सर्वसाधारण तथा वहुप्रयोजनका लागि सहुलियत दरमा बेच्ने काठ दाउरामा बजार मूल्य असुलिँदै नेपाल वन निगम विराटनगरका शाखा प्रमुख पन्तको व्यापारीसँगको साँठगाँठमा करोडौ भ्रष्टाचार

इटहरी÷नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको द टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) र वन पैदावर विकास समितिलाई गाँभेर २०७६ जेष्ठ३० गते गठत गरिएको नेपाल वन निगम लि. विराटनगरका शाखा प्रमुख विमल पन्तले केही व्यापारीहरुको साँठगाँठमा करोडौ भ्रष्टाचार गरेको खुलासा भएको छ ।
नेपाल वन निगम लि.ले उदयपुरको राष्ट्रिय वन, सुनसरी, मोरङको राष्ट्रिय वनको ढलापडा, सुख्खा, खडा गरी ३० हजार किवी काठ संकलन गरी गत पौषमा टेन्डरमार्फत इटहरी १ हलगडास्थित मनोकामना स–मिलसँग चिरान सम्झौता ग¥यो । तर ठेक्का पाएको उक्त स–मिलले इटहरी १६ स्थित रहेको शिद्धकाली स–मिलनमा पु¥याई चिरान गर्न थालेपछि भ्रष्टाचारको खेल शुरु भएको हो ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वन निगम लिमिटेडले काठ दाउरा संकलन, चिरान उत्पादन तथा आपूर्ति, दाह संस्कार, धार्मक प्रयोजनका लागि दाउरा आपूर्ति, काठको सिजरिङ्ग पोलको उत्पादन गर्ने दायित्व पाएको भए पनि त्यस अुनसार काम नभएको निगमकै विराटनगर शाखाका एक कर्मचारीले बताए । उनले भने एउटालाई चिरान आदेशको स्विकृति दिएपछि अर्को मिलले चिरान गर्न पाउँदैन । उनका अनुसार त्यसरी मिलमा चिरान भएका काठहरु निगमकै कार्यालय परिषरमा जम्मा गरी सर्वसाधारण तथा वहु प्रयोजनका लागि विक्री वितरण गर्नुपर्छ । त्यसरी जम्मा भएको काठमध्ये २० प्रतिशत काठ लिलाम गर्ने र ८० प्रतिशत साल प्रजातिको काठचाहिँ चिरान गरी सर्वसाधारण, पुरातात्विक भवन निर्माण लगायतलाई प्रति किवी ३१ सय देखि ३९ सयसम्म विक्री गर्नुपर्नै हुन्छ । साल प्रजातिका काठ प्रति किवी ३१ सयदेखि ३९ सयमा विक्री गर्न मूल्य नै तोकेको छ, ती कर्मचारीले भने ।


तर निगमका विराटनगर शाखाका प्रमुख विमल विक्रम पन्तले व्यापारीहरुसँग साँठगाँठ गरेर प्रतिकिवी १ हजारदेखि १ हजार ५ सयसम्म कमिशन खाई चिरान गरेको मिलबाटै छानीछानी विक्री वितरण गर्दै आएका छन् । पन्तले ज्यालादारी कर्मचारी राखी मिलबाटै चिरान काठ विक्री गर्दै आएका छन् । निगमका तर्फबाट मिलमा चिरान गराउने कर्मचारी पाँचौ तहका रेन्जर स्तरको प्राविधिक रहनुपर्ने व्यवस्था छ । उपभोक्ता तथा सर्वसाधारणले चर्केको, मर्केको, फुटेको, हैसियत बिग्रिएको काठमात्र निगमबाट पाउने गरेका छन् । त्यस्ता काठहरु लिलामबाट विक्री गर्न खोज्दा समेत विक्री नभएका काठहरु हुन् । विराटनगरका एक काष्ठ व्यवसायीले भने चिरान गरेको मिलबाट पन्तले ज्यालादारीमा राखेका कर्मचारीले दाउरा विक्रीमा समेत घोटाला गरेका छन् । दाउरा प्रतिकेजी ९.५० पैसामा विक्री गर्नुपर्नेमा १२ रुपैयामा विक्री गरेर विलचाहिँ ९.५० पैसाकै दिने गरेका छन् । यसैगरी अनसाइजका काठको मूल्य २ हजार ९ सय प्रति क्विन्टल तोकिएकोमा ६ हजार प्रति क्विन्टलले विक्री गरी विल २ हजार ९ सयको दिने गरेको उनले बताए ।
शिद्धकाली स–मिलले पौष यता १८ हजार किवी गोलिया चिरान गरिसकेको छ । जसमध्ये १० प्रतिशत काठ पन्त, मिलमा खटिाएका ज्यालादारी कर्मचारी र मिलको संलग्नतामा
चोरी हुने गरेको छ । इटहरीका एक काष्ठ व्यवसायीले भने १० प्रतिशत माल चिर्दाचिर्दै निगमका विराटनगर शाखा प्रमुख विमल विक्रम पन्त,
चिरानमा संलग्न मिल संचालक, निगमका अन्य कर्मचारीको सेटिङ्गमा मनोकामना स–मिलमा पु¥याई बेचिने गरेको छ । निगकै रेट अनुसार १८ सय किवी त्यसरी गायव बनाइएको काठमा ७० लाख २० हजार भ्रष्टाचार भएको छ । त्यसरी गायव भएको १८ सय किवी काठको खुल्ला बजार मूल्य ६ हजार ५ सय प्रतिकिवीका दरले १ करोड १७ लाख हुन आउँछ । मनोकामना स–मिलदेखि सद्धिकाली स–मिलको ४ किमीको दुरीमा को २ च ३४२२ न. को बुलेरोले काठ ओसार्ने काम पाएको छ । जसलाई प्रति ट्रिप २५ सय र लोड अनलोड २५ सय दिने गरेको ती व्यवसायीले बताए । बुलेरोले एक पटकमा ६० किवी सम्म बोक्ने गरेको छ ।
नेपाल वन निगम लिमिटेड विराटनगरका शाखा प्रमुख पन्तको धन्दाको बाहिर गाइगुई चल्न थालेपछि असोज ५ गते मंगलबार हतार हतार सिद्धकाली स–मिलमा रहेका चिरान काठ, दाउरा
विराटनगर ओसार्न थालिएको निगमका एक कर्मचारीले बताए । उनले भने काठमाण्डौबाट छानविन टोली आउने सुइँको पाएपछि त्यसो गर्न थालिएको हो । यस सम्बन्धमा निगमका विराटनगर शाखा प्रमुख विमल विक्रम पन्तसँग बुझ्न बारम्बार सम्पर्क राख्दा पनि सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया