भालुको कन्पट
एकपटक भालुको कन्पट अँठ्याएसी छोड्दा पनि मरिएला भन्ने त्रास नछोड्दा पनि मरिएला भन्ने त्रास । यतिबेला पर्धानमन्तरी माने वाल्वाटारे मुखिया बाले मन्तरीहरु थप्न सक्या छैनन् । मुखिया बा कहिले प्रचण्डाउलाई मन्त्रीको नाम देउ भन्छन्, कहिले माकुनेलाई भन्छन, कहिले उपिन्दर जादवलाई भन्छन् विचरा नाम माग माग्दा हत्तु हैरान भैसके तर उनेहरु नाम दिन नसकेर सुरुवालको इँजार अँठ्याएर कुले ठोक्दै आएका छन् । तिन्लाई पनि साह«ै अप्ठेरो छ । तिनका पछि लागेका सबै मन्त्री खान आँ गरेर बस्या छन् । भोलि मन्तरी नभए तिन्लाई जुम्राले छोडेर हिडेझै हिँड्छन् । बरु मन्तरी कस्लाई बनाउने भनेर कसैको नामै सिफारिस नगर्दियो लन्ठै साफ । आफ्नै पार्टी मन्तरीका कारण चिलिम होला भन्ने त्रासले मन्त्री मण्डल विस्तार हुन नसकेको कसलाई पो थाहा छैन र ? एक पटक हिडिसकेकालाई फेरि फेरि हिँड्न के को लाज ?
चाडै पास गरौं रे

भोजपुरमा केही जोर नचल्ने देखेसी सुनसरीका काँग्रेसहरुको भाग खोस्न झोली तुम्बा बोकेर आएका ज्ञावका हिजो आज एमसिसी भन्ने खेवियाबाट ग्रस्त भएका छन् । तिनले हिजो आज २४ सै घण्टा एमसिसीकै सपना देख्न थाल्या छन् । उठ्दा, सुत्दा, खाँदा, बस्दा हिड्दा एकोहोरो एमसिसीकै मन्त्र जपिरहन्छन् । अस्तिका दिन त तिनले सर्वाङ नांगो भए र एमसिस्ीबाट जति धेरै पैसा अहिलेसम्म पाएका थिएनौं, चाँडो भन्दा चाडो पास गर्नुपर्छ भनेर राँडे रुवाई नै मच्चाएछन् । पहिला पनि मन्तरी भएर अक्टोपसले झै सोहोरेका ज्ञाबका एमसिसीबाट ग्वाम्म आउने पैसा
हरिएला कि भनेर बडो चिन्तित हुन थाल्या छन् । एमसिसीको माल तिनका भागमा कति प¥या छ कुन्नि ?
गाड कोराकोर
यतिबेला मुखमन्तरीका लागि प्रदेश नं. १ मा सत्ता इतर पक्षे बीचमा गाँड कोराकोर शुरु भएको छ । झालेमालेका १० जना सांसदले मााकुनेको मलद्वारलाई हरिद्वारा देखेर लुत्त हिडेपछि न्वारान देखिको बल लगाएर मुखमन्तरी बन्या नाममात्रका भीम आचार्यको दिन गन्ति शुरु भएको छ । केन्द्रको गठबन्धनले पर्देशमा साह«ै काम गार्ला जस्तो छैन । सबैलाई मुखमन्तरी नै चाहिया छ । हुँदा हुँदा १० सिटे माकुनेका झम्पाटहरु पनि मुख मन्तरीमै दाबी गरिरा’छन । १५ सिट प्रचण्डाउका छाउराहरु पनि बुरुक बुरुक मुखमन्तरी चाहियो कि चाहियो भनेर बुरुकबुरुक गरीरा’छन् । २१ सिटे लाँग्रेसले दाबा नगर्ने त कुरै भएन । अरु झिनामसिना तीन सिटे, एक सेटहरु अर्के मुखमन्तरी बन्ला र मन्तरी पड्काउला भनेर ¥याल चुहाएर बस्या छन् । जेहोस् सत्ता इतरका दलहरुको गाँड कोराकोरले पर्देश १ का आम सर्वसाधारणलाई मनोरञ्जन पर्दान गरिरा’छ ।
दुई सिटमात्र जित्छ रे
कहिलेकाँही पत्रकार कनकमणि दिक्षित पनि ठिँस हुन्छन् कि क्या हो ? हैन हौ ती बुझेर बोल्छन् कि नबुभी बोल्छन् ? थुतुनोमा जे आयो त्यही त प्वाक्क बोलेर अर्काको इज्जतमा धावा त बोल्नु भएन नि † अब हेरम न ती कनकमणिले अस्तिका दिन सामाजिक सञ्जालमा कोरेछन् आउने चुनाउमा माउवादी पार्टीले दुई सिट भन्दा बढी जित्दैन रे । त्यत्रो गौरवशाली पार्टीका बारेमा त्यसरी बोल्दिनु त भएन नि † लोकलाजको पनि यसो ख्याल गर्दिनुपर्छ । माउवादीका अध्येक्षे प्रचण्डाउले आफ्नो दल आउने निर्वातनमा आफ्नो सबैभन्दा ठूलो हुने घोषणा गरेको विचरा दिक्षितलाई पत्तो भएन छ क्यारे † पत्तो भएको भए त यसरी दुई सिटमा खुम्च्याउने पक्कै थिएनन् । खैर को ठीक को बेठिक भन्ने कुरा त चुनाउन आएपछि नै थाहा होला ?
कुकुरलाई घ्यू….
लांग्रेसका एक जना नेताले अस्तिका दिन नेपाली जनतालाई कुकुरसँग दाँजिदिएछन् । क्या वात † अर्थमन्तरी समेत भैसक्या रामशरन महतले भनेछन् कुकुरलाई घ्यू नपचे जस्तै नेपाली जन्तालाई पनि एमसिसी पच्दैन रे । हो नि महतले ठीक भनेछन् । घ्यू त नेताहरुलाई, दलालहरुलाई, भ्रष्टहरुलाई मात्र पच्छ । नेपाली जन्ताको घ्यू पचाउने ल्याकत कहाँ छ र ? घ्यू पचाउन त हट्टाकट्टा, बलियो, बाँगो, चिल्ला, कारमा हिँडने हुनुपर्छ । पहिला पहिला चप्पल लगाउँदा नेताहरुलाई नि घ्यू पच्दैनथ्यो । अब अहिले सुटेडबुटेट भए जनताचाहिँ खिएर बेकामे भा’छन् । अनि त्यस्तो ल्याँग्रे शरीरले घ्यू पचाउन सक्ने कुरा पनि भएन । त्यसैले होला जन्ताले हामी एमसिसी पचाउन सक्दैनौं भनेर विरोध ग¥या होलान् ?
जादवको विचल्ली हुने भयो
यतिबेला उपिन्दर जादव चिन्तामा डुब्या छन् । किन डबुन त ? भर्खर सत्तामा जान पर्धानमन्तरीलाई उकासेर दल भिाजन ग¥या थे । अब त जे जति छन् सबै मेरै गुलाम सरह छन् भनेर ढुक्क भा’थे । तर दल विभाजन सम्बन्धी अध्यादेश निस्कृय नहुँदा विचारलाई आच्छु आच्छु प¥या छ । सरकारमा पठाउन सिफारिस गरम त असन्तुष्टहरुले अर्को दल खोल्लान् भन्ने चिन्ताले विचरा भित्रभित्रै पिरोलिएका छन् । पहिला त जादवले बडो फुटानी लगाका थे । भदौ भित्रमा मन्त्री कस्लाई बनाउने भनेर नाम सिफारिस गर्ने । तर अहिले भित्रभित्रै चाउरिँदै गा’छन् । बाउरामको जोई मन्त्री नभए बाउराम परक्क बटारिने स्पष्ट भइसक्या छ । क्या फसाद
माकुनेको पार्टीको चुनाव चिन्ह
आफ्नै जातभाईहरुबीच लाल गद्धारको उपाधि पाएका माकुनेको चुनाव चिन्ह हो होला ? घण्टाघरले वाइनाकुलर सोझ्याएर चौरैतिर हे¥यो तर केही पत्तो लागेन । गनतन्त्रमा चुनाव चिन्ह विनाको दल नि हुँदो रै’छ । हुन त पद र चरम सुख जस्ले दिन्छ त्यही क्रिडा गर्ने बानी माकुनेको पुरानै हो । त्यसलै त हिजो आज एउटा उखानै बन्या छ माकुनेको पार्टी कार्यालय तीनकुने, चुनावचिन्ह चार कुने, कार्यकर्ता पाँच कुने अध्यक्षचाहिँ माकुने । जे होस् यो कुनै शब्दले माकुनेलाई आजीवन सताउने भयो ।
अन्तेमा
दशैँ तिहरलाई लक्षित गरेर सरकारले झारा टार्ने सहुलियत पसल सञ्चालनमा ल्याएछ । सहुलियतको नाममा फेरि भातमाराहरुले लुट्ने भए । सहुलियत पसल भन्दिया छ, मूल्य भने बजार भन्दा उँचो । न खोजेको सामान पाइन्छ, न सस्तो भेटिन्छ । हैन हौ यस्ता गज्जबका आइडियाचाहिँ सरकारलाई कस्ले दिन्छ हँ ? ठग उपास बस्दैन भन्थे हो रै’छ । सस्तो पसल भनेर फलाक्द्या छ तर सस्तो कुनै कुरो भए पो ? कि कसो हौ ?
