जैन सिताम्बर तेरापंथ धर्म सम्प्रदायका परम अराध्य गुरुदेव आचार्य महाश्रमण ज्यूको १०००० किमी अहिंसा पदैल यात्राको क्रममा हाल भारतको सीवान जिल्लाको तनुआमोडमा पुग्दा विशाल जनसमूहद्वारा आर.वि.टि.स्कुलको विशाल प्रागरणमा भव्य स्वागत गरियो ।
यस्तै क्रममा धरानबासीको पनि उल्लेख्नीय सहभागिता रहेको थियो । तेनुआमोडबाट मेरवासम्म ११ किमीको पदयात्रामा समेत धरानबासीले भाग लिएका थिए भने मेरवाबाट तितरासम्म अर्काे चरणको यात्रामा पनि धरानको सहभागिता रहेको थियो । भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको जन्म भूमि हो र प्रथम आचार्य श्री ले डा. राजेन्द्रप्रसाद र जवाहरलाल नेहरुसाग आचार्य तुलसीसागै भेटघाटको संस्मरण सुनाउादा विशाल जनसमूह भावविभोर भएको थियो । ३१ मार्च २०१५ का दिन आचार्य महाश्रमणको नेपाल प्रवेशको कार्यक्रम रहेको छ । यस पावन अवसरमा नेपालभरिका श्रावक समाज तथा गन्यमान्य व्यक्तिहरुको विशेष उपस्थिति रहने हुादा धरानबाट पनि उल्लेख्खनीय सहभागिता हुने निश्चित छ । वीरगञ्जमा अप्रिल २ २०१५का दिन भगवान महावीर जन्मजयन्ति मनाउने कार्यक्रम रहेको छ । महावीर जयन्ति पश्चात ३ अप्रिल २०१५ का दिन अहिंसा यात्रा काठमाण्डौतर्फ लाग्ने छ ।
माणिचन्द सुराना
