पूर्वाञ्चलको ब्राण्ड गोरखा डिपार्टमेन्ट स्टोरमा दशै लक्षित हजारौ प्रकारका सामान आयात

इटहरी÷नेपालीहरुको महान चाँड दशै निकट आएसँगै आवश्यक किनमेलको जोहोमा सर्वसधारण लागिसकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको सन्त्रासका बाबजुद यस पटकको दशै मनाउने सुरसारमा सर्वसाधारण जोरजाममा जुटेका हुन् ।
विगत २३ बर्षदेखि पूर्वाञ्चलका मात्र नभएर छिमेकी मुलुक भारतका ग्राहकहरुका लागि समेत ब्राण्ड बनेको गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको रुची र मागलाई ध्यानमा राखी दशै लक्षित हजारौ प्रकारका स्वदेशी तथा विदेशी ब्राण्डका समानहरु यतिबेला धमाधम आयात गसिररहेको छ ।
गोरखा डिर्पामेन्ट स्टोरमा सोमबार भेटिएका तेह्रथुम म्यालुङका रविन मास्केले भने म यहाँको निमित ग्राहक हुँ । काम विशेषले धरान विराटनगर आउँदा यहाँ नआई चित्तै बुझ्दैन । आफूलाई चाहिएका हरेक प्रकारका समान सुपथ मूल्यमा एकै थलोमा पाइने चारतिर दौडधुपमा गर्नुपर्ने झन्झट नभएपछि अन्त किन जाने ? उनले प्रश्न गरे । उनले भने अब त गोरखा डिपार्टमेन्ट स्टोर आफ्नै जस्तो लाग्न थालिसकेको छ । भारतको पश्चिम सिक्किमबाट परिवारका साथ गोरखा डिपार्टमेन्ट स्टोरमा सोमबारै भेटिएकी सिमला भुटिया इलेक्ट्रानिक्स, ब्राण्डेड जुत्ता चप्पल र गिÏट आइटम खरिदमा व्यस्त थिइन । उनले भनिन् केही दिन अगडि स–परिवार आफन्त भेट्न काठमाण्डौ गएका थियौं, फर्कदा सपिङ गर्न गोरखा डिपार्टमेन्ट आइपुगें । अन्यत्र पनि छ्याप–छप्ती डिपार्टमेन्ट स्टोरहरु खुलेका छन, गोरखा डिपार्टमेन्ट स्टारेमै किन सपिङ्ग गर्न आउनु भयो त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो गोरखा डिपार्टमेन्ट स्टोरको चर्चा सिक्किममा धेरै छ । म पहिलो पटक आएकी हुँ । जस्तो सुनेको थिएँ मैलै त्यस्तै पाएँ अत्यन्तै खुशी लागेको छ । ताप्लेजुङ्ग फुङलिङ नगरपालिका वडा नं ४ बाट धरानमा आफन्त भेटेर फर्कदै गर्नुभएका वीरध्वज लिम्बु पनि सोमबार गोरखा डिपार्ट स्टोरमा समान खरिदमा व्यस्त हुनुहुन्थ्यो । उहाँले भन्नुभयो दुई तीन महिनामा एक पटक धरान आउँछु । आएपिच्छे गोरखा डिपार्टमेन्ट स्टोरमा किनमेल गर्छु, लिम्बुले सुनाउनुभयो ।
राजधानी बाहिर पूर्वाञ्चलमा खुलेको पहिलो डिपार्टमेन्ट स्टोर गोरखामा नेपालका विभिन्न स्थानका मात्र नभएर भारतको विहार, पश्चिम बंगालको सिलगुढी, दार्जिलिङ, कालिम्पोङ, सिक्किम, असामको डिम्मापुरसम्मका ग्राहकहरु आउने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो । उहाँले सुनाउनुभयो सामानको गुणस्तर र मूल्यमा आजसम्म स्टोरमा आउनु भएका कुनै पनि ग्राहकले गुनासो गर्नुभएको छैन । शायद त्यसले होला स्थानीयदेखि देशका विभिन्न भागहरु हुँदै भारतका ग्राहकरुको रोजाईमा गोरखा डिपार्टमेन्ट स्टोर पर्ने गरेको हो ।

दशै लक्षित हजारौ सामानहरु

गोरखा डिपार्टमेन्ट स्टोरले पछिल्लो पटक सिंगापुर, हङकङ, मलेसिया लगायतका देशहरुबाट हजारौ प्रकारका दशै लक्षित सामानहरु आयात गरेको छ ।
यस भन्दा अगाडि स्टोरमा झण्डै ६ लाख ५० हजार प्रकारका समानहरु रहेका छन् । पछिल्लो पटक आयात गरिएका समानहरुमा किचन वायरका झण्डै १ सय भन्दा बढी प्रकारका समानहरु
रहेको म्यानेजर गौतमले बताउनुभयो । उहाँका अनुसार हाल आयात गरिएका समानहरु बजारमा अन्यत्र कहीँकतै पाइँदैन ।


उहाँले भन्नुभयो पोर्टेवल लाइट (रिजार्जवेल लाइट), हेम्मरहरु, स्क्रुप ड्राइभ, टर्चलाइनहरु विभिन्न भेराइटीका, वेटस्केल धेरै भेराइटीका, ब्लुतुथ स्पिकरहरु, नुडल मेकर, स्टाच्युहरु (भगवानका मूर्तिहरु), फाउन्टेन (पहाडबाट झरेको झर्ना जस्तो), कृष्टल सोपिसहरु, भेन्टिङका आइटमहरु, आकर्षक फोटा एल्बम, विभिन्न डिजाइनका कर्नल¥याकहरु, फुटबल, भलिबल, योगावल, स्पोर्टका बलहरु, स्वीमिङ पुलका दर्जनौ प्रकारका सामान, पावर ट्री (ठूला ठूला आकर्षक रुखहरु), ट्रेकिङ स्ट्रिक (बुढाबुढीको लागि टेक्ने लौरो), बच्चाहरुका झुलाहरु, घर पलुवा कुकुरका अनेकौ सामान, व्याडमिन्टनका ककहरु, आइरन बोर्ड, बेबी चियरहरु, फ्लावर भेष्ट (फ्लावर स्टेन्ड), खेलौनाहरु आदि रहेका छन् ।

गोरखा बेकरीको उच्च माग

धरान÷विगत १८ बर्षदेखि ग्राहकको मनमस्तिष्कमा सकारात्मक छाप छोड्न सफल गोरखा डिपार्टमेन्ट स्टोरको स्वादिष्ट बेकरी उत्पादन यतिबेला पूर्वाञ्चलमै लोकपिय बन्दै गएको छ ।
प्रारम्भमा आफनो डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकहरुलाई लक्षित गरी शुद्ध घ्यु, दूधबाट उत्पादन थालेको बेकरी उद्योगले इटहरी, विराटचौक र दमकस्थित रहेको शाखाहरु बाहेक खुल्ला बजारमा समेत माग बढ्दै गएपछि गोरखाले उत्पादन गरेकोे वेकरी बााहिर पनि बिक्री गर्न शुरु गरेको हो ।

धरान÷विगत १८ बर्षदेखि ग्राहकको मनमस्तिष्कमा सकारात्मक छाप छोड्न सफल गोरखा डिपार्टमेन्ट स्टोरको स्वादिष्ट बेकरी उत्पादन यतिबेला पूर्वाञ्चलमै लोकपिय बन्दै गएको छ ।
प्रारम्भमा आफनो डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकहरुलाई लक्षित गरी शुद्ध घ्यु, दूधबाट उत्पादन थालेको बेकरी उद्योगले इटहरी, विराटचौक र दमकस्थित रहेको शाखाहरु बाहेक खुल्ला बजारमा समेत माग बढ्दै गएपछि गोरखाले उत्पादन गरेकोे वेकरी बााहिर पनि बिक्री गर्न शुरु गरेको हो ।
इटहरी ४ हलगडास्थित
गोरखा बेकरी उद्योगका सहायक म्यानजर प्रेम केसीका अनुसार गोरखाका बेकरीको यतिबेला पूर्वमा उच्च माग रहेको छ । ग्राहकहरुको माग बमोजिम उत्पादन पु¥याउन नै हामीलाई धौ धौ परेको छ । हरेक दिन उद्योग परिषरमै साइकल, मोटरसाइकल, साना सवारी साधनहरु लिएर व्यवसायीहरु विहानैदेखि आइपुग्छन । दर्जनौ प्रकारका स्वादिष्ट बेकरीका आइटम लिएर उहाँहरु धरान, हाँसपोसा, इटहरी, इनरुवा, खनार, दुहवी, विराटनगर, बेलबारी, गछिया, मंगलबारे, उर्लाबारी, दमकसम्म पुग्ने गर्छन् । गोरखाका उत्पादन विक्री वितरण गरी जीविकोपार्जन गर्नेहरु यतिबला दर्जनभन्दा बढी रहेका छन् । डिपार्टमेन्ट स्टोरका अनुसार हाल गोरखा बेकरी उद्योगबाट मिल्क ब्रेड, मिनि मिल्क व्रेड, वन वे्रड, डुनट, सप्ट रोल आदि बे्रडतर्फका उत्पादन हुन भने विस्कुटका आइटममा क्रिमरोल, वर्फि पप, तिल पप, राउन्ड स्विट, नास्ता नमकिन विस्कुट, वटर विस्कुट, बदाम विस्कुट, ओरेन्ज कोकोनट विस्कुट, गोरखा कोकोनट विस्कुट, चकलेटी विस्कुट, नमकिन विस्कुट, स्विट पिनट, सुजि विस्कुट, क्रिम कोकोनट विस्कुट, खजुरी विस्कुट काजु विस्कुट तिल विस्कुट, वर्फी विस्कुट रहेका छन् ।
यसैगरी कुकिज आइटमम आरेन्ज कुकिज, वटर कुकिज, हनि कुकिज, नमकिन कुकिज, काजु कुकिज र वटर कुकिज रहेका छन । टोस्टमा इलाइची टोस्ट, सुजि टोस्ट, केक आइटममा भेनेला Ïलेवर, चकलेट Ïलेबर, ओरेन्ज Ïलेवर, किवी Ïलेर, लेमनी एलो, स्टेबरी, ब्लाक फरेस्ट, पाइनापल, म्याङ्गो, ब्लु बेरी, ह्वाइट फरेस्ट र मोडल केक उत्पादन भइरहेका छन् । स्टोरका अनुसार चोको डेनिस, क्रिम विस्कुटको बजारमा अत्याधिक माग रहको छ । अरु उत्पादित आइटमको माग छैन भन्ने हैन, बजारमा सबै उत्पादन राम्रोसँग गइरहेका छन् । यसका अलावा खुवा, कालाकन्द, रसबरी लालमोहन लगायत विभिन्न स्वादका दर्जनौ मिठाइमा समेत पूर्वीली ग्राकहहरु लोभिएका छन् ।

स्वादिष्ट थकाली खाना सबैको रोजाई

थकाली खाना भनेपछि व्यस्त जीवनशैली भएका सहरीया ग्राहकहरुको पहिलो रोजाइमा पर्ने गरेको छ ।
एक महिना अगाडि मात्र सञ्चालनमा आएको थकाली खाना ग्राहकहरुले अत्यन्त्यै मन पराइदिनु भएको स्टोरका सञ्चालक बलराम आचार्य बताउनुुहुन्छ । स्टोरले हाल सञ्चालनमा आएका आफ्ना चारवटै शाखाबाट थकाली खाना आफ्ना ग्राहकहरुलाई पस्कन थालेको छ । थकाली खानाको स्वाद लिन ग्राहकहरु दैनिक दुईसय भन्दा बढीको संख्यमा स–परिवार सहित गोरखा किचनमा पुग्न थालेका छन् । गोरखामा पाइने थकाली खाना राजधानीका थकाली होलहरुको भन्दा स्वादिलो हुने गरेको काठमाण्डौ न्युरोडका दिवस लोहनी बताउनुहुन्छ । काम विशेषले इटहरी आउनु भएका लोहनी आइतबार गोरखा किचनमा थकाली खानाकै स्वाद लिँदै हुनुहुन्थ्यो ।


गोरखामा थकाली खानाको बारेमा जस्तो सुनेको थिए –वास्तवमै असाध्यै स्वादिष्ट पाएँ । मुस्ताङ्गबाट मगाइएको दाल, मुस्ताङ्गकै टिम्बुर, मुस्ताङ्गबाटै मगाइएको फापरको पीठोको ढिँडो, कोदोको पिठोको ढिँडोका लागि अत्याधिक ग्राहकहरु पुग्ने गरेका छन् । थकाली खानासँगै अकबरे खोर्सानी, चार–पाँच प्रकारका अचार, सागसब्जी, गुन्द्रुक भटमास मिसाएर बनाइएको झोल, गोरखा डेरीबाट उत्पादित सुद्ध गाई भैँसीको घ्यु, दही, मोही समेत ग्राहकहरुलाई उपलब्ध गराइन्छ । थकाली खाना अन्यत्रको भन्दा सस्तो समेत रहेको छ । सञ्चालक आचार्य भन्नुहुन्छ सादा थकाली खनाको रु २ सय २०, चिकेनसँग रु २ सय ५०, मटन र लोकलकुखुराको मासुसँग रु ३ सय कायम गरिएको छ । चीसो ठाउँमा उत्पादन भएको ढिकीमा कुटेको चामल, जातोमा पसिएकोे र्णालीइको गेडागुडीको दाल, मुस्ताङ्गी दालले थकाली खानालाई थप स्वादिष्ट बनाएको छ । खानाको स्वादसँगै वेटरहरुबाट ग्राहकहरुप्रति गरिने आतिथ्य सत्कार, रमणीय वातावरण अत्यतै सफा, स्मोकिङ्ग जोनको छुट्टै व्यवस्थाले थकाली खानाका पारखीहरुलाई थप लोभ्याएको छ ।

आफ्नै गोठको दूध घ्यूको मिठाई

गोरखा डिपार्टमेन्ट स्टोरले उपभोक्ता तथा आफ्ना ग्राहकहरुको सन्तुष्टि र स्वादलाई ध्यानमा राखेर २०६८ माघ १५ देखि गोरखा गौशाला तथा कृषि उपज प्रा.लि. सञ्चालनमा ल्याएको थियो । आफनै गोठमा पालिएका गाइको दूधको उत्पादन अर्गानिक र स्वादिष्ट रहेको सर्वसाधारण बताउँछन् ।


यी गाई भैसीबाट उत्पादन भएका दूध,घ्यू, र दही डिपार्टमेन्ट स्टोरले आफै खपत गर्ने गरेको छ । प्रतिदिन झण्डै सात सय लिटर उत्पादन भएको दूध र त्यसबाट तयार भएको घ्यू गोरखा बेकरीमा प्रयोग हुने गरेको छ । त्यसो त स्थानीयको माग अनुसार डिपार्टमेन्ट स्टोरको पहिलो शाखा इटहरीबाट झण्डै ३ सय लिटर भन्दा बढी दूध विक्री वितरण समेत हुँदै आएको स्टोरका म्यानेजर श्रीसाद गौतमले बताउनुभयो । गोरखाबाट उत्पादित बेकरी आइटममात्र होइन दर्जनौ प्रकारका स्वादिष्ट मिठाईहरुमा आÏनै उत्पादनको घ्यू प्रयोग हुने गरेको छ । प्रारम्भमा आफ्ना उत्पादन डिपार्टमेन्ट स्टोरको अग्र भागमा रहेका बेकरी स्टोरबाट मात्र विक्री वितरण गर्ने गरिए तापनि अन्यत्र समेत ग्राहकले गोरखा बेकरीका आइटमको माग गरेपछि यतिबेला बेकरीका उत्पादन पूर्वका अन्य सहरमा समेत पुगेका छन् ।

 

तपाईको प्रतिक्रिया