किमाथांका जोड्न अब १३ किमी बाँकी

खाँदबारी÷वहुप्रतिक्षित, सामरिक दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण मानिएको र भारत–चीन जोड्ने सबैभन्दा कम दूरीको जोगबनी किमाथांका सडकको ट्रयाक खोल्न अब १३ किमी मात्र बाँकी रहेको छ ।
संखुवासभाको खाँदबारी तुम्लिङटारबाट चीनको स्वाशासित तिब्बती नाकासम्मको १६२ किमी सडकमध्ये १३४ किमी सडकको ट्रयाक खुलिसकेको खाँदबारी किमाथांका सडक आयोजना प्रमुख गौतम श्रेष्ठले जानकारी दिनुभयो ।


प्रमुख गौतमका अनुसार खाँदबारीबाट च्याङ्गताङ्गसम्मको १३४ किमी सडकको ट्रयाक खुलिसकेको र ट्याक्टरहरु चल्न थालेका छन् । सीमावर्ती क्षेत्र घोङ्ग गोप्पासम्मको १४ किमी सडक समेतको ट्रयाक खुलिसकेको छ । च्याङ्गताङ्ग घोङ्ग गोप्पाबीचको थप १३ किमी सडकको ट्रयाक खुल्न बाँकी रहेको छ । हाल उक्त सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । आयोजना प्रमुख गौतम भन्नुहुन्छ अत्यन्तै कडा चट्टाने भीर भएकाले ब्लाष्टिङ गरेर ट्रयाक खोल्ने काम सेनाले गरिरहेको छ । यसका अलावा
कोरोना संक्रमणका कारण गरिएको लकडाउन, समयमै विस्फोटक पदार्थको उपलब्धता र भण्डारणमा कठिनाई भएकोले कामले गति लिन सकेको थिएन । अहिले काम भइरहेको छ । ट्रयाक कहिलेसम्ममा खुलिसक्ला त भन्ने सवालमा प्रमुख गौतमले भन्नुभयो एक दुई बर्ष लाग्छ । उहाँका अनुसार किमाथांकाबाट नेपालतर्फ पनि १४ किमी सडकको ट्रयाक खुलिसकेको छ । उत्तरतर्फबाट काम गर्दा
इक्युमेन्टरहरु कसरी पु¥याउनु भयो त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो चीनको सहकार्यमा तातोपानी, केरुङ्ग नाकाबाट ती उपकरण भित्र्याइएको हुन ।
किमाथांका सडक निर्माणमा चीनले प्रत्यक्ष नभएपनि अप्रत्यक्ष रुपमा सहयोग पु¥याइरहेको छ । उसले विआरआई योजना अनुसार सडक निर्माणमा सहयोग पु¥याएको बताइएको छ । यद्यपि सडक आयोजना प्रमुख गौतम यो कुरा स्वीकार गर्न तयार हुनुहुन्न । जे होस् च्याङ्गवाङ्ग घोङ्गघोप्पा सम्मको बाँकी १३ किमी सडकको ट्रयाक खुलेपछि चीनसँग जोडिएको किमाथांकबाट सिधै हिले, लेगुवा भएर भारतको जोगवनीसम्म पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया