धरान÷कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक खण्डको चारकोशेमा सोमबार भएको सडक दुघनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकको अवस्था चिन्ताजनक रहेको छ ।

धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश नं. १ को ००२–००१ ख ८४४५ नम्बरको सेÏटीट्यांकी र नम्बर खुल्न नसकेको धरानबाट विराटनगरतर्पm जाँदै गरेको मोटर साइकल एक आसपमा जुधेका थिए । तत्काल मोटर साइकलमा आगलागी भएको र त्यसमा सवार विराटनगर १४ का १८ बर्षीय सफल राजवंशी र बर्ष २२ का अविनाश राजवंशी जलेका थिए । जलेका दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा सफल राजवंशीको निधन भएको छ भने अर्काको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय इटहरीे जनाएको छ । डिएसपी धर्मराज भण्डारीका अनुसार युवाहरु सवार मोटरसाइकल पूर्ण रुपले क्षति भएको कारण मोटर साइकलको नम्बर पत्ता लागिसकेको छैन । मृतकका आफन्तहरुलाई विराटनगरबाट बोलाइएको र उहाँहरु आएपछि थाहा हुने भण्डारीले बताउनुभयो ।
