हाम्रो रगत, हाम्रो पसिना
वियर, ह्विस्की बनाएर पिउन दिन्नौं ।
धरान/माथिका वाक्यांसागै धरानको सैनिक भवनमा आइतबार आयोजित एक कार्यक्रममा ज्ञानराज राईले पटक पटक आक्रोस पाख्नुभयो बेलायत सरकार विरुद्ध । वृटिश सेनामा १८ बर्ष काम गरी सेवा निवृत्त पश्चात पनि बेलायतमै यात्रुवाहक बस सञ्चालन गर्दै आउनु भएका राई बेलायतले गोरखा सैनिकमाथि गर्दै आएको विभेदका विरुद्धमा सत्याग्रह आन्दोलनमा होमिनु भएको छ ।
भूतपूर्व गोरखा सैनिकमाथि बेलायतले गरेको विभेदका विरुद्धमा भएका आन्दोलन, त्यसबाट प्राप्त उपलब्धी उपस्थित भूपूहरुका माझ सविस्तार सुनाउनु भएको थियो । हालसम्म के भयो ? के गर्दैछौं ? के पायौ ? के पाउर्दै छौं ? अब के गर्नुपर्छ ? भन्दै बेलायतसाग हामीले भिख मागेको नभई अधिकार खोजेका हौं राईले प्रष्टयाउनु भयो ।
आन्दोलनका नाममा विगतमा धेरैले गोरखा भूतपूर्व सैनिकहरुलाई ठगेको प्रसाग कोट्याउदै उहााले आफू तपाईहरु समक्ष झुठा कुरा गर्न आएको नभई तपाईहरुको बुद्धि, शक्ति लिन मात्र आएको राईले बताउनुभयो । सन् १९४७ नोभेम्बर ९ मा भएको नेपाल, भारत र बेलायतबीच भएको सम्झौता अनुसारको हकमात्र आफूले खोजेको हो । तर बेलायत सरकार नोभेम्बर ९ भन्दैन नोभेम्बर ७ भन्छ । सम्झौता अुनुसार गोरखा भूतपूर्व सैनिकले ५ वटा कुरामात्र मागेको र त्यसैका लगि लडिरहेका छौं, राइले भन्नुभयो । हाम्रा ५ वटा माग पूरा भएमा सम्पूर्ण नेपालीहरुको स्वाभिमान रहन्छ, आर्थिक रुपमा हामी सबल हुन्छौ । भूतपूर्व गोरखा सैनिकले उठाउादै आएको पााचवटा मागमा समान पेन्सन, गोरखा सैनिकका छोराछोरीले बिना सर्त आइएलआर पाउनपर्ने, विभिन्न वहानामा खाली खुट्टा पठाइएका सैनिकहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने, सम्पूर्ण मेडिकल सुविधा उपलब्ध
गराउनुपर्ने लगायतका रहेका छन् ।
उहााले आक्रोस व्यक्त गर्दै भन्नुभयो हामीले गोरा सरह पेन्सन पाउनैपर्छ । हामीभन्दा धेरै दु:ख गरेका गोरखा सेना र तिनका छोराछोरी आज धेरै मरिसकेका छन् । बेलायतले हाम्रा छोरीचेली विधवा बनाएको छ, पढ्न नपाउादा छोराछोरीको भविष्य अन्धकारमय बनाइदिएको छ । आज हाम्रा छोराछोरी खाडी मुलुकमा
रगत पसिना बगाई रहेका छन् । त्यसैले बााकी जीवन सहज बनाउन पेन्सनमा समानता हुनैपर्छ त्यो हाम्रो रगत र आाशुको मूल्य हो । बोल्दा बोल्दै बीचैमा टिप्पणी गर्नुभयो आज यहाा ज्ञान राज
राईले सत्याग्रह गरेर पेन्सन बढ्न अप्ठेरो भयो भन्नेहरु पनि छन् रे । ५–१० प्रतिशत पेन्सन बढेर हुार्दैन गोरा र
गोरखा सेनाबीचमा समाज पेन्सन हुनुपर्छ भनेर ज्ञानराज राईले सत्याग्रह शुरु गरेको हो । एउटा गोराले औषधोपचार वापत ३२देखि ३५ हजार स्टर्लिङ्ग पाउण्ड पाउाछ तर नेपालीले मुस्किलले १० हजार रुपैया पाउाछ । हाम्रो पेन्सनले युकेको स्टेन्डर मेन्टिनेन्स गर्देन र युकेमा पनि हामी सदा गरिबका गरिब रहन्छौं ।
राईले भन्नुभयो म कसैलाई ढााट्न जान्दिना । म एउटा आध्यात्मिक मानिस हुा । आज गोर्खालीहरुको पेन्सन गोरा सरह हुने हो भने बेलायतले ४ अर्ब स्टर्लिङ्ग पाउण्ड दिनुपर्छ । यो सबै रकम नेपाल जान्छ भनेर उनीहरु समान पेन्सन दिनै चाहादैनन् । हाम्रा मागका सम्बन्धमा नेपाल सरकारले हालसम्म कुटनीतक पहल गरेको छैन । यो दुर्भाग्यपूर्ण स्थिति हो । भूपूले पाउने पैसा नेपालमै आउने हो, मुलुकको आर्थिक समृद्धिमा यसले ठूलो टेवा दिन सक्छ । उहााले सुनाउनुभयो, पहिला आइएलआरवापत २२ सय २९ स्टर्लिङ्ग पाउण्ड खर्च गर्नुपथ्र्यो भने हाल ८ सय ५० पाउण्ड लिने निर्णय भएको छ । यो हाम्रो आन्दोलनकै उपलब्धी हो । उहााले ठोकुवा गर्नुभयो सत्याग्रहमा हामीले उठाएका पााचवटा माग पूरा नभएमा नेपालमा एक प्रकारको उथलपुथल नै हुन्छ ।
गोरखा भूतपूर्व सैनिक संघ सुनसरीका अध्यक्ष एवम् केन्द्रीय सदस्य गजेन्द्र इस्वोको अध्यक्षतामा सम्पन्न उक्त भेलामा ३ सय भन्दा बढी भूपूहरुको उपस्थिति रहेको थियो भने उपस्थित सबैले गोरखा भूतपूर्वप्रति बेलायतले गरेको विभेदप्रति आक्रोस पोखेका थिए ।
