प्रशासनद्वारा आदेशलाई निरन्तता

इनरुवा÷जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना भाइरस (कोभिड १९) को जोखिम कायमै रहेकोले यस भन्दा अगाडि जारी गरिएको आदेशलाइ निरन्तता दिएको छ ।
यसभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयले सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग गर्ने, स्वास्थ्य मापदण्ड अपनाउने लगायतका कुराहरुलाई प्राथमिकता दिँदै सूचना जारी गर्दै आएको छ ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार जारी गरेको सूचना अनुसार जिल्ला कोभिड १९ को संक्रमणको जोखिम अवस्था विश्लेषण गर्दा शतर्कता अपाउनु पर्ने अवस्था रहेकोले हाल
जारी रहेको आदेशलाई असोज १८ गतेसम्म निरन्तरता दिइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया