भारतीय विदेश सचिव जयशंकर नेपाल आउदै

राजधानी/गत माघ १ गते भारतीय विदेश सचिवमा नियुक्त हुनुभएका एस जयशंकर नेपालको तीनदिने भ्रमणमा यही चैत्र १९ गते काठमाण्डौ आउदै हुनुहुन्छ ।
सार्कयात्रा अन्तर्गत हुने भ्रमणमा विगत एक बर्ष यता नेपाल भारत बीच भएका सहमतिको कार्यान्वयन र त्यसको प्रगतिका सम्बन्धमा समीक्षा हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
सार्क यात्रा अन्तर्गत यसभन्दा अगाडि विदेश सचिव एस जयशंकरले भुटान, बंगलादेश, पाकिस्तान र अफगानस्थानको भ्रमण गरिसक्नु भएको छ । उहााले मार्च १ अर्थात फागुन १७ गते भुटान, मार्च २ बंगलादेश, मार्च ३ पाकिस्तान र मार्च ४ मा अफगानस्थानको भ्रमण गर्नुभएको थियो । विदेश सचिवमा नियुक्त भएपछि उहाा पहिलोपटक नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । उहााको भ्रमणको मुख्य उद्देश्य एक बर्ष यता भएका नेपाल–
भारतबीचको सहमति र त्यसको प्रगतिका बारेमा समिक्षा नमै हो,
परराष्ट्र स्रोतले भन्यो । उहााको भ्रमणका समय नेपाल भारत द्विपक्षीय मामलाका सबै विषयमा समेत छलफल हुने भएको छ ।
यहाा स्मरणीय कुरा के छ भने नेपाल भारत विदेश सचिव स्तरीय संयुक्त आयोगको बैठक जुलाई अन्तिम अर्थात असार दोस्रो साता २३ बर्षपछि काठमाण्डौमा बसेको थियो । उक्त वैठकमा नेपाल र
भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावोकन गर्ने, बर्षौदेखि थााति रहेका द्विपक्षीय विषय सुल्झाउन आ–आÏना सरकारलाई सुझाव दिन प्रवुद्ध समूह गठन गर्ने लगायत २६ बुादे सहमति भएको थियो । त्यसमध्ये अधिकांश सहमति कार्यान्वयन हुन सकेको छैन । यसपटक नेपाल भारत बीच सम्पन्न जलविद्युत व्यापार सम्झौता माथिल्लो कर्णाली परियोजनालाई अगाडि बढाउन भारतीय कम्पनी जिएमआरसाग भएको विद्युत विकास सम्झौता कार्यान्वयनको अवस्थाका सम्बन्धमा समेत छलफल हुने स्रोतले जानकारी दियो ।
यसका अलावा गत मंसिर अर्थात नोभेम्बरमा काठमाण्डौमा सम्पन्न भएको सार्क शिखर सम्मेलनमा सदस्य
राष्ट्रहरुबीच भएको सहमति कार्यान्वयनको अवस्थाका बारेमा समेत छलफल हुने भएको छ । विदेश सचिव एस जयशंकरले आफ्नो नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र विपक्षी दलका नेताहरुसाग पनि भेट्नु हुने बताइएको
छ ।

तपाईको प्रतिक्रिया