राज्यको ढुकुटीबाट दानापानी खाने तर राज्यका सम्बन्धमा एउटा सिन्को सम्म नभाच्ने राष्ट्रपति रामवरण यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल यतिबेला विना मौसम बासुरी बजाउदै नेपालको छिमेकी मुलुक चिनतिर हल्लिरहेका छन् ।
मुलुक अत्यन्तै जर्जर र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । तर राज्यको ढुकुटीमा तर मारेर चीनको अनावश्यक भ्रमणमा यादव र दाहाल रमाइरहेका छन् । नेपालमा अहिले जुन वेथिति, अराजकता, गुण्डागर्दी, विदेशी हस्तक्षेप छ यस्तो अवस्था नेपालको इतिहासमा कहिल्यै देखिएको थिएन । आफूलाई अविभावक भन्ने तर अभिभावकको दायित्व बिर्सिएर आचरणविपरीतका गतिविधि गर्दै हिाडेपछि घर भााडिनु स्वभाविक हो ।
६ बर्षसम्म जाबो एउटा संविधान बनाउने हैसियत नभएका दलका नेताहरु राज्यकोष लुट्ने मामलामा भने तुरुन्तै सहमति गर्छन् । दाहाल ११ गते झण्डै साताव्यापी भ्रमणमा चीन गएका छन् भने
राष्ट्रपति यादव समेत उतै हानिएका छन् । प्रत्येक क्षण महत्वपूर्ण
रहेको अवस्थामा यी दुईले गर्ने भ्रमणले नेपाली जनतालाई आक्रोसित बनाएको छ । राष्टपति यादवले चीन भ्रमण गर्ने लामो समयदेखि प्रयास गरेका थिए । काठमाण्डौस्थित रहेको चिनियाा दुतावासमा आफ्ना विश्वासपात्र भिडाएर चीन भ्रमणको चााजोपाचो मिलाइदिन आग्रह गरेका थिए । परराष्ट्र मन्त्रालयमार्फत यही अनुनय विनय गरेका थिए । तर चिनियाा पक्षले राष्ट्रपतिको भ्रमणलाई महत्व दिएन । निवेदन गरी भ्रमणको आग्रह गर्नु चिनियााका लागि मात्र हैन नेपालीहरुका लागि पनि लज्जास्पद हो । चीन भ्रमणको निम्तो नै दिन नचाहेको चीनलाई राष्ट्रपति यादवका हुक्के, ढोके, वैठकेहरुले राजकिया भ्रमण बनाइदिन समेत आग्रह गरेका थिए ।
जसोतसो उनलाई वो आयो फोरम एसियाको बार्षिक कार्यक्रममा सहभागी हुन सम्मको निम्ता दियो । उक्त दाहालको चीन भ्रमण चिनियाा कम्युनिस्ट पार्टीको आमन्त्रणमा हुन लागेको भनिए तापनि त्यसको पुष्टि भएको छैन । उनले आफ्नो धर्मपत्नी, महासचिव कृष्णबहादुर महरा समेत सागै जाने भएका छन् । चीनको युआन प्रान्तस्थित दाहाल कुम्मिङमात्र जाने छन् । कम्युनिष्ट पार्टीकै निमन्त्रणमा भएको भए पनि उनी बेइजिङ्ग लगायतका स्थानमा पुग्ने थिए । सत्तासीन पार्टीको निमन्त्रणा कुनै एउटा प्रान्तमा मात्र सीमित हुन सक्दैन । आखिरी चीनले मात्र हैन संसारका कुनै पनि देशले राष्ट्रपति, प्रधानमन्त्री र दलका कुनै पनि नेतालाई महत्व दिनै छाडेको छ । आखिरी किन ? यसमा सहज ढंगले जो कोहीले पनि अनुमान गर्न सक्छन् ६ बर्ष सम्म पनि एउटा जाबो संविधान दिन नसक्ने हैसियत भएरै हो । पहिलो संविधानसभाको कार्यकाल दुई बर्ष थियो तर त्यसलाई लम्ब्याएर चार बर्ष पुर्याइयो । अन्तरिम संविधान केही समयमा लागि भएपनि त्यसलाई १२ औं पटकसम्म संसोधन गरियो । यहीाबाट विश्व जगतले राष्ट्रपति र यहााका दलका नेताहरुको हैसियत मापन गरेका थिए , पहिलो संविधानसभाको दुई बर्ष पश्चात राष्ट्रपति यादवले आफ्नो पदबाट
राजनीनामा गर्नुपथ्र्यो । अझ संविधानसभा विघटन भइसकेपछि उनले स्वत: राजनीतामा दिएर हिड्नुपथ्र्यो , नयाा जनादेश अनुसार नयाा
राष्ट्रपतिको चुनाव हुनुपथ्र्यो । जनादेश नयाा लिने तर पुरानै पद ओगटेर बस्ने राष्ट्रपति यादवमा पद लोलिुपता देखियो । उता संविधानसभाको माग गर्ने माओवादीहरु सविधानसभाबाट भाग्दै छन् । संविधान लेखनका हरेक निर्णय आफूहरुको सहमतिमा हुनुपर्छ भन्ने उनीहरुको तर्क जनमत विपरीत छ । त्यसो भए संविधानसभाको निर्वाचन किन गरेको ? निर्वाचनमा कसैको बहुमत हुन्छ । अनि बहुमतको निर्णय मान्दिना भन्नुु राजनैतिक दादागिरी मात्र हो । त्यसैले माओवादी जनताबाट मात्र हैन विश्व जगतबाटै एक्लिदै छन् ।
