धरान÷नेपाली काँग्रेसको आगामी मंसिर ९ गते देखि १३ गतेसम्म हुने १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत असोज ९ गते सम्पन्न सुनसरी जिल्लाको उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको निर्वाचनमा युवाहरुले वर्चस्व कायम गरेका छन् ।
नेपाली काँग्रेसमा स्थापना कालदेखि नै देखिँदै आएको संस्थापनपक्ष र संस्थापत इतर पक्षको दोहोरी यसपटक पनि देखियो । सुनसरी, धनकुटा, िओखलढुंगा, विराटनगर (मोरङ), झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु लगायतका स्थानको स्थानीइ तहमा इतर पक्ष भन्दा संस्थापन पक्ष बलियो भएको देखिएको छ ।
सुनसरी जिलामा पनि संस्थापन पक्ष इतर पक्ष भन्दा अगाडि देखिएको छ । झापाको एक आद्य स्थानमा कृष्णप्रसाद सिटौला पक्ष निर्वाचित भएको विर्तमोडका सुधिर शिवाकोटलीले बताउनुभयो । उहाँका अनुसार झापामा इतर पक्ष भन्दा पनि संस्थापन पक्षकै वर्चस्व रहकेो देखियो । सुनसरीको दुहवी नगरपालकामा दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार आफ्ना प्यानलसहित सभापतिका अत्याधिक मत ल्याएर विजयी हुनुभएको छ । इटहरी नगरपालिकामा हेमकर्ण पौड्याल दोस्रो कार्यकालका लागि पुन ः निर्वाचित हुनुभएको छ भने धरान उपमहनगरपालिकामा श्याम पोख्रेल, रामधुनी नगरपालिका (झुम्का) मा सुदिप अधिकारी, इनरुवा नगरपालिकामा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता पुनः दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनु भएको छ भने बराह नगरपालिकामा रमेश कार्कीले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतले पछाडि पार्नुभएको छ ।

यसैगरी सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको सभापतिमा जगधर यादव अत्याधिक मतले विजयी हुनु भएको छ । यसैगरी कोशी गाउपालिककाको सभापतिमा सुलेमान मन्सुरी, गढी गाउँपालिकाको अध्यक्षम कमल चौधरी, बर्जु गाउँपालिकको अध्यक्षमा कृष्ण संग्रौला र हरिनगरा गाउँपालिकाको अध्यक्षमा नुनु अन्सारी विजयी हुनु भएको छ । सुनसरीमा वहुमत स्थानीय तहमा संस्थापन पक्ष हावी भएको छन् तर पहाडी जिल्लाका अधिकांश जिल्लामा संस्थापन पक्षको एकलौटी वर्चस्व देखिएको छ । ओखलढुंगा जिल्लाका ८वटै स्थानीय तहमा संस्थापन पक्षले बाजी मारेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका चिसंखुगढी गाउँ पालिका, मोलुङ्ग गाउँपालिका, लिखु गाउँपालिका, चम्पादेवीगाउँपालिका, खिजिदेखा गाउँपालिका, मानेभन्ज्याङ्ग गाउँपालिका सबैमा संस्थापन पक्षले बाजी मारेको छ ।
धनकुटामा भने इतरपक्ष केही बलियो देखिएको छ । प्रदेश नं. १ का १४ जिल्लामध्ये धनकुटामा मात्र इतर पक्ष केही बलियो देखिएको हो । धनकुटाका सातवटा स्थानीय तहमध्ये चरावटामा इतर पक्ष र तीनवटामा संस्थापन पक्षबाट सभापति निर्वाचित भएका छन् ।
