यस बर्षको दशैमा कृषि बजारमा मात्र ३ करोड ८८ लाखको खसी बोकाको कारोबार

धरान÷ यस बर्षको बडादशैमा खसी बोकाको विक्री उच्च भएको धरानस्थित कृषि उपज बजारले जनाएको छ ।
कृषि उपज बजारका अनुसार गत बर्ष कोरोनाकै कोरोनाकै कारण सबै क्षेत्र बन्द हुदा कषि उपज बजार समेत बन्द रहेकोले खसीको कारोबारै नभएको तर यस बर्ष कोरोना संक्रमण दर न्यून हुदै गएपछि सरकारले सबै क्षेत्र खुल्ला भएसँगै दशैमा खसीको कारोबार बढेको हो ।


यस बर्ष गत बर्ष खसीको व्यापार प्राय ः शून्यकै अवस्थामा रहेको थियो भने यस बर्ष भने दशै अवधिभर ३ करोड ८८ लाख रुपैया बराबरको कारोबार भएको कृषि बजारले जनाएको छ । बजारका अनुसार बजार खुल्ला भएको पहिलो साता १ हजार ५ सय ७ खसी बोकाको कारोबार भएको थियो जसमा १ करोड ६५ लाख बराबरको कारोबार भएको थियो । त्यस्तै दोस्रो हप्तामा कारोबार बढेर २ हजार १ सय २ थान खसी बोका बिक्री हँुदा औसत मूल्य रु.२ करोड २३ लाखको कारोबार भएको कृषि बजारले जनाएको छ । यसैगरी दशैको अन्तिम शुक्रबार २ हजार ६ सय १० थान खसी बोका विक्री मूल्य ३ करोड बराबर भएको कृषि बजारले जनाएको छ । कोरोनाकै माहामारीका बीचमा पनि यो बर्ष खसी बोकाको कारोबार राम्रै भएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताए ।
कृषकलाई लक्षित गरी सञ्चालनमा ल्याएको यो बजारमा कृषकलाई सुविधा दिएकै कारण पूर्वको इलाम, पाचथर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, धनकुटाका कृषकहरुले यस बजारमा खसी बोका विक्रीका लागि ल्याउने गरेका छन् ।
विगतमा कृषि बजारमा खसी बोका होन्डी मुन्डी अन्दाजको भरमा खरिद विक्री गरिने भएपनि अहिले जिउदो खसी बोका विक्रीका लागि कृषि बजारले डिजिटल तराजु सञ्चालनमा ल्याएपछि कृषकहरुले कृषि बजारमै ल्याएर खरिद विक्री गर्ने क्रम बढेका कारण पनि खसी बोकाको विक्रीमा बृद्धि भएको उहाको भनाई छ । यता गत बर्ष समेत
कारोबार गर्न नपाएका व्यापारीहरुले भने यस बर्ष दशैमा कमाई राम्रै गरेका छन् । उनीहरुले पूर्वी पहाडी जिल्लाबाट ल्याएका खसी खरिद गरी पूर्वका विभिन्न ठाउमा विक्री गर्ने गरेको उनीहरु बताउछन् ।
यो बजार कृषक मैत्री बजार बनाउने उद्देश्यका साथ सञ्चालनमा आएका कारण अहिले कृषकको सुविधालाई ध्यानमा राखेर विक्री नहुन्जेलसम्मका लागि राख्न सुरक्षित स्थान, सस्तो दरमा खान तथा लजको व्यवस्था, खानेपानीका व्यवस्था लगायतका सुविधाहरु प्रदान गरिएकै कारण पनि दशैमा मात्र हैन अन्य समयमा समेत पूर्वी पहाडी जिल्लाबाट खसी बोका विक्रीका लागि आउने गरेको व्यवस्थापक भट्टराईको भनाई छ । यो बजारमा पूर्वी पहाडी क्षत्रमात्र हैन तराइ, छिमेकी मुलुक भारतबाट समेत कृषि जन्य सामाग्री भित्रिने गरेको छ । विशेष गरी यो बजारमा खसी बोकाका अलावा हरियो
तरकारी, फलफूल, मसलाजन्य सामाग्री, सुख्खा तरकारीको समेत थोक कारोबार हुने गरेको छ

 

तपाईको प्रतिक्रिया