धरान,÷कोरोना संक्रमण कम भएको भन्दै नेपालीहरुको महान चाडलाई लक्षित गरी सबै क्षेत्र खुल्ला गरिए पनि विगतका बर्षहरुको जस्तो सर्वसाधारण खुलेर दशै मनाएनन् ।
दशैको नौरथाभरि भरिभराउ हुने देवालयहरुमा उल्लेख्य उपस्थिति देखिदैनथ्यो, कोरोना संक्रमणको त्रासले डराई डराई चाडपर्व मनाएका सर्वसाधारणका कारण नौरथा अवधिभर विगतका बर्षहरुका बडादशैभन्दाको तुलनमा चहलपहल अत्यन्तै कम देखिएको थियो ।

गत बर्ष कोरोना संक्रमणकै कारण धरान १४ विजयपुरका मठमन्दिर पूर्ण रुपमा बन्द दिए । कोरोना संक्रमण कायमै रहेका कारण सर्वसाधारणले घर घरमा परिवारसँग बसेर सुरक्षित भएर दशै मनाए ।
तर यस बर्ष कोरोना संक्रमण दर कम हुदै गएपछि सवै क्षेत्र खुल्ला गरिदियो । विजयपुरका मठमन्दिरमा पनि खुल्ला गरियो तर पनि अघिल्ला बर्षहरुका तुलनामा मन्दिर क्षेत्र भीडभाड अत्यन्तै कम देखिन्थ्यो ।धरान १२ का भरत अग्रवालले कोराना संक्रमणकै कारण यस पटक मन्दिर भीडभाड गर्न सर्वसाधारण डराएकै कारण विगतको जस्तो भिडभाड नभएको बताउनुभयो । नौरथाको समयमा दन्तकाली मन्दिर पुग्नुभएका उहाले अझै पनि कोरोना संक्रमण कायमै रहेकोले सुरक्षित भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको थियो ।
तर विजयपुरकै स्थानीयहरुको भनाई भने अर्कै थियो । धरान १४ विजयपुरमा रहेको दन्तकाली मा.वका शिक्षक श्रीप्रसाद कोइरालाले कोरोनाको एक कारण भएपनि त्यो भन्दा ठूलो
कुराचाहिँ युवा पुस्तामा धर्मप्रति अरुचि जाग्दै गएका कारण विगतको जस्तो मन्दिरमा भीड नभएको बताउनुभयो । उहाले विगतमा विहान तीन बजेदेखि नै मन्दिर खुल्ने र युवा पुस्ताका अत्यन्तै भीड देखिए पनि यस बर्ष त्यस्तो नदेखिएको उहाले बताउनुभयो ।
त्यसो नौरथाको समयमा व्यापार व्यवसाय पनि धेरै हुने गरेको थियो । नौरथा अवधिभर सामान्य भन्दा सामान्य व्यापारीले पनि दुई चार लाख आम्दानी गर्थे । तर यसपटक त्यस्तो नभएको व्यापारीहरु बताउछन् । नौरथाका समयमा बर्षेनी बेलुन विक्री गर्ने विराटनगरका सुरेन्द्र साहले विगतका बर्षहरुमा बेलुन बेचेरै नौरथा अवधिभरि दुई चार लाख आम्दानी गर्ने बताउछन् । नौरथा आउदा युवा पुस्ताले बेलुन बढी खरिद गर्ने प्रचलन भएपनि युवा पुस्ता कम आएका कारण सामन्य व्यापार भएको उहाले बताउनुभयो ।
गत बर्ष कोरोनाकै कारण सबै क्षेत्र बन्द हुँदा घरमै खुम्चिएर दशै मनाएका सर्वसाधारणले कोरोनाको जोखिम कायमै भएका कारण यस बर्ष त्रासका साथ दशै मनाएका कारण मठ मन्दिरमा चहलपहल कम भएको मन्दिरका पुजारीहरु बताउछन् । विगतका बर्षका नौरथाको समय अवधिभर ५ देखि ७ लाख सर्वसाधारण मन्दिर क्षेत्र आउने भएपनि यस बर्ष १ लाख पनि नआएको उनीहरु बताउछन् ।
