संयुक्त सीमा सर्भेको काम नहुँदा इलाम सन्दकपुरमा निर्माणाधीन खानेपानी र गेष्ट हाउसको काम रोकियो

इलाम (सन्दकपुर)÷इलाम जिल्लाको सबैभन्दा रमणीय स्थल सन्दकपुर गाँउपालिका वडा नं. २ मा आजभन्दा चार बर्ष अगाडि अर्थात २०७५ बाट निर्माण शुरु भएको खानेपान िआयोजना र गेष्ट हाउसको काम द्विद्धेशीय सीमा विवाद र बजेट अभावका कारण हाल स्थगित भएको छ ।
भारतीय सीमाबाट ३०–४० फिटको दूरीमा रहको यो दुवै आयोजनाको काम प्रारम्भमै विवादमा तानियो । हालसम्म उक्त सीमा विवादलाई समाधान गर्ने तर्फ न नेपाल सरकारले तदारुकता देखाएको छ न त भारतीय पक्षले ।
सीमा सर्भे गरेर सीमा दुरुस्त नहुन्ज्याल सम्म काम अगाडि नबढाउन भारतीय पक्षले आग्रह गर्दै आएको छ । तर नेपाली पक्षले ३०देखि ४० मिटरको दूरीमा संरचना बनेको भन्दै कामलाई शुरुमा निरन्तता दिएपनि पछि बजेट अभाव र विवादका कारण काम रोकिन पुगेको छ । भारतीय सीमा सुरक्षा बल एसएविले चारबर्ष अगाडि नै संरचना नबनाउन आग्रह गरेको थियो । हाल
संरचना बन्दै गरेको स्थान भारततर्फ पर्ने उसको दाबी छ ।
सन्दकपुरमा विवाद बढ्दै गएपछि सिक्किम ग्यान्टोकमा मुख्य कार्यालय रहेको एसएसवीका डिआइजी लेवलका प्रमुखले एसएसवी लेवलका एक प्रतिनिधिलाई छलफलका लागि तीन बर्ष अगाडि सन्दकपुर पठाएका थिए । सन्दकपुर गाउँ पालिकाका अध्यक्ष उदय राईले पनि यो कुरा स्वीकार्नु भएको छ । उहाँले भन्नुभयो तीन बर्ष अगाडि एसएसवी लेवलका एसएसवीका अफिसर आउनु भएको थियो । त्यसबेला गाउँपालिकाका पदाधिकारी र एसएसवीबीचमा अलिखित जेन्टल सम्झौता समेत भएको अध्यक्ष राईले बताउनुभयो । जेन्टल सहमतिमा के थियो त भन्ने सवालमा उहाले भन्नुभयो अब कुनै पनि संरचाना चाहे त्यो नेपालले बनाओस् चाहे भारतले बनाओस त्यस्तो संरचनना सीमा भन्दा ३० मिटर टाढा हुनुपर्दछ ।


जेन्टल सहमतिमा दुवै देशका संयुक्त सीमा सर्भेयरहरुले छिट्टै नै सीमामा देखिएको विवाद समधान गर्ने कुरा उल्लेख गरिएको थियो । अध्यक्ष उदय राईले भन्नुभयो यतिका समय वितिसक्यो हाल सम्म दुवै देशको संयुक्त सीमा सर्भेयर टोली आएका छैनन् । उहाँले भन्नुभयो विगत दुई बर्षदेखि कोरोना संक्रमणका कारण आवतजावतमा समेत कठिनाइ भएकोे भएर पनि सयुत्त, सीमा सभेयर टोली नआएको हुन सक्छ ।
अध्यक्ष राईले भन्नुभयो पहिले पहिले पानी ढलोटको आधारमा दुई देशबीचको सीमा निर्धारण हुन्थ्यो । पहाडको टुप्पाबाट पानी जता बग्छ त्यो भू–भाग उसको हुन्थ्यो । नेपालका पहाडी जिल्लाको सीमाको अवस्था हाल यही मान्यता अनुरुप नै चलेको छ । सन्दकपर वडा नं. २ जहाँ हाल खाानेपानी आयोजना र गेष्ट हाउस निर्माणधीन छ त्यहाँ भन्दा केही पर आल भन्ज्याङ्ग रहेको छ हाल भन्ज्याङ्गको सबै पानी भारततर्फ बग्छ तर द्विदेशीको सीमा स्तम्भ हाल भन्ज्याङ्ग भन्दा पनि अगाडि छ, राईले भन्नुभयो । आज जुन ठाउमा खानेपानी आयोजना र गेष्ट हाउस बन्दै छ त्यहाँ पहिला भेडी गोठ र चौरी गोठ थिए । बाह«ैमास चीसो र हिउँ पर्ने भएकोले त्यहाँ गोठालाहरुले भेडी गोठ र चौरी गोठ राखेका थिए । भेडी गोठ र चौरी गोठ नेपालतिरमात्र नभएर भारततर्फ भारतीय गोठालाहरुले पनि राखेका थिए । त्यो स्थान कंचनजंघा नेशनल पार्क जाने बाटो भएकोे भारतीय सेनाले आफ्नो भू–भागतर्फ भएको भारतीय गोठालाहरुको भेडी गोठ र चौरी गोठ त्यहाँबाट हटाइदियो । अध्यक्ष उदय राई भन्नुहुन्छ, अब हामीलाई पनि हँटाउने भयो भन्ने त्रासले नेपाली गोठालाहरुले सीमा स्तम्भ सारेर केही पर पु¥याइदिर्ए पछि फेरि यथास्थानमै राखे ।
अध्यक्ष राई भन्नुहुन्छ सन्दकपुर पहाड आधा भारतको आधा नेपालको हो । तर भारतीय पक्षले सबै पहाड हाम्रो हो भनेर दाबी गरेका छन् । सर्भे टोली आए त सबै कुराको समधान हुने थियो । हाल त्यहाँ बन्दै गरेको संरचना प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत दुई करोड ५३ लाखको बजेटमा शुरु भएको हो । निर्माणको काम देवी डाडा निर्माण सेवाले गरिरहेको छ । जसको प्रोपाइटर एमालेका स्थानीय कार्यकर्ता समेत रहेका नविन तामाङ्ग हुन् । गेष्ट हाउस र खानेपानी आयोजना पूरा गर्न २०७८ माघ मसान्तसम्मको समय सीमा दिइएको थियो । तर प्रदेश सरकारले समयमै बजेट उपलब्ध नगराउँदा आयोजना समयमा सम्पन्न हुन सकेन । सन्दकपुरगाउँ पालिका रिपु,सुन्देप, मावु सडकको काम पनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा लथालिंग भएका छन् । सन्दकपुर गाउँ पालिका र सदरमुकाम इलामबाट ३९ किमी टाढा रहेको छ भने यो ठाउँ इलाम जिल्लाको सबैभन्दा उचाइमा रहेको छ । जसको उचाई ३६३६ मिटर रहेको छ ।

तपाईको प्रतिक्रिया