मालपोत कार्यालय सुनसरीमा केही कर्मचारीहरुको मिलेमतोमा सेवाग्राही हैरान बाटो नभएको जग्गामा बाटो कायम गर, नापीले गरेको कित्ताकाटमा पैसा माग्ने, गुड फर्निसि· चेक नभएको भन्दै पैसा माग्ने

सुनसरी÷जिल्ला मालपोत कार्यालय सुनसरीका केही कर्मचारीहरुको मिलेमतोमा सेवाग्राहीहरुबाट अतिरिक्त रकम नलिइ काम नगर्ने, झुलाउने, दलाल भिडाएर सेवाग्राहीहरुसँग बार्गेनिङ्ग गर्ने, सहज ढंगले प्रक्रिया पूरा भएका काममा समेत दुःख दिने काम हुँदा समेत सम्बन्धित निकाय मौन साँधेर बसेको छ ।
सोवाग्राहीहरुले यतिबेला जिल्ला मालपोत कार्यालय सुनसरीको रजिष्ट्रोशन फाँटका कर्मचारीहरुबाट चरम आर्थिक हैरानी व्यहोर्नु परेको एक सेवाग्राहीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए ।
कार्यालयकै एक कर्मचारीले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने रजिष्ट्रेशन ‘क’ फाँटका शशी रेग्मी र ‘ग’ फाँटका शम्भु र तुलसी पौड्यालले सेवाग्राहीहरुलाई आर्थिक हैरानी दिने गरेको उनले सुनाए । ती कर्मचारीका अनुसार कित्ताकाँट गरेर ल्याइएको जग्गालाई सदर गर्दा समेत रेग्मी पैसा बिना काम गर्दैनन् । कित्ताकाट नापी कार्यालयले विना शुल्क गर्छ अर्थात कित्ताकाटमा राजस्व लाग्दैन । उनले सुनाए केही दिन अगाडि प्रकाशपुरका एक सेवाग्राहीले कित्ताकाट गरेर ल्याएको जग्गामा उनले २५ हजार नभई सदर नगर्ने दलालमार्फत कुरा अगाडि बढाए ।


घरी उक्त जग्गामा बाटो कायम गरेर लिएर आउनु भन्ने, घरी बराह नगरपालिकाले बाटो नभएको जग्गा भनेर सिफारिस दिएको नै गलत भएको भन्दै सुनाउने, दुःख दिने काम गरे । पछि जग्गा धनीले जग्गामा बाटो भए १० लाख घुस दिन्छु भन्दै सार्वजनिक स्थलमै पड्किएपछि, लेखापढी व्यवसायीले समेत प्रतिकार गरेपछि निजले अब आइन्दा त्यसो नगर्ने भन्दै गल्ति स्वीकारेका थिए ।
जिल्ला मालपोत कार्यालय सुनसरीका अर्का एक कर्मचारीले भने काला बन्जारका एक राई थरका व्यक्तिले आफ्नो जग्गा बेच्दा निज शशी रेग्मीलाई ३० हजार घुस खुवाएका थिए । काला बन्जारका
राई थरका ती व्यक्तिसँग सम्पर्क राख्दा उनले भने त्यो शशी रेग्मी भन्ने मान्छे साह«ै घुस्याहा रहेछ । मलाई गुड फर्निसिङ्ग चेक ल्याउनु भएको रहेनछ ३० हजार दिनुस् म मिलाई दिन्छु भन्यो । पैसा दिएपछि गुड फर्निसिङ्ग चेक नै चाहिँएन । मलाई बाहिर बस्नुस म आइहाले भनेर बाहिर निस्किए । मैले हातमा पैसा राखिदिएँ त्यसपछि फटाफट काम भयो । यसै सम्बन्धमा रजिष्ट्रेशन फाँट ‘क’ का खरदार रेग्मीसँग सम्पर्क राख्दा उनले भने कतिपय जग्गा खरिद विक्रीका क्रममा बाटो देखिन्छ । तर गाउँपालिका वा नगरपालिकाहरुको सिफारिसमा बाटो नभएको भन्ने उल्लेख हुन्छ । स्थानीय निकायहरुले बाटो भएको जग्गालाई पनि बाटो नभएको भनेर सिफारिस गर्छन् भन्ने हामीलाई शंका लाग्छ । अनि नापीले कित्ताकाट गरेको जग्गालाई सदर गर्दा पैसा किन मागेको त ? भन्ने सवालमा उनी अन्कनाए । कालाबन्जारको राई थरको जग्गाको थैली ३० लाख थियो । १० लाख भन्दा माथिको थैलीको लागि गुड फर्निसिङ चेक अनिवार्य हुन्छ तर कतिपय बाहिरबाट आएका हुन्छन्, काम त गरिदिनै प¥यो उनले भने । आर्थिक मामला मन्त्रालले १० लाख भन्दा बढीको जग्गाको थैली भएको अवस्थामा गुड फर्निसिङ चेक अनिवार्य गरे पनि रेग्मीले आर्थिक लेनदेनमै त्यसलाई धोती लगाइदिने गरेका छन् ।
रजिष्ट्रेशन फाँट ‘ग’ मा रहेका नायव सुब्बा शम्भु र खरदार तुलसी पौड्यालको दिनचर्या पनि रेग्मीको भन्दा फरक छैन । सम्पूर्ण प्रक्रिया पु¥याएर गएका फाइलहरु पनि यो भएन त्यो भएन भनेर फर्काउने, दुःख दिने गर्दा सेवाग्राहीले साह«ै दुःख पाएका छन् उनीहरु आधा, एकघण्टामा फुत्तफुत्त बाहिर निस्केर, १५, २० मिनेट हराउने गर्छन् । अर्का एक कर्मचारील भने त्यो समय सेवाग्राहीसँग लेनदेनको बार्गेनिङ्ग हो । यसै सम्बन्धमा जिल्ला मालपोत कार्यालयका प्रमुख खडकुमार पोखे्रलसँग सम्पर्क राख्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया