अफगानस्थानमा फसेका दुई नेपाली नागरिकको भारतद्वारा उद्वार

गाजियावाद (एजेन्सी)÷भारतीय विदेश मन्त्रालयको पहलमा अफगानस्थानमा फँसेका १६८ जनालाई उद्वार गरिएको छ । उद्वार गरिएका सबैलाई भारत ल्याएको छ जसमा १०६जना
भारतीय नागरिक, २ जना नेपाली नागरिक र अफगानस्थानमा बसोबास गर्दे आएका हिन्दु शिख रहेका छन् ।
उनीहरुलाई लिएर आएको भारतीय वायु सेनाको विशेष विमान हिँड्न एयरफोर्स वेसमा अवतरण भएको थियो । यसभन्दा अगाडि शनिवार मध्यराति पनि एयर इन्डियाको विमानले ८७ जना भारतीय नागरिकलाई लिएर ताजिकस्तानको आकाश मार्ग हुँदै दिल्ली ल्याएको थियो । अफगानस्थानबाट भारत आएका सबैले अब बाँचिएको भन्दै भारत माताकी जय भन्ने नारा लगाएका थिए । हाल उक्त भिडियो सामािजक सञ्जालमा भाइरल भएको छ ।


अफगानस्थानबाट १६८ जनालाई लिएर उडान भर्नुभन्दा अगाडि वायुसेवाको विमानले केही झन्झट समेत व्यहोर्नु परेको थियो । अफगानिस्थानको काबुल विमान स्थलमा उडान भर्न विभिन्न बाधाहरु रहेका छन् । विमानस्थल भित्र अमेरिकी सुरक्षा बलको नियन्त्रणमा रहेको छ भने बाहिर तालीवानी विद्रोहीहरुले पहरा दिइरहेका छन् । शनिवार काबुल एयरपार्ट पुगेका करिब १५०
भारतीयलाई तालिवान विद्रोहीहरुले अपहरणको शैलीमा आफूहरुसँगै लिएर गएका थिए । पछि उनीहरुले भारतीय नागरिकलाई हामीले अपहरण गरेका होइनौ भन्दै पुनः कावुल एयरपोर्टभित्र छिराएका थिए । हालसम्म भारतले ३९० जना भारतीय नागरिकहरुलाई काबुलबाट आफनो देश ल्याइसकेको छ । यिनीहरुमध्ये केहीलाई दोहा र केहीलाई ताजिस्तिानको आकाश मार्गबाट ल्याइएको हो ।
एजेन्सीहरुले सरकारी हवला दिँदै भनेका छन् अहिलेसम्म थप ४०० भारतीय नागरिकहरु काबुलमा फँसेका छन् । अमेरिकी सेनाको सहयोगमा भारतले फँसेका नागरिकहरुको उद्धार गर्ने कोशिश गरिरहेको छ । आफ्ना फँसेका नागरिकहरुलाई त्यहाँबाट निकाल्न विदेशमन्त्री डा. एस. जयशंकरले आफ्नो विदेश भ्रमणलाई बीचैमा छोडेर दिल्ली आउनु भएको थियो । यतिबेला अफगानस्थानको काबुलको अवस्था हर घण्टामा बदलिरहेको छ । त्यहाँ तालिवान घरी एउटा कुरा गर्छन् घरी अर्को कुरा गर्छन् । अफगानस्थानमा कब्जा जमाएपछि तालिवानले पहिला भनेका थिए हामी विदेशी नागरिकलाई उनीहरुको देश फिर्तिमा कुनै बाधा अड्चन गर्दैनांै । तर उनीहरु विदेशी नागरिकको फिर्तामा बाधा अड्चन गरिरहेका छन् । अत्याधुनिक हतियार लिएर बीचबीचमा फायरिङ गर्दै हिँड्छन् जसका कारण काबुल एयरपोर्ट बाहिर भागदौड र त्रास मच्चिने गरेको छ ।

तपाईको प्रतिक्रिया