आÏनी श्रीमति नभएको मौका छोपेर अर्कै महिलासँग यौन सम्पर्क राख्न खोज्न एक पुरुषले ठूलो मूल्य चुकाउनु परेको छ । सुरुवाल खोलेर गुप्तांग देखाउँदै महिलासँग यौन प्रस्ताव राख्ने ती पुरुषको लिंग महिलाले चपाइदिएकी छिन् ।
युरोपेली देश मोल्दोभाको राजधानी चिसिनाउमा यो अनौठो घटना घटेको हो ।
समाचार अनुसार राजधानीको एक पार्कमा पिकनिक खाएर घर फकिर्ने बेलामा एक महिलासँग सहवासको प्रस्ताव राख्दै ५३ वर्षका Ïलोरिन ओनिटाले आÏनो गुप्तांग देखाएछन् । त्यसको जवाफमा ती महिलाले उनको लिंग मुखभित्र हालेर जोडसँग टोकिदिइन् । जसबाट उनको लिंग गम्भीर रुपमा घाइते भएको र रगत बग्न थाल्यो ।
आÏनी श्रीमति मारिया केही साथीहरुलाई कारमा चढाएर घरसम्म पुर्याइदिन गएको मौका छोपी Ïलोरिनले सँगै रहेकी अर्की महिला सामु यौन प्रस्ताव
राखेका रहेछन् । पछि श्रीमति आउँदा त उनको हालत निकै दर्दनाक थियो । सुरुवाल तल झरेको र नांगै रहेको अवस्थामा उनी रगत बगिरहेको यौनांग हेर्दै अर्धमूछिैत बनेर चिच्याइरहेका थिए, ‘एम्बुलेन्स बोलाउ, यो चुँडिएर झर्नै लाग्यो ।’
तर श्रीमतिले बोलाएको एम्बुलेन्स त्यहाँ आइ नपुग्दै पुलिसको गाडी आएर घाइते Ïलोरिनलाई लगिसकेको थियो । प्रहरीले नै उनलाई अस्पतालमा लगेर उपचार गरिरहेको छ । अस्पतालबाट डिस्चार्ज भएसँगै ती पुरुषमाथि महिलालाई यौनहिंसा गरेको अभियोगमा मद्धा चलाइनेछ । अभियोग प्रमाणित भएमा उनलाई ५ वर्षको सजाय हुनेछ ।
प्रहरीका अनुसार ती पुरुषको यौनांग टोकिदिने महिला २४ वर्षकी छिन् । तर उनको नाम भने खुलाइएको छैन ।
