पाटीं विभाजन सम्बन्धी अध्यादेश दुर्भाग्यपूर्ण

जनताले पाँच बर्षका लागि प्रतिपक्षमा बस्ने, प्रतिपक्षको भूमिका इमान्दारीतापूर्वक निर्वाह गर्ने वा जिम्मेवार प्रतिपक्ष बन्न नेपाली काँग्रेसलाई म्यान्डेट दिएका थिए तर सत्ता बिना काँग्रेस बाँच्न सक्दैन भन्ने जन आरोपलाई नेपाली काँग्रेसले अरुको वैसाखी भएपनि सत्तारोहरण गरेपछि पुष्टि गरिदिएको छ ।
यसका लागि नेपाली काँग्रेसले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याएर क्षणिक रुपमा मुतको न्यानो अनुभव त गरेको होला तर त्यसले कालान्तरमा पुग्ने क्षतिको आंकलन गरेको पाइएन । विगतमा दल विभाजनको प्रावधान हुँदा नेपालको जनसंख्या भन्दा दलको संख्या बढी भएको झै देखिएको थियो । अब पुन ः सोही अवस्थाको पुनरावृत्ति हुने छनक देखिएको छ ।
केही दिन अर्थात केही महिनाको सत्ता स्वार्थले निम्त्याएको अध्यादेशले ढिलो चाँडो कुनैपनि राजनैतिक दल विभाजन हुनबाट जोगिने देखिदैन । उमेर हद पार गरिसकेका, आध्यमिक सत्कर्ममा लाग्नु पर्ने, एउटा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा माधव नेपाल जस्ता व्यक्तिहरु आफ्नै दलभित्रको व्यक्तिगत टकरावका कारण चोइटिन्छन् भने अन्यले त्यसको सिको किन नगर्ने ? न एमालेभित्र माधव नेपालको अलग वैचारिक धार थियो न त अन्य कुनै कुरा । महाधिवेशन अगावै उनलाई अध्यक्ष चाहिने, प्रधानमन्त्री चाहिने त्यो पनि निर्वाचित अध्यक्षकै समान हैसियतमा । लोकलाई लज्जाबोध हुने उनका त्यस्ता शर्त किमार्थ पूरा हुन कुरै भएन । अन्तत संस्थापनलाई बेतुकको लाञ्छना लगाएर दल दर्ताको प्रक्रियामा उनी हिडे अर्थात सत्ता स्वार्थका लागि उनले आफूलाई इतिहासमै कलंकित बनाए ।
नेपालका हरेक दल अक्सर गेरसत्तामा गएपछि फुट्ने गरेको पाइएको छ । एमालेमा पनि त्यही भएको हो । अब यो रोग विस्तारै अन्य दलमा सर्दै जाने देखिएको छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विभाजन सम्बन्धी जुन अध्यादेश ल्याए त्ययले भोलि नेपाली काँग्रेस समेत सग्लो रहला भनेर भन्न सक्ने अवस्था रहँदैन । सरकार गठनको प्रक्रिया हेर्दा तल्लो स्तरसम्म असन्तुष्टिको विजारोपण भइसकेको छ । जहिल्यै पनि आफ्ना आसेपासे ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड लगायतका लागि अवसर दिने तर अरुलाई पर पर भगाउने क्रियाकलाप किमार्थ पार्टी हित अनकूल मान्न सकिँदैन । आज एमालेको माधव नेपाल समूह विभाजित भयो, जसपाको महन्त ठाकुर समूह विभाजित हुँदैछ, जसपाकै उपेन्द्र समूह सग्लो रहने छाँटकाँट छैन, माओवादी केन्द्रभित्र पनि रडाको शुरु भइसकेको छ ।
दलहरु फुट्ने प्रक्रियाले संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य नै अन्यौलमा पर्ने अवस्था आउन सक्छ । हिजो दलहरु फुट्दा दरवारले फुटायो भनेर यिनै राजनैतिक दलहरु दरबारप्रति धारे हात लगाएर आम नपालीलाई उल्लु बनाउथे । आज कसले फुटाएको हो भन्ने कराको चर्चा सम्म गर्दैनन् । सरसर्ती हेर्दा नेपालका दलहरु सत्ता स्वार्थकै कारण विभाजिन हुँदै आएको अब घामजस्तै छर्लङ्ग भएको छ । अरुमाथि आरोप लगाएर उम्कनुको तुक अब रहँदैन ।

तपाईको प्रतिक्रिया