धरान÷सर्दुको पीडाले सधै सताएका सर्वसाारणले अब भने राहतको महसुस गर्ने भएका छन् ।
धरानको महत्वकांक्षी योजना अन्तर्गत सर्दु करिडोर निर्माण हुने भएपछि खोला किनारामा बस्नेहरुका लागि बर्षौदेखिको तनाव हल हुने भएको छ भने धरान पर्यटकीय गन्तव्य स्थलको विकास हुने धरानेहरुले विश्वास गरेका छन् ।

प्रदेश नं. १ कै महत्वकांक्षी योजना अन्तर्गत सर्दु करिडोर निर्माणका लागि प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शनिवार शिलान्यास गर्नुभयो । धरान १७ स्थित धरान चतरा सडक खण्ड नजिकै सर्दु खोलामा आयोजन भएको कार्यक्रममा प्रदेश सरकारअन्तर्गतको जलश्रेत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीले निर्माण गर्न लागेको करिडोरको शिलान्यास भएको हो ।
शिलान्यासपश्चात बोल्दै मुख्यमन्त्री आचार्यले यो करिडोर सर्दु खोला नियन्त्रण गर्ने मात्र हैन आकर्षक करिडोरसँगै पर्यटकीय गन्तव्य स्थलको विकास गर्ने उद्देश्यले करिडोर निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले करिडोरक्षेत्रमा पर्ने घर परिवारलाई व्यवस्थि तगर्दैस्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित ठाउँमा जमिन उपलब्ध गराउने र नयाँ घर निर्माण गर्न प्रदेश सरकारले प्रतिघर ५ लाख रुपैया सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनुुभयो ।
जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चुडाराज ढकालकाले करिडोर निर्माणको लागि कुल १९ किलोमिटर लामो डिपिआर बनेको बताउृनुभयो । त्यसमध्ये धरान चतरा सडक खण्डबाट उत्तरतर्फको ८ किलोमिटर पर्ने उहाले बताउनुभयो । उहाका अनुसार पहिलो चरणमा ५ किलोमिटर करिडोर बनाउन शिलान्यास भएको बताउनुभयो । उहाले यस करिडोर निर्माणपश्चात धरान सुन्दर पर्यटकीयस्थल बन्ने बताउनुभयो निर्माण हुन लावगेको सर्दु करिडोर वडा नं १७, ११, १६ र १३ वडासम्म निर्माण हुने उहाले जनाकारी दिनुभयो ।
यता धरानका राजनीतिक तथा जनप्रतिनिधिहरुले समेत करिडोर निर्माण पश्चात धरानको सर्दु वितण्डा समाप्त हुनेमात्र हैन पर्यटकीय स्थलको रुपमा कोशेढुंगा सावित हुने बताएका छन् ।
करिडोर क्षेत्रमा पर्ने सम्पूर्ण वडाका तर्फबाट प्रतिनिधित्व गर्दैै धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईले खोलाका कारण बर्षौदेखिको समस्या हट्ने बताउनुभयो । उहाले अब भने वरिपरि बसोबास गर्ने सर्वसाधारणको तनाव भन्दा पनि आम्दानीको स्रोत बन्न सक्ने बताउनुभयो । उहाले वडाहरुको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै सम्पूर्ण राजनीतिक पार्टीको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसका नगर समिति श्याम पोख्रेलले धेरै अगाडि आउनुपर्ने योजना ढिलै भएपनि धरानेहरुका लागि शुभसंकेत लिएर आएको बताउनुभयो । २५ करोडको लागतमा शुरु भएको सो करिडोरको ठेक्का सम्झौता समेत भइसकेको् छ । शुरुमा ५ किलोमिटरको दूरीमा काम शुरु हुने भएपनि पछि पुन ः थपिदै लाने जलनायएको छ । बर्षादको समयमा बषैौदेखि तनावमा बसेका सर्वसाधारणका लागि करिडोर निर्माण भएपछि तनाव सधैका लागि सकिने त छँदैछ पर्यटकीय स्थल बनेपछि दह्रो आम्दानीको स्रोत पनि बन्न सक्नेछ ।
