राजधानी÷ललितपुरको बागडोल स्थित नव निर्मित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोह बीच शनिवार उदघाटन गर्नुभयो ।
भारत सरकारको ५ करोड आर्थिक सहयोगमा नवनिर्मित भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार उद्घाटन गर्नुभएको हो । भारतीय राजदूतावास काठमाण्डौद्वारा जारी विज्ञप्तीमा भनिएको छ, प्रधानमन्त्री देउवाले भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

नव निर्मित भवन जेष्ठ नागरिकहरुका लागि नमूना बृद्धाश्रमका रुपमा रहेको छ । बृद्धबृद्धाहरुको उचित हेरचाहका लागि भवनमा सम्पूर्ण भौतिक पूर्वाधार रहेको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । सबैभन्दा महत्वपूर्ण पक्ष त के रहेको छ भने भवन अपांगमैत्री हुनुका साथै अन्य सुविधाहरुमा स्वास्थ्य परीक्षण सुविधा, भान्छा कोठा, अत्यावश्यक फर्निचरसँगै अन्य उपकरणहरु समेत
रहेका छन् । नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप ११० कोठे उक्त भवन निर्माण भएको हो ।
दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ हामी (नेपाल–भारत) बीचको विकास सहकार्यमा यस्ता परियोजनाहरुको कार्यान्वयनको ठूलो महत्व रहेको छ । यस्ता परियोजनाहरुको कार्यान्वयनले समुदायस्तरमा विकास गर्न सघाउ पु¥याउँछ । सो अवसरमा बोल्दै भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल भारत बीचको सम्बन्ध अतुलनीय रहेको बताउनु भएको
थियो । उहाँले ज्यापु समाजलाई धन्यवाद दिनुका साथै नेपाली समाजमा ज्यापु समाजले पु¥याएको योगदानको उच्च प्रशंशा गर्नुभएको थियो ।
यहाँ स्मरणीय कुरा के छ भने दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपाल अधिराज्यभरि हालसम्म ४५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकको छ ।
