सम्बन्ध नयाँ उचाईमा पु¥याउन चौथाइवालेको भ्रमण

धरान÷भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले आइतबारदेखि शुरु गर्नुभएको आफ्नो चारदिने नेपाल भ्रमणको प्रमुख उद्देश्य नेपाल भारत बीचको सम्बन्धलाइ नयाँ उचाइमा पु¥याउनु रहेको बताउनु भएको छ ।
भारतले नेपालसँगको सम्बन्धलाई सदैव प्राथकितामा राख्दै छिमेकी पहिलो नीति नै अख्तियार गर्दै आएको छ । पछिल्लो समय दुवै देशका सम्बन्धलाई लिएर राजनैतिक वृत्तमा अनेक खालको टीकाटिप्पणी हुन थालेपछि चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा चारदिने भ्रमणमा नेपाल आउनु भएको हो ।


उहाँले आइतबार गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेट्नु भएको थियो भने सोमबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्कमल दाहाल र प्रस्ताविक लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई भेट्नु भएको थियो । नेपाल भ्रमणमै रहेको समयमा सोमबार विदेश विभाग प्रमुख चौथाइवालेले एक ट्विट गर्दै भन्नुभएको छ मैले अघिल्लो २४ घण्टामा नेपालका प्रमुख राजनैतिक दलका शीर्ष चार नेताहरुसँग भेटवार्ता गरें । उहाँले आफ्नो ट्विटमा पार्टी पार्टीबीचमा लगातार संवाद गर्ने चाहना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया