धरान ÷नेपालीहरुको महान चाड वडादशैको नवौै दिन अर्थात महानवमी पर्र्व । आजको दिन सर्वसाधारणले मन्दिर तथा घर घरमा हास, बोका, रागा लगायतका पशुहरुको बली दिने प्रचलन छ ।
यसै क्रममा धरानको दन्तकालीमा बलि दिन बोका लिएर जानेको सर्वसाधारणको उपस्थिति उल्लेख्य रहेको छ । विहानै देखि बोका तथा हास बलिदिनेहरुको लाइन नै लागेको थियो । तर बलि प्रथा दिनु ठीक हो कि होइन भन्ने विषयमा धरानका समाजससेवी, शिक्षाविद्हरुले आ(आफ्नो धारणा व्यक्त गरेका छन् ।

दशैको नवरात्रीलाई हिन्दु धर्मालम्बीहरुले महत्वका साथ हेर्ने गरेका छन् । नवरात्रीको अवधिभर माता दुर्गाको नौ रुपको पूजा आजा गर्ने गरिन्छ । दशैको अष्ठमी र नवमीमा मन्दिर तथा घर घरमा पशुको बलिदिने पम्परा छ । तर बलि दिने कुरामा समाजसेवी तथा शिक्षाविद्हरुको आ–आफ्नो तर्क छ ।
धरान १४ विजयपुरका समाजसेवी, शिक्षाविद् प्रा.डा राजेन्द्र शर्माले बलीप्रथा दुर्गादेवीको शक्तिको पूजाअराधनाभित्र बली पनि एक अंग रहेको बताउनुभयो । उहाले बलिदिनु हुदैन भन्ने मानवीय तथा जैविक विविधताको रक्षा, अहिले आइरहेको अहिंसात्मक अवधारणा आइरहेका छन् बलिदिन हुदैन भन्ने धारणा अंिहसाका लागि सही भएको तर पूजा विधिभित्र पर्ने हिन्दुहरुको आस्थामाथि ठेस पुग्ने गरी पूजाको सबै प्रक्रिया पूरा नगर्नु भन्ने कुरामा हस्तक्षेप गर्नुचाहि नराम्रो धारणा राख्नुभयो ।
करिब करिब यस्तै धारणा धरान १४ कै शिक्षक सागर खड्काको छ । सांस्कृति चाडको रुपमा हेर्दा बलि सही भए पनि पशुको बलीको रुपमा अर्को कोणबाट हेर्दा राम्रो नभएको धारणा व्यक्त गर्नुभयो ।
विगतमा पनि बलिप्रथाका अन्त्य गर्नुृपर्ने धारणा राख्दै केही धार्मिक संस्थाहरुले प्रचारात्मक अभियान पनि चलाएका थिए । तर यसपटक भने त्यस्तो देखिएन । आजमात्रै दन्तकाली मन्दिरमा १ हजार हास बोकाको बलि हुने दन्तकाली मन्दिरका पूजारी कमल भट्टराईले जानकारी दिनुभयो ।
बलिप्रथा ठीक हो होइन भन्ने कुरा बहसकै विषय हो । कोरोना महामारीका कारण गत बर्ष सुनसान भएको दन्तकाली मन्दिर कोरोना संक्रमणको दर कम हुदै गएपछि धार्मिक क्षेत्रमा भएका मठमन्दिर खुलेसंगै सर्वसाधारण उत्साहित देखिएको पाइन्छ ।
आफ्नो सांस्कृतिक परम्परालाई निरन्तता दिदै विकृतिरहित चाडपर्व मनाउन अभियान नै चाल्न भने आवश्यक देखिएको छ ।
