संखुवासभा÷सखुवासभा जिल्लाको उत्तरपूर्वी गाउँकाा शान्त खोलाका स्थानीयहरुमा सोमबार विहान एकाएक त्रासदी फैलियो । मादी नगरपालिका वडा नं. १ शान्त खोलाका तेजबहादुर कार्कीको घरतिर सबै दौडिन थाले । सबैमा भय र त्रास थियो । तर सबै निःशब्द दौडिरहेका थिए । उनीहरु सबैको एउटै प्रश्न थियो यस्तो अपराध काम कसले ग¥यो ।
तेजबहादुर कार्कीका परिवारमा ६ जनाको शव यत्रतत्र छरिएका थिए । कसैको शव घरभित्रै थियो, कसैका आँगनमा, कसैको करेसा बारीमा त कसैको खोला किनारमा । सोमबार विहान १० बजे स्थानीय बासिन्दाहरु तेजबहादुर कार्कीको घर भेला भइसकेका थिए । सबैको आँखा रसाएका थिए, एक प्रकारको त्राससँगै उनीहरुमा आक्रोस थियो ।

मादी नगरपालिका वडा न. १ का वडाध्यक्ष सोमनाथ कटुवालाई तेजबहादुका छिमेकी लक्ष्मीभक्त कार्कीले विभन्त्स घट्नाका बारेमा खबर गरेपछि उनी दौडिएर घट्ना स्थल पुगेका थिए । कटुवालले भने घट्नास्थल पुग्दा मेरा नँौनारी गलेर आयो, थर्थरी काँपे र थुचुक्कै बसे । लगत्तै मैले चुनपुर प्रहरीलाई खबर गरे । प्रहरी आउन झण्डै दुई घण्टा लाग्यो । त्यतिन्जेलसम्म अर्थात विहानको १० बजेसम्ममा घट्नस्थलमा गाउँलेहरुको ठूलो भीड जम्मा भइसकेको थियो ।
घट्नास्थलमा परिवारका जेष्ठ सदस्य ९३ बर्षीय बौद्धमान कार्कीको ८२ बर्षिय श्रीमति पार्वती, छोरा तेजबहादुर, बुहारी कमला, रञ्जना, नति विपनर नातिनी गामका हत्या भएको थियो । ९३ बर्षीय तेजबहदाुर आँखा नदेख्ने, कान नसन्ने र राम्ररी हिडडुल गर्न नसक्ने भएकोले घरबाहिरको मतानमा एक्लै बसिरहेका थिए । उनलार्य घट्नाको बारेमा कुनै जनकारी थिएन । गाउँलेहरुले घट्नाको विवरण सुनाएपछि उनी मुर्छा परेका थिए । थानीय शिक्षक गोविन्द झोझाले भने घट्ना आइतबार रातिभएको हो वा सोमबार राति भएको हाथा भएन । पहाडका घरहरु एकै ठाउँमा नहुने, छुट्टाछुट्टै भएकोले पनि तत्काल घट्नाका बारेमा कसैलाई थाहा भएन । तेजबहादुर कार्कीको घर पनि अलि पर छुट्टै थियो । शिक्षक कटुवालले फोन सम्पर्कमा भने घरमा पालिएका दुई माउ भैसी गोठमै थिए । बाख्रापाठा खोलिएको अवस्थामा थियो भने कुकुराहरु समेत खोलिएकै अवस्थामा थियो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार घट्नाको जानकारी पाउन साथ संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी, चयनपुर इलाका प्रहरी कार्यालयका
प्रहरी घट्ना स्थलमा पुगेका थिए । धारिलो हतियारले हत्या गरिएको अवस्थामा शवहरु यत्रतत्र छरिएका थिए । डिएसपी लालध्वज सुवेदीका अनुसार हत्याराहरुले घरका परिवारलाई लखेटी लखेटी
धारिलो हतियारले प्रहार गरेको देखिन्छ । तेजबहादुरको शव घरदेखि केही पर सडकमा फेला परेको थियो उनकी बुहारी , श्रीमतिको शव खोला किनारामा फेला परेको थियो । हत्याराहरु जोगिन उनीहरु भाग्दै गर्दा त्यहाँ पुगेको अनुमान प्रहरीले गरेको छ ।
सोमबार यत्रतत्र छरिएका शवहरु जम्मा गर्ने, मुचुल्का तयार गर्ने काम भएकोले मंगलबारमात्र शवको पोष्मार्टमका लागि पठाइएको थियो । अपराध अनुसन्धानमा सक्रिय संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोलीले हाल अनुसन्धानलाई अगाडि बढाएको छ । तेजबहादुरका दुई जना नातिहरु हाल वैदेशिक रोजगारमा गएका छन् । नरेश कार्की र रमेश कार्की जो वैदेशिक रोजगारमा छन् । उनीहरुलाई आफन्तले खबर गरिसकेका छन् । वडाध्यक्ष सोमनाथ कटुवाल भन्नुहुन्छ, हालसम्म कार्की परिवारको कसैसँग झैझगडा थिएन, अत्यन्तै भद्र परिवार थिए । छोराहरु वैदेशिक रोजगारमा भएकोले पैसाका लागि हत्या गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
