बलात्कार गर्ने प्रयास गरेको भन्दै एक व्यक्तिलाई प्रहरीद्वारा पक्राउ

धरान/ बलात्कार गर्ने प्रयास
गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरी धरान प्रहरीले सार्वजनिक गरेको छ ।
धरान ११ की ७ बर्षीया बालिकालाई चैत्र ७ गते बेलुकी ५ बजे करणी गर्ने प्रयास गरेको भन्दै धरान ११ का बर्ष ४० का बलबहादुर थापालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
थापाले करणी गर्ने उद्देश्यले बालिकालाई १० रुपैया दिई ललाई फकाई गरी छिमेकीको घरमा खेल्न गएको मौका छोपी नाबालिकालाई घर पछाडि साचालयमा लगी जबरजस्ती करणी गर्ने प्रयास गरेको र सोहीको आधारमा चत्रै ८ गते थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदनकुमार सिजापतिले जानकारीदिनुभयो ।
पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनको लागि म्याद थपका लागि इनरुवा लगिएको समेत उहाले जानकारी दिनुभयो ।
डिएसपी सिजापतिले अहिले मुलुकमा बलात्कार तथा बलात्कारका प्रयासका घट्ना अत्यन्तै वृद्धि भइरहेकोले यसलाई नियन्त्रण गर्न धरान प्रहरीले सक्रियताका साथ काम गर्ने समेत जानकारी दिनुभयो ।
करणी गर्ने उद्योग गरेको पुष्टि भएमा निजलाई मुलुकी ऐनको
जबरजस्ती करणी ऐन अन्तर्गत ५ देखि ७ बर्षसम्म कैद हुन सक्ने कानुनी प्रावधान रहेको छ ।
त्र

तपाईको प्रतिक्रिया