले भने । बाध्यताले मात्र सचिव पोख्रेल उपकुलपति हँटाउने समितिमा बसेका हुन्, उनले एक चौथाई सदस्यले गर्ने सही गर्न मानेका थिएनन् ।
काठमाण्डौमा अनेक पटक उनी बेलुका उपकुलपतिसँग सुरा बैठकमा भेटिएका छन्, प्रतिष्ठानमा सक्रिय एक मेडिकल व्यापारीले भने । स्वास्थ्य सचिव पोख्रेलले अनेक पटक उपकुलपति डा. गिरीलाई पत्र काट्न तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आदेश दिँदा समेत नमानेको देख्दा उनी भित्री रुपमा उपकुलपति बँचाउन लागेको सर्वत्र शंका गरिएको छ ।
उपकुलपतिका मतियारहरुको रुवाबासी
यसैबीच वर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भँजाएर अपुतालीमा पद खाने अनि प्रतिष्ठानमा ब्रम्हलुट गर्ने कर्मचारी र शिक्षक समाजको नेतृत्व गरेर दलाली गर्नेहरुको रुवाबासी शुरु भएको छ । यी मध्ये केहीको सोमबार धरानका एक मेडिकल माफियाको घरमा आकस्मिक बैठक बसेर जति खर्च गरेर भए पनि उपकुलपति गिरीलाई जोगाउने निष्कर्ष निकालेको र यस कार्यको निम्ति डिन डा. शिवेन्द्र झाले समन्वय गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
यी हुन पदाधिकारी हँटाउने आधार
उपकुलपति डा. गिरीका अनियमिताहरु ः कोरोना अस्पताल निर्माण, उपकरण खरिद, मातृ शिशु भवनको अनियमत म्याद थप तथा ५६ करोड भुक्तानी, नक्कली प्राध्यापक, सार्वजनिक स्थानमा मादक पदार्थ सेवन र चरित्रहीन व्यवहार तथा कमिशन बार्गेनिङका अडियो प्रमाण ।
शिक्षाध्यक्ष खनालका अनियमितताहरु ः सुरक्षा तथा सरसफाइ ठेक्का, डाइलासिस ब्लक निर्माण, दोहोरो भ्याट तिराएर २४ लाख अपचलन, शैक्षिक क्षेत्र तहसनहस, खुल्लमखुल्ला पार्टी कार्यकर्ता भएर हिँड्ने गरेको, अस्पताल क्यान्टिन ठेक्का, अनियमितता १८ करोड भुक्तानी ।
अस्पताल निर्देशक साहका अनियमितता ः टुक्रे खरिदमा तीन करोड अनियमितता, अस्पताल सेवा तहसनहस, उपकुलपतिका हरेक खरिद अनियमितताको सिफारिसकर्ता रहेको ।
पूर्व रजिष्ट्रारको अस्पताल निर्देशक बन्ने च्याखे दाउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएपछि आफू चोखिन राजीनामा दिएका पूर्व रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले सरकार समक्ष आफू निर्दोष रहेको दलिल पेश गर्दै भावी अस्पताल निर्देशक हुने च्याखे दाउ लगाएको प्रतिष्ठानका एक प्राध्यापकले बताए ।
डा. रेग्मीले राजीनामा दिएपछि समेत उपकुलपति डा.गिरीलाई निरन्तर उचाल्ने कार्य जारी राखे, डिन शिवेन्द्र झासँग मिलेर प्रा.डा. पारस पोख्रेललाई कार्वाहीका लागि पत्र काट्न लगाए । उनी जसरी पनि बाँकी तीनैजना पदाधिकारी बर्खास्त हुन् र आफू अस्पताल निर्देशक बन्न पाउ भनेर कुटनीतिक महोल बनाउन व्यस्त रहेको ती प्राध्यापकले बताए ।




