नेपाल भारतबीच संयुक्त सैनिक अभ्यास

धरान÷कोरोना लगायत विविध कारणले दुई बर्षदेखि रोकिएको नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सोमबारदेखि भारतको उत्तराखण्डको (युके) पिथौरागढमा शुरु भएको छ ।
भारतीय सेनाद्वारा सोमबार जारी गरिएको सूचना अनुसार १३ दिनसम्म चल्ने उक्त संयुक्त सैन्य अभ्यासलाई सूर्यकिरण नाम दिइएको छ । विज्ञप्तीका अनुसार नेपाल भारत १५ औं सूर्य किरण संयुक्त अभ्यासमा भाग लिन नेपाली सेनाको टोली शनिवारै स्थलमार्ग हुँदै पिथौरागढ पुगेको थियो ।


सयुक्त शैन्य अभ्यासमा नेपाली सेनाको बटालिन स्तरका तीन सय जनाको पल्टन सहभागी भएको छ भने भारतीय सेनाका तर्फबाट ३५० जना सहभागी भएका छन् । विज्ञप्तीमा भनिएको छ संयुक्त सैन्य अभ्यासको मूल उद्देश्य आपसी दक्षताको विकास, आतंकवाद विरुद्ध र प्राकृतिक विपद् व्यवस्थापन हुनेछ । संयुक्त अभ्यासमा भारत र नेपाली पक्षका सेनाको नेतृत्व महासेनानी (कर्णेल) ले गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया